Nepali Christian Testimony Video 2022 | मैले खोलिएको चर्मपत्रको मुट्ठो देखेको छु

6 जुन 2022

मुख्य पात्र बाइबलमा पोख्त एक भक्त इसाई हुन्छन्, र उनले सधैँ परमेश्‍वरका सबै वचनहरू बाइबलमा नै छन्, र बाइबलभन्दा बाहिर परमेश्‍वरको कुनै वचन हुँदैन भनेर पाष्टरले भनेको सुनेका हुन्छन्। जब उनले प्रभु फर्किसक्‍नुभएको छ र उहाँले नयाँ वचनहरू बोल्‍नुभएको छ भन्‍ने सुन्छन्, उनी आफ्‍नै धारणाहरूमा लागिरहन्छन् र यसलाई खोजी वा अनुसन्धान गर्दैनन्। तर केही समयपछि नै, उनका इष्टमित्र र परिवारका सदस्यहरूले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गरेर, अनि सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर धेरै सत्यताहरू बुझेका छन् भन्‍ने उनले थाहा पाउँछन्। यो कुराप्रति ईर्ष्या जागेर, उनले यसको बारेमा आफै अनुसन्धान गर्ने निर्णय गर्छन्। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू धेरै पटक पढेपछि, ती वचनहरू वास्तवमा प्रकाशको पुस्तकमा अगमवाणी गरिएको चर्मपत्रको मुट्ठो हो, ती पवित्र आत्‍माले मण्डलीहरूलाई दिनुभएका वचनहरू हुन् भन्‍ने कुरामा उनी निश्‍चित हुन्छन्। उनले बाइबलमा परमेश्‍वरका थोरै वचनहरू मात्रै छन् र मानिसहरूले परमेश्‍वरका काम र वचनहरूलाई बाइबलमा भएको कुरामा सीमित गर्नु हुँदैन भन्‍ने पनि थाहा पाउँछन्। त्यसपछि सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा उनलाई कुनै शङ्का हुँदैन र त्यसपछि उनले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्