Nepali Christian Song | मानिसको गन्तव्य र परिणाम सृष्टिकर्ताले नै प्रबन्ध गर्नुहुन्छ र ती उहाँकै सार्वभौमिकताअन्तर्गत हुन्छन्
10 नोभेम्बर 2025
१
व्यक्तिको परिणाम वा गन्तव्य उसको आफ्नै इच्छाद्वारा निर्धारित हुँदैन, न त उसको आफ्नै प्राथमिकता वा कल्पनाहरूद्वारा नै निर्धारित हुन्छ। अन्तिम निर्णय सृष्टिकर्ता, परमेश्वरको हुन्छ। यस्ता मामिलाहरूमा, मानिसहरूले चुन्न सक्ने एउटा मात्र मार्ग छ: यदि तिनीहरू सत्यताको खोजी गर्छन्, सत्यता बुझ्छन्, परमेश्वरका वचन पालन गर्छन्, परमेश्वरप्रतिको समर्पणता हासिल गर्छन्, र मुक्ति प्राप्त गर्छन् भने मात्र तिनीहरूले अन्ततः असल अन्त्य र असल भाग्य प्राप्त गर्नेछन्। यदि मानिसहरूले त्यसको विपरीत गर्छन् भने तिनीहरूको सम्भाव्यता र भाग्य के हुनेछ भनेर कल्पना गर्न कठिन छैन।
२
परमेश्वरले मानिससित जे प्रतिज्ञा गर्नुभएको छ, मानवजातिको परिणामबारे परमेश्वरले जे भन्नुहुन्छ, परमेश्वरले मानवजातिका लागि जे तयार पार्नुभएको छ त्यसमा ध्यान केन्द्रित नगर्। यी कुराको तँसित कुनै सम्बन्ध छैन, ती परमेश्वरका मामला हुन्, तैँले ती खोस्न, तिनको भीक माग्न, वा साटफेर गर्न सक्दैनस्। सृजित प्राणीका रूपमा, तैँले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, आफूले जे गर्नुपर्ने हो त्यो तैँले आफ्नो सम्पूर्ण हृदय, मन र सामर्थ्यले पूरा गर्नुपर्छ। बाँकी—सम्भाव्यता र नियति, अनि मानवजातिको भविष्यको गन्तव्यसित सम्बन्धित कुराहरू—यी तैँले निर्णय गर्न सक्ने कुराहरू होइनन्, ती परमेश्वरका हातमा छन्; यो सबै सृष्टिकर्ताको सार्वभौमिकता अन्तर्गत पर्छ, उहाँद्वारा प्रबन्ध गरिएको हुन्छ, र कुनै पनि सृजित प्राणीसँग यसको कुनै सम्बन्ध हुँदैन।
३
तैँले एउटा तथ्य मान्नैपर्छ: त्यो प्रतिज्ञा चाहे जस्तो प्रकारको भए पनि, असल वा साधारण, मानिसहरूलाई मन पर्ने वा त्यत्ति रुची नलाग्ने कुरा भए पनि, ती सबै सृष्टिकर्ताका सार्वभौमिकता, प्रबन्ध, र निर्धारणहरूमुनि हुन्छन्। केवल सृष्टिकर्ताद्वारा सङ्केत गरिएको सही दिशा र मार्गअनुसार पछि लाग्नु र पछ्याइमा संलग्न हुनु नै सृजित प्राणीको कर्तव्य र दायित्व हो। तैँले अन्ततः के प्राप्त गर्छस्, र परमेश्वरका कुन प्रतिज्ञाहरूको भागीदार हुन्छस् भन्ने कुरा आउँदा, त्यो सबै कुरा तेरो पछ्याइमा, तैँले लिने मार्गमा, र सृष्टिकर्ताको सार्वभौमिकतामा आधारित हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग नौ)
अन्य प्रकारका भिडियोहरू