Nepali Sermon Series: Seeking True Faith | एउटै परमेश्‍वरले कामका तीन चरणहरूलाई कसरी पूरा गर्नुहुन्छ भनी थाहा पाउनु

3 अगस्ट 2023

विपत्तिहरू झन्-झन् ठूला हुँदै जाँदैछन्, र आखिरी दिनहरूमा सबैले मुक्तिदातालाई स्वागत गर्न, परमेश्‍वरको मुक्ति प्राप्त गर्न, विपत्तिबाट उम्केर स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छन्। तर के तपाईंले परमेश्‍वरको कामलाई पहिचान गर्नुहुन्छ? के तपाईंलाई परमेश्‍वरले आफ्‍नो मुक्तिको काम कसरी गर्नुहुन्छ भन्‍ने थाहा छ? यदि तपाईंलाई परमेश्‍वरको काम कसरी पहिचान गर्ने भन्‍ने थाहा छैन भने, तपाईंले उहाँको मुक्तिलाई गुमाउने सम्‍भावना धेरै छ। यो अवस्था पनि त्यस्तै छ, जब २,००० वर्ष पहिले हाम्रा मुक्तिदाता प्रभु येशू सत्यताहरू व्यक्त गर्दै र छुटकाराको काम गर्दै आउनुभयो—तब यहूदी मानिसहरूले उहाँलाई चिनेनन् र उहाँलाई क्रूसमा टाँगे। यसको लागि, परमेश्‍वरले तिनीहरूलाई दण्ड दिएर श्रापित तुल्याउनुभयो। अहिले आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ र मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ। तर, सर्वशक्तिमान्‌ परमेश्‍वरलाई येशू भनेर नभनिएको कारण अनि उहाँ बादलको सवारीमा नओर्लनुभएको कारण, धार्मिक संसारका मानिसहरूले उहाँलाई स्वीकार गर्न पटक्‍कै मान्दैनन्, र सर्वशक्तिमान् परमेश्‍वरलाई पागलले झैँ विरोध गर्ने र दोष दिने समेत गर्छन्। तिनीहरूले परमेश्‍वरलाई फेरि क्रूसमा टाँगिरहेका छन् र परमेश्‍वरको आखिरी दिनहरूको मुक्तिलाई गुमाइरहेका छन्। त्यसकारण, पूर्ण मुक्ति पाएर स्वर्गको राज्यमा प्रवेश गर्नको लागि परमेश्‍वरको कामलाई पहिचान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। त्यसकारण, परमेश्‍वरले कसरी मुक्तिको आफ्‍नो काम गर्नुहुन्छ? कामका तीन चरणहरू एउटै परमेश्‍वरले पूरा गर्नुहुन्छ भन्‍ने कुरालाई हामीले कसरी पहिचान गर्न सक्छौं? साँचो विश्‍वासको खोजीको यो भागमा, हामी मिलेर यसको खोजी गर्नेछौं र परमेश्‍वरको कामको बारेमा थप सिक्‍नेछौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्