Nepali Christian Song | मानव पीडा कसरी उत्पन्न हुन्छ? | with lyrics

30 सेप्टेम्बर 2021

पद १

परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान नगर्ने हुनाले,

आफ्ना परिस्थिति र नियति परिवर्तन गर्ने व्यर्थ आशा राख्दै,

मानिस नियतिको सामु विद्रोही र अवज्ञाकारी हुन्छन्

परमेश्‍वरको अख्तियार र नियतिमा रहेको कुरा पन्छाउछन्।

पूर्व कोरस १

कहिल्यै सफल हुन सक्दैनन् र सधै‌ पराजित हुन्छन्।

आफ्नो जीवन खेर फाल्ने क्रममा

मानिसले भोग्ने अन्तरआत्माको यो संघर्षले

यति पीडा दिन्छ कि हाड नै छेड्छ।

कोरस

मानिसको पीडाको कारण के?

यो त उसले लिने मार्गको कारण हुन्छ

र जीवन जीउन छनौट गर्ने

शैलीका कारण यस्तो हुन्छ।

पद २

मानिसको दु:खान्त उसले खुशी जीवन चाहनु होइन

न ख्याति, सम्पन्नता खोज्नु वा नियति अस्विकार गर्नु हो।

यो त उहाँको यथार्थता र मानिसको नियतिमाथीको राज देख्नु हो,

र पनि आफ्ना मार्गहरूलाई सुधार्न नसक्नु हो।

पूर्व कोरस २

ऊ बरु परमेश्‍वरको सार्वभौम शक्ति विरुद्ध जान्छ

अनि हारेपछि मात्रै समर्पण गर्छ।

उहाँ भन्नुहुन्छ, समर्पण गर्नेहरु ज्ञानी हुन्

संघर्ष गर्नेहरू वास्तवमै मुर्ख हुन्।

कोरस

मानिसको पीडाको कारण के?

यो त उसले लिने मार्गको कारण हुन्छ

र जीवन जीउन छनौट गर्ने

शैलीका कारण यस्तो हुन्छ।

अन्त्य

कतिपय मानिसले महसुस नगरेका हुन सक्छन

तर जब तिमी कदर गर्छौ,

जब तिमी वास्तवमै जान्दछौ

कि मानव नियतिमाथि परमेश्‍वरको राज छ,

जब देख्छौ वहाँले तिम्रो लागि योजित

कुरा लाभदायक र सुरक्षात्मक छन्,

तब तिम्रो पीडा चाँडै हल्‍का हुन थाल्छ,

तिमीले स्वतन्त्रता के हो भनि जान्नेछौ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्