Christian Dance | परमेश्वरमा विश्वास गर्नु साँच्चै हर्षपूर्ण हुन्छ | Praise Song
19 फेब्रुअरी 2025
कुनै समय हामी पतित र हतास पुस्ता थियौँ,
आमाबुबाको टाउको दुखाउने र शिक्षकहरूलाई आजित तुल्याउने पुस्ता थियौँ।
अब हामी परमेश्वरमा विश्वास गर्छौँ र परमेश्वरलाई पछ्याउँछौँ
र जीवनमा सही मार्गमा हिँडेका छौँ।
हामी उज्ज्वल भई चम्किँदै सत्यता बुझ्छौँ र आफ्ना कर्तव्य पूरा गर्छौँ;
हामी परमेश्वरद्वारा प्रेम गरिएको र आशिषित नयाँ मानिसहरूको पुस्ता बनेका छौँ।
१
हामीले प्रचलन पछ्याउने उन्मादलाई बिदा गरेका छौँ,
र नाइट क्लबको कोलाहलबाट टाढा रहेका छौँ।
हामी उप्रान्त आडम्बरबारे चिन्ता वा देहगत सुख-सयलका लागी प्रतिस्पर्धा गर्दैनौँ।
हामी उप्रान्त पैसा, ख्याति, र लाभको लोभी छैनौँ,
वा अनलाइन गेमहरूको लतमा छैनौँ।
हामी उप्रान्त बेतुके रोमान्स पछि लाग्दैनौँ,
र हामी उप्रान्त स्वेच्छाचारी र छाडा छैनौँ।
हामीले परमेश्वरको आवाज सुनेका छौँ र सर्वशक्तिमान् परमेश्वरसामु फर्केका छौँ।
परमेश्वरका वचनहरूले हाम्रो मन र दृष्टि स्पष्ट पारेका छन्,
र हामीले असल र दुष्ट, सही र गलतलाई छुट्टयाउन सिकेका छौँ।
हामीलाई पखालेका परमेश्वरका वचनहरूले नै हुन्;
हामी दुष्ट प्रचलनहरूका भ्रष्टताबाट उम्किएका छौँ।
हामीले परमेश्वरले व्यक्त गर्नुभएका सत्यता स्विकारेका छौँ,
र जीवनमा सही मार्गमा पाइला चालेका छौँ।
२
हरदिन म परमेश्वरका वचनहरू पढ्छु र सत्यताबारे सङ्गति गर्छु,
मण्डली जीवनभित्र जिउँछु।
म बढ्दै गर्दा परमेश्वरका वचनहरूका न्याय, सजाय,
र काँटछाँटले मलाई साथ दिन्छन्।
मैले आँसु झारेको, शोक महसुस गरेको, म असफल भएको र लडेको भए पनि,
परमेश्वरका वचनहरूले मलाई तुरुन्तै अन्तर्दृष्टि र ज्योति दिएका छन्,
र मैले सत्यता बुझेको छु र म आजाद भएको छु।
दाजुभाइ-दिदीबहिनीहरू सँगै भेला होऔ,
र परमेश्वरको प्रशंसामा गाऊ र नाच।
परमेश्वरसामु जिउँदा र उहाँसँग हृदय खोल्दा,
मेरो हृदय खुसी र मिठासले भरिएको छ।
परमेश्वरलाई प्रसन्न पार्ने इमानदार व्यक्ति हुन लागिपर्दा,
म निर्दोष, जीवन्त, र चिन्तारहित छु।
एउटै मनले परमेश्वरबारे उद्घोष गर्दा र गवाही दिँदा,
हाम्रो हृदय प्रफुल्लित र आजाद छ।
हामीले परमेश्वरलाई आमने-सामने देखेका छौँ, र उहाँको साँचो प्रेम अनुभव गरेका छौँ।
हामीले परमेश्वरका वचनहरूको सत्यता निकै मूल्यवान् छ भनी बुझेका छौँ;
हाम्रो जीवनसँग नयाँ उद्देश्य छ।
सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद,
जसले हामीलाई सत्यता, मार्ग र जीवन दिनुभएको छ।
सर्वशक्तिमान् परमेश्वरले हामीलाई मुक्ति दिनुभएको छ;
हामी, युवा पुस्ताले, सदा परमेश्वरको प्रशंसा गर्नेछौँ!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू