Christian Dance | परमेश्‍वरमा विश्‍वास गर्नु साँच्चै हर्षपूर्ण हुन्छ | Praise Song

19 फेब्रुअरी 2025

कुनै समय हामी पतित र हतास पुस्ता थियौँ,

आमाबुबाको टाउको दुखाउने र शिक्षकहरूलाई आजित तुल्याउने पुस्ता थियौँ।

अब हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ र परमेश्‍वरलाई पछ्याउँछौँ

र जीवनमा सही मार्गमा हिँडेका छौँ।

हामी उज्ज्वल भई चम्किँदै सत्यता बुझ्छौँ र आफ्ना कर्तव्य पूरा गर्छौँ;

हामी परमेश्‍वरद्वारा प्रेम गरिएको र आशिषित नयाँ मानिसहरूको पुस्ता बनेका छौँ।

हामीले प्रचलन पछ्याउने उन्मादलाई बिदा गरेका छौँ,

र नाइट क्लबको कोलाहलबाट टाढा रहेका छौँ।

हामी उप्रान्त आडम्बरबारे चिन्ता वा देहगत सुख-सयलका लागी प्रतिस्पर्धा गर्दैनौँ।

हामी उप्रान्त पैसा, ख्याति, र लाभको लोभी छैनौँ,

वा अनलाइन गेमहरूको लतमा छैनौँ।

हामी उप्रान्त बेतुके रोमान्स पछि लाग्दैनौँ,

र हामी उप्रान्त स्वेच्छाचारी र छाडा छैनौँ।

हामीले परमेश्‍वरको आवाज सुनेका छौँ र सर्वशक्तिमान् परमेश्‍वरसामु फर्केका छौँ।

परमेश्‍वरका वचनहरूले हाम्रो मन र दृष्टि स्पष्ट पारेका छन्,

र हामीले असल र दुष्ट, सही र गलतलाई छुट्टयाउन सिकेका छौँ।

हामीलाई पखालेका परमेश्‍वरका वचनहरूले नै हुन्;

हामी दुष्ट प्रचलनहरूका भ्रष्टताबाट उम्किएका छौँ।

हामीले परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यता स्विकारेका छौँ,

र जीवनमा सही मार्गमा पाइला चालेका छौँ।

हरदिन म परमेश्‍वरका वचनहरू पढ्छु र सत्यताबारे सङ्गति गर्छु,

मण्डली जीवनभित्र जिउँछु।

म बढ्दै गर्दा परमेश्‍वरका वचनहरूका न्याय, सजाय,

र काँटछाँटले मलाई साथ दिन्छन्।

मैले आँसु झारेको, शोक महसुस गरेको, म असफल भएको र लडेको भए पनि,

परमेश्‍वरका वचनहरूले मलाई तुरुन्तै अन्तर्दृष्टि र ज्योति दिएका छन्,

र मैले सत्यता बुझेको छु र म आजाद भएको छु।

दाजुभाइ-दिदीबहिनीहरू सँगै भेला होऔ,

र परमेश्‍वरको प्रशंसामा गाऊ र नाच।

परमेश्‍वरसामु जिउँदा र उहाँसँग हृदय खोल्दा,

मेरो हृदय खुसी र मिठासले भरिएको छ।

परमेश्‍वरलाई प्रसन्न पार्ने इमानदार व्यक्ति हुन लागिपर्दा,

म निर्दोष, जीवन्त, र चिन्तारहित छु।

एउटै मनले परमेश्‍वरबारे उद्घोष गर्दा र गवाही दिँदा,

हाम्रो हृदय प्रफुल्लित र आजाद छ।

हामीले परमेश्‍वरलाई आमने-सामने देखेका छौँ, र उहाँको साँचो प्रेम अनुभव गरेका छौँ।

हामीले परमेश्‍वरका वचनहरूको सत्यता निकै मूल्यवान् छ भनी बुझेका छौँ;

हाम्रो जीवनसँग नयाँ उद्देश्य छ।

सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद,

जसले हामीलाई सत्यता, मार्ग र जीवन दिनुभएको छ।

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई मुक्ति दिनुभएको छ;

हामी, युवा पुस्ताले, सदा परमेश्‍वरको प्रशंसा गर्नेछौँ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्