Christian Dance | परमेश्‍वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन् | Praise Song

19 मे 2024

परमेश्‍वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;

तिनीहरूले पवित्र आत्माको काम र मार्गदर्शनको आनन्द लिन्छन्।

परमेश्‍वरका वचन पढेर, तिनीहरूले अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्;

तिनीहरूको हृदयमा ज्योति हुन्छ, र तिनीहरूसँग पछ्याउने मार्ग हुन्छ।

तिनीहरूले देह विरुद्ध विरोध गर्छन् र अधर्मी संसारलाई पछाडि छोड्छन्;

परमेश्‍वरसामु जिउनु कति खुसीको कुरा हो।

परमेश्‍वरको हृदयको ख्याल राख्दै, आफ्नो कर्तव्य राम्ररी निभाउँदै,

तिनीहरूको आत्मा सन्तुष्ट र शान्त हुन्छ।

परमेश्‍वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;

तिनीहरूलाई प्रायः न्याय र सजाय गरिन्छ।

न्याय स्विकार्दै, तिनीहरू धोइन्छन्,

र तिनीहरूको स्वभावमा आउने परिवर्तनले परमेश्‍वरलाई महिमित तुल्याउँछ।

परमेश्‍वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;

तिनीहरूले उहाँको इच्छा पछ्याउनुलाई आफ्नो स्वर्गीय पेशा मान्छन्।

सत्यता अभ्यास गर्दै र परमेश्‍वरमा समर्पित हुँदै,

तिनीहरू परमेश्‍वरको डर मान्छन् र ज्योतिमाझ जिउँछन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;

तिनीहरूले उहाँको जाँच र सिद्धता पाउँछन्।

पीडा र अप्ठ्यारोमा उहाँ तिनीहरूको साथमा हुनुहुँदा,

तिनीहरूले उहाँको प्रेम कति वास्तविक छ भनी चाख्छन्।

शैतानको प्रभावबाट उम्केर, तिनीहरू परमेश्‍वरसँग एउटै हृदय र मनका बन्छन्।

शोधनद्वारा, तिनीहरूको प्रेम अझ बढी शुद्ध बन्छ,

र तिनीहरूले सदा-सर्वदा परमेश्‍वरलाई उच्च पार्छन् र उहाँको गवाही दिन्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;

तिनीहरू सुख-दुःखमा उहाँका बन्दोबस्तमा आफूलाई समर्पण गर्छन्।

तिनीहरू मृत्युसम्मै निष्ठापूर्वक परमेश्‍वरलाई पछ्याउँछन्

र आफ्नो पूरै जीवन उहाँमा समर्पित गर्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;

तिनीहरू हृदय र इमानदारीताका साथ उहाँको आराधना गर्छन्।

तिनीहरू उहाँका प्रियजन बन्छन्,

तिनीहरूले उहाँका प्रतिज्ञा र आशिष् प्राप्त गर्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्