Christian Dance | पवित्र राज्य देखा परेको छ | Praise Song

23 मार्च 2024

देहधारी परमेश्‍वर मानवमाझ आउनुभएको छ,

र परमेश्‍वरको घरबाट न्याय सुरु भएको छ।

हामीलाई ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वरको विवाह भोजमा

सहभागी हुन उहाँको सिंहासनसामु उचालिन्छ।

न्यायले हामीलाई धुन्छ, हाम्रो स्वभाव परिवर्तन गर्छ।

हामी फेरि जन्मन्छौँ र नयाँ मानिस बन्छौँ।

हामी परमेश्‍वरलाई श्रद्धा गर्दै, उहाँसामु लम्पसार पर्छौँ,

उहाँको पवित्रता र धार्मिकताको प्रशंसा गर्छौँ।

हामी समर्पित हुन र आफ्नो इमानदारी अर्पण गर्न,

आफ्नो कर्तव्य निष्ठापूर्वक पूरा गर्छौँ।

हे परमेश्‍वर, हामी तपाईंलाई आफ्नो सारा हृदयले प्रेम गर्छौँ,

र सदा सदा तपाईंको प्रशंसा गाउँछौँ।

पवित्र राज्य देखा परेको छ।

पवित्र राज्य देखा परेको छ।

परमेश्‍वर संसारलाई न्याय गर्न सत्यता व्यक्त गर्नुहुन्छ

र आफ्नो धार्मिकता पूर्ण रूपले प्रकट गर्नुहुन्छ।

परमेश्‍वर-विरोधी दुष्ट शक्तिहरू, ठूला विपत्तिहरूद्वारा नष्ट हुनेछन्।

अहिले परमेश्‍वरले आफ्नो उपयोग र आनन्दका लागि हरकुरा नयाँ बनाउनुभएको छ।

अब यो फोहोरी, व्यभिचारी भूमि नभई, सदाका लागि पवित्र राज्य हुन्छ।

परमेश्‍वरको वचनले हरकुरा पूरा गरेको छ,

परमेश्‍वर संसारमा राजाका रूपमा शासन गर्नुहुन्छ।

परमेश्‍वरले आफ्नो महिमा पूर्णतया प्राप्त गर्नुभएको छ,

ख्रीष्टको राज्य पृथ्वमी देखा परेको छ।

पवित्र राज्य देखा परेको छ।

पवित्र राज्य देखा परेको छ।

धार्मिकताको सूर्य सारा पृथ्वीभर चम्कन्छ, र सबै कुरा पुनर्जीवित हुन्छ।

परमेश्‍वरका जनहरू उहाँको विजयमा हर्षोल्लाससाथ भेला हुन्छन्, गाउँछन् र नाच्छन्।

सबैले उहाँका महान् उपलब्धिको प्रशंसा गर्छन्।

सारा संसारमा खुसीयाली छाउँछ।

सास फेर्ने हरकुराले परमेश्‍वरको स्तुति गाउँछ,

किनभने उहाँ पूर्ण विजयका साथ फर्कनुभएको छ।

सम्पूर्ण ब्रह्माण्ड नयाँ बनाइएको छ,

र हामी परमेश्‍वरको महिमाको दिनको खुसी मनाउँछौँ।

प्रशंसाको स्वरले आकाश गुञ्जायमान हुन्छ,

हामी निरन्तर परमेश्‍वरको प्रशंसा गाउँछौँ।

पवित्र राज्य देखा परेको छ।

पवित्र राज्य देखा परेको छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्