Nepali Christian Dance | सृजित प्राणीको हृदयको आवाज | Praise Song
12 मार्च 2025
१
धेरै पटक म चिच्याउन चाहेँ, तर कुनै ठाउँ कहिल्यै पनि सही लागेन।
धेरै पटक मैले ठूलो स्वरमा गाउन चाहेँ, तर कुनै उचित धुन पाइनँ।
धेरै पटक मैले सृजित प्राणीको प्रेम व्यक्त गर्ने तृष्णा गरेँ,
मैले चारैतिर खोजेँ, मैले चारैतिर खोजेँ, तर उचित शब्दहरू भेटिनँ।
सर्वशक्तिमान् परमेश्वर, तपाईँ मेरो हृदयमा भएको प्रेम हुनुहुन्छ।
यस संसारमा तपाईँको आगमनको प्रशंसा गर्न मेरो हृदय उत्साहित हुन्छ, मेरा हात नाच्छन्।
२
मानिस कुनै जीवनबिना, धुलोबाट आयो।
परमेश्वरले मानिस बनाउनुभयो, र उहाँले मानिसलाई जीवनको सास दिनुभयो,
ताकि तिनीहरू पृथ्वीमा बाँच्न सकून्।
कति दुःखको कुरा हो कि शैतानले मानिसलाई भ्रष्ट तुल्याएको छ,
तिनीहरूको समझ र विवेक हराएको छ।
पुस्ता दर पुस्ता, अहिलेसम्म पतित भएका छन्।
सर्वशक्तिमान् परमेश्वर, तपाईँ मेरो हृदयमा भएको प्रेम हुनुहुन्छ।
म धुलो हुँ तर तपाईँको महिमित मुहार देख्न सक्छु।
झुकेर आराधना कसरी गर्न नसकूँला?
३
परमेश्वरले मानिस सृष्टि गर्नुभयो र उसलाई प्रेम गर्नुहुन्छ,
त्यसैले उसलाई मुक्ति दिन फेरी देह बन्नुभयो।
उहाँले अपमान र हरप्रकारका पीडा सहनुभएको छ,
र जीवनका सबै तिक्तता र मिठास चाख्नुभएको छ,
ताकि मानिसलाई एउटा सुन्दर गन्तव्यमा ल्याउन सकियोस्।
हामीमाथि यस्तो मुक्ति आएकोमा,
उहाँलाई अनन्त धन्यवाद नदिन कसरी सक्छौँ?
सर्वशक्तिमान् परमेश्वर, तपाईँ मेरो हृदयमा भएको प्रेम हुनुहुन्छ।
म गहन रूपमा भ्रष्ट तुल्याइएको थिएँ, तैपनि तपाईँले आज मलाई मुक्ति दिनुभयो।
म घुँडा टेकेर तपाईँको आराधना कसरी गर्न नसकूँला र?
४
आज मैले मुक्ति पाएको छु र सही मार्गमा लाग्छु,
यो परमेश्वरको अनुग्रह र आशिषकै कारण हो।
म उहाँका वचनको आनन्द उठाउँछु र उहाँको न्याय अनुभव गर्छु,
म उहाँको धार्मिकता र पवित्रता जान्न पुग्छु।
म हरप्रकारको सतावट, पीडा र अप्ठ्यारो सहँदै,
परमेश्वर मात्र सबभन्दा प्रेमिलो हुनुहुन्छ भन्ने बुझ्छु।
परमेश्वरको काम अनुभव गरेर म स्वच्छ पारिन्छु, र अन्त्यमा म ज्योतिमा जिउँछु।
सर्वशक्तिमान् परमेश्वर, तपाईँ मेरो हृदयमा भएको प्रेम हुनुहुन्छ।
तपाईँका बन्दोबस्तमा समर्पित हुँदै, तपाईँका अभिप्राय पूरा गर्दै,
म उप्रान्त आफ्ना लागि केही पनि रोज्दिनँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू