Christian Dance | परमेश्‍वरमाथिको आस्थाको सबैभन्दा ठूलो आशिष् | Praise Song

23 अगस्ट 2024

आस्थाको सबैभन्दा ठूलो आशिष् प्रभुलाई स्वागत गरेको हुनु हो।

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको प्रावधान र मलजल प्राप्त गरेर,

हामी मण्डली जीवनमा खुसीसाथ बढिरहेका छौँ।

परमेश्‍वरका वचनहरू खाएरपिएर, हामी सत्यता बुझ्छौँ र मानव स्वरूपमा जिउँछौँ।

परमेश्‍वरका वचनहरूले हामीलाई हाम्रो जीवनले लिनुपर्ने दिशा देखाउँछन्।

मैले परमेश्‍वरको प्रेमको आनन्द पाएको छु।

म यो अद्भुत समयलाई मनमा सजाउनेछु र सत्यता प्राप्त गर्न,

आफ्नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न खोज्नेछु।

आस्थाको सबैभन्दा ठूलो आशिष् धेरै सत्यताहरू बुझ्नु हो।

हामी परमेश्‍वरका वचनहरूको न्याय अनुभव गरेर उहाँको धार्मिकता देख्छौँ।

हामी विद्रोही हुँदा परमेश्‍वरको ताडना र अनुशासन भोग्छौँ।

स्वभाव रूपान्तरण गरेर हामी परमेश्‍वरको महान् प्रेम अनुभव गर्छौँ।

हाम्रो भ्रष्टता शुद्ध पारिएको छ, र हामीमा परमेश्‍वरको डर मान्ने हृदय छ।

मैले परमेश्‍वरको प्रेमको आनन्द पाएको छु।

म सत्यता अभ्यास गर्न, इमानदार व्यक्तिको स्वरूपमा जिउन,

साथै परमेश्‍वरप्रति समर्पित हुन र उहाँको लागि गवाही दिन सक्षम हुन दृढ छु।

आस्थाको सबैभन्दा ठूलो आशिष्

सुसमाचार फैलाउनु र परमेश्‍वरको निम्ति गवाही दिनु हो।

सतावट र कठिनाइ अनुभव गरेर, हामी शैतानको कुरूपता भित्रैसम्‍म देख्छौँ,

ठूलो रातो अजिङ्गरविरुद्ध पूर्ण रूपमा विद्रोह गर्छौँ, र परमेश्‍वरको लागि गवाही दिन्छौँ।

हामी मृत्युपर्यन्त बफादार हुनेछौँ, र परमेश्‍वरको पवित्रता र धार्मिकताको गवाही दिनेछौँ।

परमेश्‍वरको गवाही दिनु मेरो लागि सम्मानको कुरा हो।

मैले परमेश्‍वरको प्रेमको आनन्द पाएको छु।

त्यसैले म बफादार हुनुपर्छ र परमेश्‍वरको राज्यको सुसमाचार चारैतिर फैलाउँदै,

मैले परमेश्‍वरको प्रेमको ऋण तिर्ने आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्