Christian Dance | परमेश्वरमाथिको आस्थाको सबैभन्दा ठूलो आशिष् | Praise Song
23 अगस्ट 2024
१
आस्थाको सबैभन्दा ठूलो आशिष् प्रभुलाई स्वागत गरेको हुनु हो।
सर्वशक्तिमान् परमेश्वरका वचनहरूको प्रावधान र मलजल प्राप्त गरेर,
हामी मण्डली जीवनमा खुसीसाथ बढिरहेका छौँ।
परमेश्वरका वचनहरू खाएरपिएर, हामी सत्यता बुझ्छौँ र मानव स्वरूपमा जिउँछौँ।
परमेश्वरका वचनहरूले हामीलाई हाम्रो जीवनले लिनुपर्ने दिशा देखाउँछन्।
मैले परमेश्वरको प्रेमको आनन्द पाएको छु।
म यो अद्भुत समयलाई मनमा सजाउनेछु र सत्यता प्राप्त गर्न,
आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरको अनुमोदन प्राप्त गर्न खोज्नेछु।
२
आस्थाको सबैभन्दा ठूलो आशिष् धेरै सत्यताहरू बुझ्नु हो।
हामी परमेश्वरका वचनहरूको न्याय अनुभव गरेर उहाँको धार्मिकता देख्छौँ।
हामी विद्रोही हुँदा परमेश्वरको ताडना र अनुशासन भोग्छौँ।
स्वभाव रूपान्तरण गरेर हामी परमेश्वरको महान् प्रेम अनुभव गर्छौँ।
हाम्रो भ्रष्टता शुद्ध पारिएको छ, र हामीमा परमेश्वरको डर मान्ने हृदय छ।
मैले परमेश्वरको प्रेमको आनन्द पाएको छु।
म सत्यता अभ्यास गर्न, इमानदार व्यक्तिको स्वरूपमा जिउन,
साथै परमेश्वरप्रति समर्पित हुन र उहाँको लागि गवाही दिन सक्षम हुन दृढ छु।
३
आस्थाको सबैभन्दा ठूलो आशिष्
सुसमाचार फैलाउनु र परमेश्वरको निम्ति गवाही दिनु हो।
सतावट र कठिनाइ अनुभव गरेर, हामी शैतानको कुरूपता भित्रैसम्म देख्छौँ,
ठूलो रातो अजिङ्गरविरुद्ध पूर्ण रूपमा विद्रोह गर्छौँ, र परमेश्वरको लागि गवाही दिन्छौँ।
हामी मृत्युपर्यन्त बफादार हुनेछौँ, र परमेश्वरको पवित्रता र धार्मिकताको गवाही दिनेछौँ।
परमेश्वरको गवाही दिनु मेरो लागि सम्मानको कुरा हो।
मैले परमेश्वरको प्रेमको आनन्द पाएको छु।
त्यसैले म बफादार हुनुपर्छ र परमेश्वरको राज्यको सुसमाचार चारैतिर फैलाउँदै,
मैले परमेश्वरको प्रेमको ऋण तिर्ने आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू