Christian Dance | जीवनमा सबैभन्दा ठूलो आशिष् | Praise Song

24 सेप्टेम्बर 2024

सर्वशक्तिमान् परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र उहाँ काम गर्न देखा पर्नुहुन्छ।

हामी उहाँको आवाज सुन्छौँ र भोजमा सहभागी हुन्छौँ।

हामी उहाँको वचन खान्छौँ, पिउँछौँ र त्यसको आनन्द उठाउँछौँ,

अनि जीवनका रहस्य बुझ्छौँ।

हामी आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याउन पाउँदा कति आशिषित छौँ।

हे प्रिय सर्वशक्तिमान् परमेश्‍वर, हामीलाई यस संसारबाट अलग गर्ने

र शैतानको प्रभावबाट स्वतन्त्र गर्ने तपाईँको पूर्वनिर्धारण र चयन नै हो।

परमेश्‍वरको वचनको मलजल र आपूर्तिको साथ, हामी परमेश्‍वरसामु जिउँछौँ,

मण्डली जीवन जिउँछौँ, र जीवनमा सही मार्ग हिँड्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसामा हामी गाउँछौँ र नाच्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई सत्यता र जीवन प्रदान गर्नुहुन्छ।

हामी हृदयमा परमेश्‍वरलाई प्रेम गर्छौँ र सर्वशक्तिमान् परमेश्‍वरको आराधना गर्छौँ।

हामी परमेश्‍वरलाई महिमित तुल्याउन जोरदार गवाही दिन्छौँ।

हामीले परमेश्‍वरको वचन खाँदै र पिउँदै गर्दा,

हामी सत्यता बुझ्छौँ र आस्थाले भरिन्छौँ।

हामी परमेश्‍वरमा समर्पित हुन र आफ्नो कर्तव्य पूरा गर्न सबै कुरा त्याग्छौँ।

हामी कुनै खतरा वा कठिनाइको डरबिना नै राज्यको सुसमाचार फैलाउँछौँ।

हामी आफ्ना कर्तव्यहरू वफादारीका साथ पूरा गर्छौँ र परमेश्‍वरका अभिप्रायलाई पूरा गर्छौँ।

हे प्रिय सर्वशक्तिमान् परमेश्‍वर, तपाईँ हामीमाझ जिउनुहुन्छ।

तपाईँले धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ र हाम्रो हृदय विजय गर्नुहुन्छ।

तपाईँले हामीलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, कष्टमार्फत हामीलाई शोधन गर्नुहुन्छ,

अनि हामीलाई पखाल्नुहुन्छ र परिवर्तन गर्नुहुन्छ।

परमेश्‍वरको पवित्रता र धार्मिकता मानिसको प्रेमको योग्य छ।

हामी परमेश्‍वरको डरलाग्दोपन, दयालुपन र प्रेमिलो स्वभाव जान्दछौँ,

र अनन्तका लागि परमेश्‍वरसामु समर्पित हुन्छौँ।

हामी पूर्ण रूपमा आफूलाई परमेश्‍वरको हातमा राख्छौँ,

अनि परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुन्छौँ।

परमेश्‍वरको इच्छा पूरा होस्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्