Christian Dance | जीवनमा सबैभन्दा ठूलो आशिष् | Praise Song
24 सेप्टेम्बर 2024
१
सर्वशक्तिमान् परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र उहाँ काम गर्न देखा पर्नुहुन्छ।
हामी उहाँको आवाज सुन्छौँ र भोजमा सहभागी हुन्छौँ।
हामी उहाँको वचन खान्छौँ, पिउँछौँ र त्यसको आनन्द उठाउँछौँ,
अनि जीवनका रहस्य बुझ्छौँ।
हामी आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याउन पाउँदा कति आशिषित छौँ।
हे प्रिय सर्वशक्तिमान् परमेश्वर, हामीलाई यस संसारबाट अलग गर्ने
र शैतानको प्रभावबाट स्वतन्त्र गर्ने तपाईँको पूर्वनिर्धारण र चयन नै हो।
परमेश्वरको वचनको मलजल र आपूर्तिको साथ, हामी परमेश्वरसामु जिउँछौँ,
मण्डली जीवन जिउँछौँ, र जीवनमा सही मार्ग हिँड्छौँ।
सर्वशक्तिमान् परमेश्वरको प्रशंसामा हामी गाउँछौँ र नाच्छौँ।
सर्वशक्तिमान् परमेश्वरले हामीलाई सत्यता र जीवन प्रदान गर्नुहुन्छ।
हामी हृदयमा परमेश्वरलाई प्रेम गर्छौँ र सर्वशक्तिमान् परमेश्वरको आराधना गर्छौँ।
हामी परमेश्वरलाई महिमित तुल्याउन जोरदार गवाही दिन्छौँ।
२
हामीले परमेश्वरको वचन खाँदै र पिउँदै गर्दा,
हामी सत्यता बुझ्छौँ र आस्थाले भरिन्छौँ।
हामी परमेश्वरमा समर्पित हुन र आफ्नो कर्तव्य पूरा गर्न सबै कुरा त्याग्छौँ।
हामी कुनै खतरा वा कठिनाइको डरबिना नै राज्यको सुसमाचार फैलाउँछौँ।
हामी आफ्ना कर्तव्यहरू वफादारीका साथ पूरा गर्छौँ र परमेश्वरका अभिप्रायलाई पूरा गर्छौँ।
हे प्रिय सर्वशक्तिमान् परमेश्वर, तपाईँ हामीमाझ जिउनुहुन्छ।
तपाईँले धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ र हाम्रो हृदय विजय गर्नुहुन्छ।
तपाईँले हामीलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, कष्टमार्फत हामीलाई शोधन गर्नुहुन्छ,
अनि हामीलाई पखाल्नुहुन्छ र परिवर्तन गर्नुहुन्छ।
परमेश्वरको पवित्रता र धार्मिकता मानिसको प्रेमको योग्य छ।
हामी परमेश्वरको डरलाग्दोपन, दयालुपन र प्रेमिलो स्वभाव जान्दछौँ,
र अनन्तका लागि परमेश्वरसामु समर्पित हुन्छौँ।
हामी पूर्ण रूपमा आफूलाई परमेश्वरको हातमा राख्छौँ,
अनि परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुन्छौँ।
परमेश्वरको इच्छा पूरा होस्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू