Nepali Christian Movie Trailer | सङ्कटका बीचमा उठाई लगिनु

21 डिसेम्बर 2025

झाओ झिगाङ स्थानीय मण्डलीमा एक एल्डर हुन्। धेरै इसाईहरूजस्तै, प्रभुको विश्वासीका रूपमा उनको सबैभन्दा ठूलो आशा जीवितै उठाइ लगिनु, प्रभुसँग भेट्नु र उहाँसँग शासन गर्नु हो। सन् १९९९ मा, मण्डली अगुवाले “सन् २,००० मा प्रभु फेरि आउनुहुनेछ, र उहाँका विश्वासीहरू जीवितै उठाइ लगिनेछन्,” भन्ने सन्देश जारी गरेपछि, उनी पहिलेभन्दा पनि धेरै उत्साहित र जोसिलो भए। आस्था र आत्मविश्वासले भरिएर, उनले भविष्यलाई आशा र अपेक्षासहित हेरे…। तर, सन् २,००० आएर बितिसकेपछि, उनको आशा सबै व्यर्थ भयो। उनको सम्प्रदायमा अभूतपूर्व आस्थाको सङ्कट उत्पन्न भयो, र उनी आफूले सही मार्ग चुनेको हो कि होइन भनेर सोच्न बाध्य भए।

सर्वशक्तिमान् परमेश्वरको राज्यको अवतरणको सुसमाचार उनको सम्प्रदायभरि फैलिएपछि, झाओ झिगाङ र उनका सहकर्मीहरूको एउटा समूहले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका प्रचारकहरूसँग गहन छलफल र बहस गरे। यी छलफलहरू उनीहरूले आफ्नो सम्प्रदायभित्र धेरै वर्षदेखि कायम राख्दै आएका विश्वासहरूको वरिपरि केन्द्रित थिए…। अन्ततः, झाओ झिगाङले उनीहरूलाई धार्मिक ख्रीष्टविरोधीहरूले बहकाएर अन्योलमा पारेका रहेछन् भन्ने स्पष्ट रूपमा देखे। उनले सत्यतालाई छिट्टै चिने र सर्वशक्तिमान् परमेश्वरको कामलाई स्वीकार गरे। अन्ततः उनी परमेश्वरको सिंहासनअघि उठाइ लगिए, जहाँ उनले दुःख प्रकट नगरी रहन सकेनन्, “मेरो उठाइ लगिने मौका वास्तवमै खतरामा थियो!”

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्