Christian Musical | हरेक राष्ट्रले सर्वशक्तिमान्‌ परमेश्‍वरको आराधना गर्छ (Nepali Subtitles)

18 डिसेम्बर 2020

हरेक राष्ट्रले सर्वशक्तिमान्‌ परमेश्‍वरको आराधना गर्छ

१ यो समयको आसपास, परमेश्वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। अझ, यो परमेश्वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्वर देहमा फर्किनु हुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यहरूको लाभ पाउन सक्छस्। यो निरर्थक देहले परमेश्वरबाट सत्यका सबै वचनहरू मूर्तरूप दिन्छ, आखिरी दिनहरूमा परमेश्वरका कामको जिम्मा लिन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्वरको स्वभावको सम्पूर्णता व्यक्त गर्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू बताउनु हुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यहरू पनि बताउनु हुनेछ जुन सत्यहरू तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ।

२ यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध हुन सक्छन्, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य तँलाई उहाँ मानिसहरूले विश्वास गरे जस्तो साधारण देह होइन भन्ने तँलाई हेर्न दिन पर्याप्त छ। किनकि उहाँले परमेश्वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्वरले देखाउनु हुने हेरविचारको उहाँ प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरू सुन्न नसके पनि जसले स्वर्गहरू र पृथ्वी हल्लाएको देखिन्छ, वा बलिरहेका ज्वालाहरू जस्ता उहाँका आँखाहरू हेर्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन अनुभव गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्वरले मानवजातिको लागि करुणा देखाइरहनु भएको छ; तँ परमेश्वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्वरको व्यग्रता महसुस सक्छस्।

३ आखिरी दिनहरूमा परमेश्वरको काम पृथ्वीका मानिसहरू माझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्वर मानिसलाई हेर्न दिनु हो, र परमेश्वरलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न मानिसलाई सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्वर मानिस जस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्वर, र साधारण परमेश्वर, अन्त्यमा परमेश्वरले तिमीहरूलाई देखाउनु हुनेछ कि यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जाने थियो; यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्गहरू फिका हुने थिए, यो पृथ्वी अस्तव्यस्ततामा जाकिने थियो, र सबै मानवजाति भोकमरी र विपत्तिहरूका माझमा जिउने थिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि तिमीहरूलाई आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्वर आउनु भएन भने, त्यसबेला परमेश्वरले सबै मानवजातिलाई धेरै अघि नै नरकमा विनाश गरिसक्नु भएको हुने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, तिमीहरू सधैँको लागि महापापीहरू हुने थियौ, र तिमीहरू सदैव लाशहरू हुने थियौ।

४ तिमीहरूले थाहा पाउनुपर्छ कि यदि यो देह अस्तित्वमा रहेको थिएन भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नु पर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्वरले दिने त्यो भन्दा कठोर दण्डबाट बच्न उनीहरूलाई असम्भव हुने थियो। यदि यो साधारण देह जन्मिएको थिएन भने, तिमीहरू सबै त्यो स्थितिमा हुने थियौ जहाँ बाँच्न सक्षम नभएर तिमीहरू जीवनको लागि याचना गर्ने थियो र मर्न सक्षम नभएर मृत्युको लागि प्रार्थना गर्ने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, त्यसपछि तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्वरको सिंहासनको सामुन्ने आउन सक्षम हुने थिएनौ, तर बरु, तेरो घोर पापहरूका कारणले परमेश्वरद्वारा तँ दण्डित हुने थिइस्। के तिमीहरूलाई थाहा थियो कि यदि यो देहमा परमेश्वरको पुनरागमनको लागि थिएन भने, कसैलाई पनि मुक्तिमा मौका हुने थिएन; र यदि यो देहको आगमनको लागि थिएन भने, परमेश्वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुने थिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यो साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदाहरू प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुशीसाथ स्वीकार गरेनौ?

५ प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्वहीन मानिसको आज्ञापालन गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्वर र मानिस बीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरू बीचको दूरीलाई छोट्याएको छ र परमेश्वर र मानिसका बिचारहरू बीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्वास र आराधनाको लागि अयोग्य छ? के यस किसिमको साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूका माझ परमेश्वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन?

— वचन देहमा देखा पर्नुहुन्छको के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरू माझ महान् कुरा गर्नुभएको छ बाट उद्धृत गरिएको

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्