Christian Song | यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने तेरो हृदय उहाँको सामु अर्पण गर्
28 जुन 2025
१
तैँले परमेश्वरमा विश्वास गर्ने भएकोले आफ्नो हृदय परमेश्वरलाई सुम्पनैपर्छ। यदि तैँले परमेश्वरको सामने आफ्नो हृदयलाई चढाउँछस् र सुम्पन्छस् भने, शोधनको अवधिमा उहाँलाई अस्वीकार गर्न वा छोड्न असम्भव हुनेछ। यस प्रकारले परमेश्वरसँगको तेरो सम्बन्ध झन्झन् नजिक र झन्झन् सामान्य हुँदै जानेछ, र उहाँसँगको तेरो सङ्गति झन्झन् निरन्तर हुनेछ। यदि तँ सधैँ यस प्रकारले अभ्यास गर्छस् भने, तैँले परमेश्वरको प्रकाशमा अधिक समय बिताउनेछस् र उहाँको वचनको मार्गदर्शनमा अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन् र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ।
२
जब परमेश्वरका परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउनेछ, तब तँ परमेश्वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर उहाँको गवाही दिन पनि सक्षम हुनेछस्। त्यसबेला तँ अय्यूब र पत्रुसजस्तै हुनेछस्। परमेश्वरको गवाही दिएपछि तँ उहाँलाई साँच्चै प्रेम गर्ने, र खुसीसाथ आफ्नो जीवन उहाँलाई समर्पण गर्ने व्यक्ति बन्नेछस्; तँ परमेश्वरको साक्षी र उहाँले प्रेम गर्नुहुने व्यक्ति बन्नेछस्। जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, नाजुक होइन। परमेश्वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तैँले जिउने वा मर्ने चिन्तालाई पन्छाउन सक्षम हुन्छस्, सबै कुरा परमेश्वरका लागि खुसीसाथ त्याग्न सक्छस्, र उहाँका लागि खुसीसाथ कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्वासमा वास्तविकता हुनेछ। तब मात्र तँ परमेश्वरद्वारा साँच्चै प्रेम गरिएको र उहाँद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू