Nepali Christian Song | परमेश्वर सामु आफ्नो हृदय देऊ यदि उहाँमा विश्वास गर्छौ भने | with lyrics
11 फेब्रुअरी 2022
पद १
तिमी परमेश्वरमा विश्वास गर्ने भएकोले, आफ्नो हृदय उहाँ सामु सुम्प।
यदि उहाँ सामु हृदय चढाएर सुम्पेमा,
शोधनको अवधिमा
उहाँलाई अस्वीकार गर्न वा छोड्न असम्भव हुनेछ।
यसरी उहाँसँग तिम्रो सम्बन्ध
अझै नजिक, अझै सामान्य हुनेछ
र उहाँसँग कुराकानी अझै बारम्बार हुनेछ।
कोरस १
यसरी सधैँ अभ्यास गरेमा,
तिमीले परमेश्वरको प्रकाशमा र उहाँका
वचनको मार्गर्दशनमा धेरै समय बिताउनेछौ।
तिम्रो स्वभावमा पनि धेरै परिवर्तन आउनेछन्
र तिम्रो ज्ञान दिनदिनै बढ्नेछ।
पद २
तिमी माथि अचानक
उहाँको जाँचको दिन आउँदा,
उहाँको पक्षमा खडा हुन मात्र होइन,
गवाही दिन पनि सक्षम हुनेछौ।
त्यसबेला अय्यूब र पत्रुसझैँ हुनेछौ।
त्यसबेला अय्यूब र पत्रुसझैँ हुनेछौ।
पूर्व कोरस
उहाँको गवाही दिएकोले,
उहाँलाई साँच्चै प्रेम गर्नेछौ
र खुसीसाथ जीवन समर्पण गर्नेछौ;
उहाँको साक्षी र उहाँको प्रिय बन्नेछौ।
कोरस २
शोधन अनुभव गरेको प्रेम बलियो हुन्छ, कमजोर होइन।
उहाँले तिमीलाई जहिले र जहाँ जाँचमा पार्नुभए पनि,
तिमी जिउने वा मर्ने चिन्तालाई पन्छ्याउन सक्षम छौ,
तिमी जिउने वा मर्ने चिन्तालाई पन्छ्याउन सक्षम छौ,
उहाँको लागि सबै त्याग्न
र खुसीसाथ सबै सहन सक्छौ—
यसरी तिम्रो प्रेम शुद्ध र
विश्वास वास्तविक हुनेछ।
तब मात्र तिमी उहाँद्वारा साँच्चै प्रेम गरिएको
र उहाँद्वारा सिद्ध पारिएको हुनेछौ,
परमेश्वरद्वारा सिद्ध पारिएको।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू