Christian Dance | परमेश्‍वरका लागि उठेर नाच | Praise Song

2 मे 2024

हामीले परमेश्‍वरको आवाज सुनेका छौँ अनि भोजमा उपस्थित हुन उहाँको सामु उठाइएका छौँ।

हामी परमेश्‍वरका वचनहरू खान्छौँ अनि पिउँछौँ अनि उहाँलाई प्रार्थना गर्छौँ,

उहाँ सामु जिउनु निकै हर्षको कुरा हो।

धर्मभित्रका प्रभुमा विश्‍वास गर्दा,

हाम्रो हृदय अँध्यारो थियो र हामीसँग मार्ग थिएन।

अहिले हामी परमेश्‍वरका वचन खान्छौँ अनि पिउँछौँ, सत्यताबारे सङ्गति गर्छौँ।

पवित्र आत्माको कामको आनन्द लिनु कति खुसीको कुरा हो।

दाजुभाइ र दिदीबहिनीहरू, उठेर नाच!

परमेश्‍वरको प्रशंसामा नयाँ नृत्यहरू अर्पण गर!

हामी धार्मिक संस्कारका बन्धनबाट उम्केका छौँ,

हामीले सत्यता बुझेका छौँ र हाम्रा आत्मा स्वतन्त्र भएका छन्।

परमेश्‍वरका सबै वचन सत्यता हुन्, तिनले हामीलाई जीवनको मार्ग औँल्याउँछन्।

हामी आफ्नो भविष्य र नियतिबारे विचार गर्नेछैनौँ,

हामी परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन इच्छुक छौँ।

हामीले परमेश्‍वरका वचनहरूका न्याय अनुभव गरेका छौँ,

हाम्रो भ्रष्टतालाई पखालिएको छ र रूपान्तरित गरिएको छ।

हामी निर्दोष बालबालिकाहरू झैँ जिउँछौँ,

अनि हामी हृदय र इमानदारीसाथ परमेश्‍वरको आराधना गर्छौँ।

हामीलाई परमेश्‍वरका वचनहरूले मार्गदर्शन गर्दा,

हामी सबै दमन र प्रकोपलाई आफ्नो खुट्टामुनि पिस्छौँ।

शैतानका बाधा बावजुद,

हामी ख्रीष्टलाई पछ्याउनेछौँ र अन्तसम्मै वफादार रहनेछौँ।

दाजुभाइ र दिदीबहिनीहरू, उठेर नाच!

परमेश्‍वरको प्रशंसामा नयाँ नृत्यहरू अर्पण गर!

परमेश्‍वरका वचन अभ्यास गर्दा हाम्रो हृदय प्रसन्न हुन्छ,

मार्ग झन्-झन् उज्यालो हुन्छ।

परमेश्‍वरको धार्मिकता र पवित्रता देख्दा,

हाम्रो हृदयले सधैँ उहाँको प्रशंसा गर्नेछ।

इमानदारीसाथ परमेश्‍वरको प्रशंसा गर्नु हर्षको कुरा हो, उहाँ हामीसँग हुनु साँचो खुसी हो।

परमेश्‍वरको गवाही दिनु साँचो महिमा हो;

हाम्रा आत्मा मुक्त भएका छन् र हामी निकै स्वतन्त्र महसुस गर्छौँ।

शैतानलाई परास्त गरेको र सबै महिमा प्राप्त गरेकोमा परमेश्‍वरको प्रशंसा गर।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्