Christian Song | केवल साँचो विश्‍वास भएकाहरूले मात्र परमेश्‍वरको अनुमोदन पाउँछन्

20 जुलाई 2021

जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो,

त्यो उनको विश्‍वासको कारणले थियो।

जब दाऊदले उहाँ, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—

त्यो उसको विश्‍वासको कारणले थियो।

जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ

र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो,

त्यो उसको विश्‍वासको कारणले थियो।

जब उसले उहाँ, अर्थात् यहोवाको, आवाज सुन्‍न र उहाँ, अर्थात् यहोवाको महिमा देख्‍न सक्यो,

त्यो उसको विश्‍वासको कारणले थियो।

पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो।

उसले परमेश्‍वरको खातिर क्रूसमा टाँगिन र

महिमित गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले थियो।

जब यूहन्‍नाले मानिसको पुत्रको महिमित प्रतिरूप देख्यो,

त्यो उसको विश्‍वासको कारणले थियो।

जब उसले आखिरी दिनहरूका चिन्हहरू देख्यो,

त्यो सबै उसकै विश्‍वासको कारणले थियो।

अन्यजाति भनाउँदा भीडहरूले परमेश्‍वरको प्रकाश प्राप्त गर्नु

परमेश्‍वरको प्रकाश प्राप्त गर्नु

र मानिसको बीचमा उहाँको काम गर्नको निम्ति परमेश्‍वर देहमा फर्किनुभएको छ

भन्‍ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्‍वासकै कारणले हो।

परमेश्‍वरका कठोर वचनहरूद्वारा प्रहार गरिएका

र तीद्वारा सान्त्वना पाएका अनि मुक्ति पाएका सबैले

यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र?

परमेश्‍वरका कठोर वचनहरूद्वारा प्रहार गरिएका

र तीद्वारा सान्त्वना पाएका अनि मुक्ति पाएका सबैले

यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र?

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्