Nepali Christian Song | सियोनमा भेला | Praise Song

14 मार्च 2025

आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ,

उहाँ पृथ्वीमा पूर्वमा देखा पर्नुहुन्छ।

सबै मानिसहरू घुँडा टेक्छन् र आराधना गर्छन्,

सबैका मुखले परमेश्‍वरको प्रशंसा गाउँछन्।

सम्पूर्ण ब्रह्माण्ड नवीकरण हुनेछ; सारा संसार प्रशंसाले भरिएको छ।

संसार परमेश्‍वरको धार्मिकताले भरिएको छ,

किनभने यो परमेश्‍वरको स्वर्ग र पृथ्वी भएको छ।

ओ सियोन! ओ सियोन! परमेश्‍वरको वासस्थान, सुन्दर र खुसी स्थान।

सँगै भेला हुनु अतुलनीय हर्ष हो;

हामी परमेश्‍वरसँग सदैव पारिवारिक परमसुखको आनन्द उठाउनेछौँ।

परमेश्‍वरको मुहार उज्ज्वल खुसीले चम्किन्छ; परमेश्‍वरको दिन आएको छ।

आकाशका सेता बादलहरू सबैले उहाँलाई स्वागत गर्छन्,

किनकि उहाँ विजयी भएर फर्कनुभएको छ।

परमेश्‍वरको हृदय निकै प्रफुल्लित छ, परमेश्‍वरको हृदय शान्त छ—

उहाँ निकै उत्साहित हुनुहुन्छ।

परमेश्‍वर आफ्नो वासस्थानमा फर्कनुभएको छ,

र उहाँले परिवारको न्यानोपन फेरि महसुस गर्नुहुन्छ।

ओ सियोन! ओ सियोन! परमेश्‍वरको वासस्थान, सुन्दर र खुसी स्थान।

सँगै भेला हुनु अतुलनीय हर्ष हो;

हामी परमेश्‍वरसँग सदैव पारिवारिक परमसुखको आनन्द उठाउनेछौँ।

परमेश्‍वरको महिमा देखा पर्छ र चम्किन्छ; पहाड हर्षोल्लास गर्छन् र पानी हाँस्छन्।

सूर्य र चन्द्र र ताराहरू घुम्छन् अनि स्वागतमा पङ्क्तिबद्ध हुन्छन्।

परमेश्‍वरले उहाँको छ हजार वर्षे व्यवस्थापन योजना सक्काउनुहुन्छ

र उहाँ विजयी भएर फर्किनुभएको छ।

हामी हर्षोल्लास गर्छौँ र हर्षले उफ्रिन्छौँ,

किनकि परमेश्‍वरले पृथ्वीमाथि सार्वभौम शासन गर्नुहुन्छ।

ओ सियोन! ओ सियोन! परमेश्‍वरको वासस्थान, सुन्दर र खुसी स्थान।

सँगै भेला हुनु अतुलनीय हर्ष हो;

हामी परमेश्‍वरसँग सदैव पारिवारिक परमसुखको आनन्द उठाउनेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्