Nepali Christian Song | व्यावहारिक परमेश्वर माथिको विश्वासले अपार लाभ हुन्छ | with lyrics
28 सेप्टेम्बर 2021
पद १
मानिसको पुत्र बोलिरहनुहुन्छ।
परमेश्वरको कामको हर कदममा हामीलाई डोर्याउनुहुन्छ।
हामीले अनेक परीक्षा, ताडना पार गरेका छौं,
हामी मृत्युद्वारा परिक्षित भैसक्यौं।
परमेश्वरको धार्मिकता र प्रताप बुझ्छौं।
उहाँको करुणा र प्रेमको आनन्द लिन्छौं।
उहाँको बुद्धि र शक्तिको स्वाद चाख्छौँ
उहाँ प्रेमिलो, मुक्ति दिन तत्पर भएको देख्छौँ।
कोरस
यस साधारण व्यक्तिको वचनमा,
हामीले परमेश्वरका सार, इच्छा र स्वभाव सिक्छौं।
मानवको प्रकृति र सार पनि जान्छौँ,
सिद्धता र मुक्तिको बाटो देख्छौं।
पद २
उहाँको वचनले हामीलाई मार्छन् फेरी जन्माउँछन्।
हामीलाई दोषी र ऋणी छोड्छन्।
तर तिनले सान्त्वना पनि ल्याउँछन्।
तिनले पिडा ल्याउँछन्, तर आनन्द, शान्ति पनि।
कहिले हामी उहाँको क्रोधले खरानी हुने शत्रु,
कहिले उहाँले काट्ने भेडा, त कहिले आँखाको नानी,
उहाँले मुक्ति दिने, उहाँको नजरमा किरा हामी,
उहाँले दिनरात खोज्ने, हराएका भेडा हामी।
कोरस
यस साधारण व्यक्तिको वचनमा,
हामीले परमेश्वरका सार, इच्छा र स्वभाव सिक्छौं।
मानवको प्रकृति र सार पनि जान्छौँ,
सिद्धता र मुक्तिको बाटो देख्छौं।
पद ३
उहाँले तिरस्कार, दया गरि उठाउनुहुन्छ
सान्त्वना, प्रोत्साहन, नेतृत्व दिनुहुन्छ,
अन्तरदृष्टि, ताडना र श्राप पनि,
रातदिन हाम्रो चिन्ता, सुरक्षा गर्नुहुन्छ।
सधैँ साथ रहि, हाम्रो हेरचाह गर्नुहुन्छ।
हाम्रो खातिर उहाँले सबै मूल्य तिर्नुभएको छ।
उहाँको वचनमा पाएका छौं उहाँको पूर्णता
देखेका छौं उहाँले दिनुभएको गन्तव्य।
कोरस
यस साधारण व्यक्तिको वचनमा,
हामीले परमेश्वरका सार, इच्छा र स्वभाव सिक्छौं।
मानवको प्रकृति र सार पनि जान्छौँ,
सिद्धता र मुक्तिको बाटो देख्छौं।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू