Christian Dance | परमेश्वरको आगमनलाई भेट्न पाउनु हाम्रो सौभाग्य हो | Praise Song
25 मार्च 2025
१
म परमेश्वरको आवाज सुन्छु,
र म उहाँको आगमनलाई भेट्न पाउँदा अत्यन्तै भाग्यमानी छु।
परमेश्वरका वचनहरू खाँदा र पिउँदा
म थुमाको विवाह भोजमा सहभागी हुन्छु।
न्याय र शोधनमा पर्दा मेरो भ्रष्टता पखालिन्छ,
म परमेश्वरको स्वभाव चिन्न पुग्छु र उहाँको प्रेमिलो स्वभाव देख्छु।
न्यायमा पर्दा म सत्यता बुझ्छु
र परमेश्वरको प्रेम कति वास्तविक छ भन्ने देख्छु।
आफूलाई चिन्न पुग्नु कुनै सजिलो काम होइन,
र परमेश्वरका वचनहरूले नै मलाई विजय गरेका छन्।
परीक्षा र शोधनले मलाई प्रकाश गरेका छन्,
र आशिषप्रतिका मेरा अभिप्राय र चाहना अत्यन्तै बलिया छन्।
म परीक्षा र सङ्कष्टहरूमा दृढ रहनु
पूर्णतया परमेश्वरका वचनहरूको मार्गदर्शनकै कारणले हो।
२
सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउँदा मेरो यो जीवन साँच्चिकै आशिषित् भएको छ।
मैले परमेश्वरको गवाही दिन सक्नु उहाँको बढाइ हो।
म परमेश्वरप्रति ज्यादै ऋणी छु र उहाँको प्रेम चुक्ता गर्न चाहन्छु।
म सबथोक छोड्छु र परमेश्वरप्रति बफादारी देखाउँछु।
म आफ्नो कर्तव्य पूरा गर्छु र परमेश्वरको प्रेम चुक्ता गर्छु,
र यसरी परमेश्वरको हृदय सन्तुष्ट हुन्छ र म खुसी हुन्छु।
हामीभन्दा भाग्यमानी को हुन सक्छ?
परमेश्वरलाई प्रेम गर्नको पछि लाग्नेहरू सबैभन्दा आशिषित् हुन्छन्।
परमेश्वरबाट सत्यता र जीवन प्राप्त गरेपछि,
हामीले उहाँकै लागि आफ्नो जीवन जिउनुपर्छ।
परमेश्वरलाई प्रेम गर्नको पछि लाग्ने जीवनमा कुनै पश्चात्ताप हुँदैन,
र म सदैव उहाँलाई प्रेम गर्नेछु र गवाही दिनेछु।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू