Christian Dance | सदैव परमेश्वरको प्रशंसाका गीत गाउँदै | Praise Song
21 फेब्रुअरी 2025
१
आखिरी दिनहरूको मानिसको पुत्र चीनमा देखा पर्नुभएको छ,
र मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ।
हामी परमेश्वरको आवाज सुन्छौँ, उहाँको सिंहासनसामु उठाइएका छौँ।
परमेश्वरलाई आमने-सामने भेट्न पाउनेछौँ भन्ने सपनामा पनि सोचेका थिएनौँ।
वर्षौँको तृष्णा बल्ल साकार भएका छन्,
र हामी उद्धारकर्ताको देखा पराइ देख्छौँ।
सर्वशक्तिमान् परमेश्वरका वचनले उहाँको सर्वशक्तिमान्ता देखाउँछन्,
र अनगिन्ती मानिसको हृदय विजय गरेका छन्।
परमेश्वरका चुनिएका मानिस उहाँको सिंहासनसामु जम्मा हुन्छन्;
तिनीहरू उहाँका वचनद्वारा गोठालो गरिन्छन्, पानी हालिन्छन्।
उहाँको हर वचन सत्यता हो, मानिसलाई अनन्त जीवनको मार्ग ल्याउँछन्।
हामी परमेश्वरको आखिरी दिनहरूको मुक्ति पाउँछौँ,
र हामी सदा उहाँको प्रशंसाका गीत गाउँछौँ।
२
हरदिन हामी परमेश्वरका वचन खान्छौँ, पिउँछौँ, सङ्गति गर्छौँ,
र परमेश्वरको न्याय र शुद्धिकरण स्विकार्छौँ।
परमेश्वरद्वारा अन्तर्दृष्टि दिइएर, आफैलाई चिन्न पुग्छौँ
र आफ्ना शैतानी प्रकृति छर्लङ्ग देख्छौँ।
हामी अहङ्कार, आत्म-धार्मिकता, र छलले भरिएका छौँ।
हाम्रो पछुतो र ग्लानिमा, उहाँसामु लम्पसार पर्छौँ।
सत्यता अभ्यास गर्छौँ र साँचो पश्चात्ताप हासिल गर्छौँ,
हाम्रो जीवन स्वभाव बिस्तारै परिवर्तन हुन्छ।
परमेश्वरको न्याय भोगेर हामी सत्यता बुझ्छौँ
र उहाँको पवित्रता र धार्मिकता देख्छौँ।
उहाँको बुद्धि र सर्वशक्तिमान्ता अनुभव गर्छौँ,
र हामी उहाँको दया र प्रेमिलो स्वभाव झन् बढी महसुस गर्छौँ।
हाम्रा भ्रष्ट स्वभाव पखालिन्छन्, र हामी परमेश्वरलाई प्रसन्न तुल्याउने मानिस बन्छौँ।
हामी परमेश्वरको सारा प्रेमको आनन्द उठाउँछौँ,
र हामी सदा उहाँको प्रशंसाका गीत गाउँछौँ।
३
न्याय उहाँको घरभित्रबाटै सुरु भएको छ,
र उहाँका मानिसको भ्रष्टता पखालिएको छ।
हामी परीक्षा र सङ्कष्टमाझ आफ्ना कर्तव्य पूरा गर्छौँ,
परमेश्वरको जोरदार गवाही दिन्छौँ।
परमेश्वरले विजेताहरूको समूह बनाउनुभएको छ
र शैतान पूर्णतः लज्जित र पराजित हुन्छ।
उहाँ शैतानलाई हराउनुहुन्छ, महिमा पाउनुहुन्छ, आफ्नो सर्वशक्तिमान्ता र बुद्धि प्रकाश गर्नुहुन्छ।
राज्य अभूतपूर्व वैभवका साथ देखा परेको छ,
र परमेश्वरको महान् काम पूर्णतः पूरा भएको छ।
उहाँको धार्मिकता प्रशंसा योग्य छ
उहाँको पवित्र नाम पृथ्वीमा घोषणा गरिन्छ।
उहाँको राज्य पृथ्वीमा देखा पर्छ, उहाँका मानिस नाच्छन् र नयाँ गीत गाउँछन्।
सबै देश र जातिले परमेश्वरको प्रशंसा गर्छन्,
र हामी सदा उहाँको प्रशंसाका गीत गाउँछौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू