Christian Dance | सदैव परमेश्‍वरको प्रशंसाका गीत गाउँदै | Praise Song

21 फेब्रुअरी 2025

आखिरी दिनहरूको मानिसको पुत्र चीनमा देखा पर्नुभएको छ,

र मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ।

हामी परमेश्‍वरको आवाज सुन्छौँ, उहाँको सिंहासनसामु उठाइएका छौँ।

परमेश्‍वरलाई आमने-सामने भेट्न पाउनेछौँ भन्ने सपनामा पनि सोचेका थिएनौँ।

वर्षौँको तृष्णा बल्ल साकार भएका छन्,

र हामी उद्धारकर्ताको देखा पराइ देख्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरका वचनले उहाँको सर्वशक्तिमान्‌ता देखाउँछन्,

र अनगिन्ती मानिसको हृदय विजय गरेका छन्।

परमेश्‍वरका चुनिएका मानिस उहाँको सिंहासनसामु जम्मा हुन्छन्;

तिनीहरू उहाँका वचनद्वारा गोठालो गरिन्छन्, पानी हालिन्छन्।

उहाँको हर वचन सत्यता हो, मानिसलाई अनन्त जीवनको मार्ग ल्याउँछन्।

हामी परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति पाउँछौँ,

र हामी सदा उहाँको प्रशंसाका गीत गाउँछौँ।

हरदिन हामी परमेश्‍वरका वचन खान्छौँ, पिउँछौँ, सङ्गति गर्छौँ,

र परमेश्‍वरको न्याय र शुद्धिकरण स्विकार्छौँ।

परमेश्‍वरद्वारा अन्तर्दृष्टि दिइएर, आफैलाई चिन्न पुग्छौँ

र आफ्ना शैतानी प्रकृति छर्लङ्ग देख्छौँ।

हामी अहङ्कार, आत्म-धार्मिकता, र छलले भरिएका छौँ।

हाम्रो पछुतो र ग्लानिमा, उहाँसामु लम्पसार पर्छौँ।

सत्यता अभ्यास गर्छौँ र साँचो पश्चात्ताप हासिल गर्छौँ,

हाम्रो जीवन स्वभाव बिस्तारै परिवर्तन हुन्छ।

परमेश्‍वरको न्याय भोगेर हामी सत्यता बुझ्छौँ

र उहाँको पवित्रता र धार्मिकता देख्छौँ।

उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता अनुभव गर्छौँ,

र हामी उहाँको दया र प्रेमिलो स्वभाव झन् बढी महसुस गर्छौँ।

हाम्रा भ्रष्ट स्वभाव पखालिन्छन्, र हामी परमेश्‍वरलाई प्रसन्न तुल्याउने मानिस बन्छौँ।

हामी परमेश्‍वरको सारा प्रेमको आनन्द उठाउँछौँ,

र हामी सदा उहाँको प्रशंसाका गीत गाउँछौँ।

न्याय उहाँको घरभित्रबाटै सुरु भएको छ,

र उहाँका मानिसको भ्रष्टता पखालिएको छ।

हामी परीक्षा र सङ्कष्टमाझ आफ्ना कर्तव्य पूरा गर्छौँ,

परमेश्‍वरको जोरदार गवाही दिन्छौँ।

परमेश्‍वरले विजेताहरूको समूह बनाउनुभएको छ

र शैतान पूर्णतः लज्जित र पराजित हुन्छ।

उहाँ शैतानलाई हराउनुहुन्छ, महिमा पाउनुहुन्छ, आफ्नो सर्वशक्तिमान्ता र बुद्धि प्रकाश गर्नुहुन्छ।

राज्य अभूतपूर्व वैभवका साथ देखा परेको छ,

र परमेश्‍वरको महान् काम पूर्णतः पूरा भएको छ।

उहाँको धार्मिकता प्रशंसा योग्य छ

उहाँको पवित्र नाम पृथ्वीमा घोषणा गरिन्छ।

उहाँको राज्य पृथ्वीमा देखा पर्छ, उहाँका मानिस नाच्छन् र नयाँ गीत गाउँछन्।

सबै देश र जातिले परमेश्‍वरको प्रशंसा गर्छन्,

र हामी सदा उहाँको प्रशंसाका गीत गाउँछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्