2021 Christian Song | मानिसको जीवनको लागि, परमेश्‍वरले सबै दु: ख सहनुहुन्छ (A Cappella)

5 अगस्ट 2021

मानव जीवनको उद्‌गम र निरन्तरतालाई सञ्चालन गर्ने रहस्यहरूभित्र कसैले नियालेको छैन।

यी सबै कुरालाई बुझ्नुहुने परमेश्‍वरले मात्र

चोट र प्रहारलाई चूपचाप सहनुहुन्छ,

जुन प्रहार परमेश्‍वरबाट प्राप्‍त गरेको हरेक थोकको निम्ति धन्यवादी समेत नहुने मानिसले उहाँलाई दिन्छ।

जीवनले ल्याएका कुराहरू मानिसले महत्त्वको ठान्दैन र परमेश्‍वरलाई मानिसले विश्‍वासघात गर्छ,

बिर्सन्छ र उहाँबाट खोस्छ भन्‍ने कुरा त “सामान्य नै हो”।

मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति,

उहाँको योजना र उहाँले फुक्‍नुभएको सासको निम्ति परमेश्‍वरले सारा कष्‍टहरू सहनुहुन्छ।

मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्‍नुभएको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ।

यो नै उहाँको योजना हो।

के परमेश्‍वरको योजना यति धेरै महत्त्वको हुन सक्छ?

के परमेश्‍वरको बाहुलीबाट आएको यो जीवित प्राणी अर्थात्

मानिस साँच्‍चै यति धेरै महत्त्वपूर्ण हुन सक्छ?

निश्‍चित रूपमा नै, परमेश्‍वरको योजना महत्त्वपूर्ण छ;

यद्यपि, परमेश्‍वरको बाहुलीद्वारा सृष्‍टि गरिएको यो जीवित प्राणी

उहाँको योजनाको खातिर मात्र अस्तित्वमा छ।

यसकारण, परमेश्‍वरले यस मनावजातिप्रतिको घृणाको खातिर

आफ्‍नो योजनालाई बर्बाद पार्न सक्‍नुहुन्‍न।

मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति,

उहाँको योजना र उहाँले फुक्‍नुभएको सासको निम्ति परमेश्‍वरले सारा कष्‍टहरू सहनुहुन्छ।

मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्‍नुभएको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ।

यो नै उहाँको योजना हो।

मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति,

उहाँको योजना र उहाँले फुक्‍नुभएको सासको निम्ति परमेश्‍वरले सारा कष्‍टहरू सहनुहुन्छ।

मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्‍नुभएको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ।

यो नै उहाँको योजना हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्