Christian Dance | साँचो परमेश्वरको पछ्याइ | Praise Song
31 अगस्ट 2024
१
म साँचो परमेश्वरलाई पछ्याउँछु र उहाँका वचनहरूले मलाई मार्गदर्शन गर्छन्।
परमेश्वरले व्यक्त गर्नुहुने सत्यताहरू झन्-झन् प्रशस्त हुन्छन्;
उहाँका वचनहरू खाँदा, पिउँदा र तिनको आनन्द उठाउँदा, मेरो हृदय उज्यालो हुन्छ।
म सर्वशक्तिमान् परमेश्वरलाई उहाँको छनौट र मुक्तिका लागि धन्यवाद दिन्छु!
म साँचो परमेश्वरलाई पछ्याउँछु र उहाँका वचनहरूले मलाई मार्गदर्शन गर्छन्।
पवित्र आत्माको काम पाइला दर पाइला छिटो छिटो अघि बढ्छ,
परमेश्वरले हामीलाई तालिम दिन परिस्थितिहरू बन्दोबस्त गर्नुहुन्छ।
परमेश्वरसामु आफूलाई शान्त पार्दा र सत्यता खोजी गर्दा हामीलाई लाभहरू प्राप्त हुन्छन्।
हामी परमेश्वरलाई पछ्याउँछौँ र हाम्रो मार्ग झन् उज्यालो हुन्छ।
व्यक्तिले हलोमा हात लगाएर पछिल्तिर हेरेमा कसरी मुक्ति प्राप्त गर्न सक्छ?
हामी सत्यता प्राप्त गर्न परमेश्वरलाई पछ्याउँछौँ,
उहाँको घोषणा गर्नु र गवाही दिनु हाम्रो अपरिहार्य कर्तव्य हो।

२
म साँचो परमेश्वरलाई पछ्याउँछु र उहाँका वचनहरूले मलाई मार्गदर्शन गर्छन्।
अहिलेको समय परमेश्वरले हाम्रो परीक्षा लिनुहुने समय हो,
शैतानका शक्तिहरू अझै पनि मृत्युको चपेटामा छट्पटाइरहेका छन्।
हामी परमेश्वरमा भर पर्छौँ र कहिल्यै डराउने वा पछि हट्ने छैनौँ।
म साँचो परमेश्वरलाई पछ्याउँछु र उहाँका वचनहरूले मलाई मार्गदर्शन गर्छन्।
परमेश्वरको काम त्यसको अन्तिम क्षणमा पुगिसकेको छ,
कर्तव्यहरू पूरा गरिनुपर्छ र परमेश्वरका अभिप्रायहरूलाई ख्याल गरिनुपर्छ।
हामीले परमेश्वरको गवाही दिनका लागि आफ्नो पूरै अस्तित्व उहाँमा अर्पण गर्नुपर्छ
र आफूलाई समर्पित गर्नुपर्छ।
हामी परमेश्वरलाई पछ्याउँछौँ र हाम्रो मार्ग झन् उज्यालो हुन्छ।
सत्यता बुझ्दा त्यसले साँचो आस्था ल्याउँछ।

हामी परमेश्वरसामु जिउँछौँ र सदा उहाँको प्रशंसा गर्छौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू