2021 Christian Drama | नजिकबाट पछ्याउनु | Faith Testimony of Christians Experiencing Persecution

12 डिसेम्बर 2021

नजिकबाट पछ्याउनु

“त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—

तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै,

अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै,

उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ।

मानिसहरूको कष्टभोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा,

अनि यस फोहोर देशका मानिसहरूको सारा

शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयकोकार्य गर्नुहुन्छ,

ताकि, यसद्वारा उहाँले महिमा पाउनसक्‍नुभएको होस्,

अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्।

मानिसहरूको यस समूहको निम्ति परमेश्‍वरले गर्नुभएका सबै त्यागहरूको पूर्ण महत्त्व यही नै हो।”

—“वचन देहमा देखा पर्नुहुन्छ”बाट उद्धृत गरिएको

ती दियाबलसहरू आउँदैछन्, भागौँ!

छिटो, किताबहरू मलाई देऊ।

जाऊँ, जाऊँ! होसियार होऊ!

क्याप्टेन, तिनीहरू सबै भागे।

सत्यानाश!

कसैले तिनीहरूलाई सुइँको दिएको हुनुपर्छ।

तँ…। थुक्‍क!

हामी हाम्रो भेलाको बारेमा त्यति सावधान थियौँ। कसरी प्रहरीहरू पत्तो पाए?

तिनीहरूले कसैलाई पछ्याएको हुनुपर्छ।

भेला हुन झन्झन् कठिन हुँदै छ।

- कसैले तिमीलाई पछ्याएन? - अँहँ।

ए, यो भेला हुने राम्रो ठाउँ हो।

- यो धेरै गुप्त छ। - हो नि।

जहिलेसम्म कुनै ठाउँ रहन्छ।

दाजुभाइ र दिदीबहिनीहरू, हामी परमेश्‍वरका वचनहरू पढेर सुरु गरौँ।

हुन्छ।

“परमेश्‍वरले यी मानिसहरूलाई जगाउन लाग्नुभएकोछ, जो दुःखको बोझले दबिएका छन्,

उनीहरू पूर्ण रूपमा नबिउँझञ्‍जेल सम्म जगाउनुहुनेछ

र उनीहरूलाई कुइरोबाट बाहिर निकालेर त्यो ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ।

उनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्न सक्‍नेछन्,

आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरलाई दिन सक्षम हुनेछन्,

अन्धकारका शक्तिहरूको दमनबाट माथि उठ्नेछन्,

संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्‍वरको विजयको प्रमाण बन्नेछन्।

यस प्रकारले मात्र परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ।”

—“वचन देहमा देखा पर्नुहुन्छ”बाट उद्धृत गरिएको

फेरि समस्या आयो!

दियाबलसहरू फेरि आए।

जाऊँ, जाऊँ! किताबहरू!

सुरक्षित बस!

हत्तेरी, तिनीहरू फेरि भागे!

क्याप्टेन, तिनीहरू यो बाटो गए!

तिनीहरूलाई पक्र!

अगुवा को हो?

तँ रद्दीको टुक्रा।

मण्डलीको पैसा कहाँ छ? कसले यसको रेखदेख गर्छ?

बोल्! थुक्‍क साला।

“विजेताहरू” तिनीहरू हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन्,

जसलाई शैतानले अन्धकारको शक्तिद्वारा बन्धनमा पार्छ,

तर त्यस्तो बेलामा पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन्,

परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्।

यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न

र परमेश्‍वरप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने,

तँ परमेश्‍वरको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस्,

र परमेश्‍वरले यसैलाई “विजेता ”हुनु भनी भन्‍नुहुन्छ।

परमेश्‍वरका वचनहरूले हामीलाई शैतानका साङ्लाहरूदेखि मुक्त गर्छन्।

हामीले तिनको अतुलनीय अख्तियार र सामर्थ्यलाई साँच्‍चै अनुभव गरेका छौँ।

परमेश्‍वरको महान् प्रेमिलोपन देखेर हामी सबै उहाँलाई प्रेम गर्छौं र गवाही दिन्छौँ।

खतराको कुनै डरबाट मुक्त भएर हामी राज्यको सुसमाचार फैलाउँछौँ।

प्रिय परमेश्‍वर।

सर्वशक्तिमान्, प्रिय परमेश्‍वर,

तपाईंका मानिसहरूले प्रेम गीतहरू गाउँछन्, तपाईंको प्रशंसा गर्छन्।

सर्वशक्तिमान् परमेश्‍वर, प्रिय परमेश्‍वर,

हामी सधैँ तपाईंको गवाही दिनेछौँ, आज्ञा मान्‍नेछौँ, तपाईंलाई प्रेम गर्नेछौँ।

सर्वशक्तिमान्, प्रिय परमेश्‍वर,

तपाईंका मानिसहरूले प्रेम गीतहरू गाउँछन्, तपाईंको प्रशंसा गर्छन्।

सर्वशक्तिमान् परमेश्‍वर, प्रिय परमेश्‍वर,

हामी सधैँ तपाईंको गवाही दिनेछौँ, आज्ञा मान्‍नेछौँ, तपाईंलाई प्रेम गर्नेछौँ।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्