Christian Dance | हामी थुमालाई पछ्याउँछौँ र नयाँ गीतहरू गाउँछौँ | Praise Song
7 सेप्टेम्बर 2024
१
हामी सिंहासनसामु उठाइका छौँ र राज्य भोजमा सहभागी हुन्छौँ।
हामी सर्वशक्तिमान् परमेश्वरका वचनहरू खान्छौँ र पिउँछौँ
अनि धेरै सत्यताहरू बुझ्छौँ।
दिन प्रतिदिन हामीले राज्यको तालिम प्राप्त गर्छौँ र त्यसैले हाम्रो जीवन बढ्छ।
परमेश्वरका वचनहरू समृद्ध र प्रशस्त छन्,
सिंहासनबाट आएको जीवित पानीले हामीलाई पोषण दिन्छ।
हामी देहधारी परमेश्वरको रेखदेख स्विकार्छौँ,
र परमेश्वरको बुद्धि र सर्वशक्तिमान्ताको कदर गर्छौँ।
परमेश्वरले हामीलाई अन्धकारको प्रभावबाट मुक्ति दिनुहुन्छ,
हामीलाई उहाँसामु जिउने तुल्याउनुहुन्छ।
हामी आखिरी दिनहरूको ख्रीष्टलाई नजिकबाट पछ्याउँछौँ र सत्यता अनि जीवन पछ्याउँछौँ।
हामीलाई मुक्ति दिनुभएकोमा सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद।
हामी थुमालाई पछ्याउँछौँ र नयाँ गीतहरू गाउँछौँ।
२
परमेश्वरले हाम्रा लागि भोज तयार गर्नुभएको छ; राज्य जीवन कति रमाइलो छ!
हामी परमेश्वरको न्याय र सजाय स्विकार्छौँ; हामीलाई जाँचिएको र शोधन गरिएको छ।
हाम्रा भ्रष्ट स्वभावहरू पखालिन्छन्, र हामी नयाँ मानव रूपमा जिउँछौँ।
यी परमेश्वरका आशिष् र अनुग्रहरू हुन्, र हामीभन्दा आशिषित को हुन सक्थ्यो र?
परमेश्वरका वचनहरूको खुलासा र न्यायले उहाँको धर्मी स्वभाव प्रकट गर्छन्।
परमेश्वरका वचनहरूले हाम्रो भ्रष्टता पखाल्छन्, र हामीले उहाँको महान् मुक्ति प्राप्त गर्छौँ।
परमेश्वरद्वारा शैतानलाई परास्त गरिएको कुरालाई प्रशंसा गर्दै, हामी नाच्छौँ, गाउँछौँ र उहाँको प्रशंसा गर्छौँ।
सर्वशक्तिमान् परमेश्वरले पूरै महिमा प्राप्त गर्नुभएको छ र हामी सदा उहाँको प्रशंसा गर्छौँ!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू