Christian Dance | हामी थुमालाई पछ्याउँछौँ र नयाँ गीतहरू गाउँछौँ | Praise Song

7 सेप्टेम्बर 2024

हामी सिंहासनसामु उठाइका छौँ र राज्य भोजमा सहभागी हुन्छौँ।

हामी सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू खान्छौँ र पिउँछौँ

अनि धेरै सत्यताहरू बुझ्छौँ।

दिन प्रतिदिन हामीले राज्यको तालिम प्राप्त गर्छौँ र त्यसैले हाम्रो जीवन बढ्छ।

परमेश्‍वरका वचनहरू समृद्ध र प्रशस्त छन्,

सिंहासनबाट आएको जीवित पानीले हामीलाई पोषण दिन्छ।

हामी देहधारी परमेश्‍वरको रेखदेख स्विकार्छौँ,

र परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ताको कदर गर्छौँ।

परमेश्‍वरले हामीलाई अन्धकारको प्रभावबाट मुक्ति दिनुहुन्छ,

हामीलाई उहाँसामु जिउने तुल्याउनुहुन्छ।

हामी आखिरी दिनहरूको ख्रीष्टलाई नजिकबाट पछ्याउँछौँ र सत्यता अनि जीवन पछ्याउँछौँ।

हामीलाई मुक्ति दिनुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद।

हामी थुमालाई पछ्याउँछौँ र नयाँ गीतहरू गाउँछौँ।

परमेश्‍वरले हाम्रा लागि भोज तयार गर्नुभएको छ; राज्य जीवन कति रमाइलो छ!

हामी परमेश्‍वरको न्याय र सजाय स्विकार्छौँ; हामीलाई जाँचिएको र शोधन गरिएको छ।

हाम्रा भ्रष्ट स्वभावहरू पखालिन्छन्, र हामी नयाँ मानव रूपमा जिउँछौँ।

यी परमेश्‍वरका आशिष् र अनुग्रहरू हुन्, र हामीभन्दा आशिषित को हुन सक्थ्यो र?

परमेश्‍वरका वचनहरूको खुलासा र न्यायले उहाँको धर्मी स्वभाव प्रकट गर्छन्।

परमेश्‍वरका वचनहरूले हाम्रो भ्रष्टता पखाल्छन्, र हामीले उहाँको महान् मुक्ति प्राप्त गर्छौँ।

परमेश्‍वरद्वारा शैतानलाई परास्त गरिएको कुरालाई प्रशंसा गर्दै, हामी नाच्छौँ, गाउँछौँ र उहाँको प्रशंसा गर्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरले पूरै महिमा प्राप्त गर्नुभएको छ र हामी सदा उहाँको प्रशंसा गर्छौँ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्