Christian Dance | ज्योतिका मार्गमा ख्रीष्टलाई पछ्याउँदै | Praise Song
13 फेब्रुअरी 2025
१
हाम्रो पुस्ता साँच्चै आशिषित छ,
किनकि हामीले आखिरी दिनहरूको ख्रीष्टलाई स्वागत गरेका छौँ।
हर-दिन परमेश्वरका वचनहरू खाँदा र पिउँदा,
हामी सत्यता बुझ्न पुगेका छौँ र हामीले सुझबुझ प्राप्त गरेका छौँ।
हामी संसारका दुष्ट प्रचलनहरूबाट अलग बस्छौँ,
र अब उप्रान्त भ्रामक सपनाहरू पछि दौडँदैनौँ।
हामी अब उप्रान्त शैतानका दर्शनहरूले विषाक्त पारिएका छैनौँ,
र हाम्रो रित्तोपन अनि पीडाका भावनाहरू बिस्तारै बिलाएका छन्।
परमेश्वरका वचनहरूको हरेक पङ्क्ति सत्यता हो,
र हामी जति बढी ती पढ्छौँ, हाम्रो हृदय त्यति उज्यालो बन्छ।
परमेश्वरका घरमा हामी आफ्ना कर्तव्य पूरा गर्छौँ र जीवनमा साँचो दिशा भेट्टाउँछौँ।
हामीलाई आपूर्ति र मार्गदर्शन गर्न परमेश्वरका वचन हुँदा,
हामी परमेश्वरसामु जिउन अत्यन्तै खुसी छौँ!
हामी सबैभन्दा सुन्दर गीतहरू सर्वशक्तिमान् परमेश्वरलाई अर्पण गर्छौँ,
अनन्तकाल उहाँको प्रशंसा गर्छौँ।
२
ख्रीष्ट व्यक्तिगत रूपमा हाम्रो गोठालो हुनुहुँदा, हाम्रो जीवन बिस्तारै बढ्दै जान्छ।
परमेश्वरका वचनहरूको न्याय र सजायले हाम्रा भ्रष्ट स्वभावहरू पखाल्छ।
हामीले शोधनहरूमार्फत कष्ट भोगे पनि,
हाम्रो स्वभाव परिवर्तन भएको छ र हाम्रो हृदय मिठासले भरिएको छ।
हामी छलिपन, झुटोपन, र ढोँग फाल्छौँ,
र हामी उप्रान्त स्वार्थी, अहङ्कारी, वा स्वेच्छाचारी छैनौँ।
हामी आफ्नो हृदयमा परमेश्वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुन सक्षम छौँ,
र अन्ततः हामी अलिकति मानव रूपमा जिउँछौँ।
हामी पखालिएका र परिवर्तित भएका छौँ,
र यो सबै परमेश्वरको अनुग्रह हो।
हामीलाई शैतानको प्रभावबाट मुक्ति दिनुहुने सर्वशक्तिमान् परमेश्वर नै हुनुहुन्छ।
हामी सबैभन्दा सुन्दर गीतहरू सर्वशक्तिमान् परमेश्वरलाई अर्पण गर्छौँ,
अनन्तकाल उहाँको प्रशंसा गर्छौँ।
३
हाम्रो हर कदममा परमेश्वरको वचनले हामीलाई मार्गदर्शन गर्छ,
हामीलाई हुर्किन सक्षम बनाउँछ।
हामी परमेश्वरका वचनहरू अभ्यास गर्छौँ, परमेश्वरमा समर्पित हुन्छौँ,
र परमेश्वरका प्रिय इमानदार मानिसहरू बन्छौँ।
मैले परमेश्वरको प्रेम धेरै नै चाखेको छु,
र मेरो हृदयमा, मैले उहाँप्रति अझै ठूलो प्रेम र लगाव महसुस गरेको छु।
म सत्यता पछ्याउन र प्राप्त गर्न,
आफ्नो कर्तव्य पूरा गर्न, र परमेश्वरको प्रेम तिर्न सङ्कल्परत छु।
आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याउनु हाम्रो ठूलो सौभाग्य हो,
र जीवनको अगाडिको मार्ग झन्-झन् उज्यालो हुँदै जान्छ।
हामी एउटै हृदय र मनको भएर समन्वयमा सेवा गर्छौँ,
र आफ्नो सम्पूर्ण सत्व राज्यको सुसमाचारलाई अर्पण गर्छौँ।
अगाडिको बाटो कठिन र उबडखाबड भए पनि,
परमेश्वरका वचनहरू पढ्दा हामी आस्था पाउँछौँ।
खतराहरू वा सङ्कष्टहरू चाहे जति ठुला भए पनि,
हामीले परमेश्वरका आज्ञा पूरा गर्नेछौँ र अन्त्यसम्मै बफादार रहनेछौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू