Christian Dance | ज्योतिका मार्गमा ख्रीष्टलाई पछ्याउँदै | Praise Song

13 फेब्रुअरी 2025

हाम्रो पुस्ता साँच्चै आशिषित छ,

किनकि हामीले आखिरी दिनहरूको ख्रीष्टलाई स्वागत गरेका छौँ।

हर-दिन परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा,

हामी सत्यता बुझ्न पुगेका छौँ र हामीले सुझबुझ प्राप्त गरेका छौँ।

हामी संसारका दुष्ट प्रचलनहरूबाट अलग बस्छौँ,

र अब उप्रान्त भ्रामक सपनाहरू पछि दौडँदैनौँ।

हामी अब उप्रान्त शैतानका दर्शनहरूले विषाक्त पारिएका छैनौँ,

र हाम्रो रित्तोपन अनि पीडाका भावनाहरू बिस्तारै बिलाएका छन्।

परमेश्‍वरका वचनहरूको हरेक पङ्क्ति सत्यता हो,

र हामी जति बढी ती पढ्छौँ, हाम्रो हृदय त्यति उज्यालो बन्छ।

परमेश्‍वरका घरमा हामी आफ्ना कर्तव्य पूरा गर्छौँ र जीवनमा साँचो दिशा भेट्टाउँछौँ।

हामीलाई आपूर्ति र मार्गदर्शन गर्न परमेश्‍वरका वचन हुँदा,

हामी परमेश्‍वरसामु जिउन अत्यन्तै खुसी छौँ!

हामी सबैभन्दा सुन्दर गीतहरू सर्वशक्तिमान् परमेश्‍वरलाई अर्पण गर्छौँ,

अनन्तकाल उहाँको प्रशंसा गर्छौँ।

ख्रीष्ट व्यक्तिगत रूपमा हाम्रो गोठालो हुनुहुँदा, हाम्रो जीवन बिस्तारै बढ्दै जान्छ।

परमेश्‍वरका वचनहरूको न्याय र सजायले हाम्रा भ्रष्ट स्वभावहरू पखाल्छ।

हामीले शोधनहरूमार्फत कष्ट भोगे पनि,

हाम्रो स्वभाव परिवर्तन भएको छ र हाम्रो हृदय मिठासले भरिएको छ।

हामी छलिपन, झुटोपन, र ढोँग फाल्छौँ,

र हामी उप्रान्त स्वार्थी, अहङ्कारी, वा स्वेच्छाचारी छैनौँ।

हामी आफ्नो हृदयमा परमेश्‍वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुन सक्षम छौँ,

र अन्ततः हामी अलिकति मानव रूपमा जिउँछौँ।

हामी पखालिएका र परिवर्तित भएका छौँ,

र यो सबै परमेश्‍वरको अनुग्रह हो।

हामीलाई शैतानको प्रभावबाट मुक्ति दिनुहुने सर्वशक्तिमान् परमेश्‍वर नै हुनुहुन्छ।

हामी सबैभन्दा सुन्दर गीतहरू सर्वशक्तिमान् परमेश्‍वरलाई अर्पण गर्छौँ,

अनन्तकाल उहाँको प्रशंसा गर्छौँ।

हाम्रो हर कदममा परमेश्‍वरको वचनले हामीलाई मार्गदर्शन गर्छ,

हामीलाई हुर्किन सक्षम बनाउँछ।

हामी परमेश्‍वरका वचनहरू अभ्यास गर्छौँ, परमेश्‍वरमा समर्पित हुन्छौँ,

र परमेश्‍वरका प्रिय इमानदार मानिसहरू बन्छौँ।

मैले परमेश्‍वरको प्रेम धेरै नै चाखेको छु,

र मेरो हृदयमा, मैले उहाँप्रति अझै ठूलो प्रेम र लगाव महसुस गरेको छु।

म सत्यता पछ्याउन र प्राप्त गर्न,

आफ्नो कर्तव्य पूरा गर्न, र परमेश्‍वरको प्रेम तिर्न सङ्कल्परत छु।

आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याउनु हाम्रो ठूलो सौभाग्य हो,

र जीवनको अगाडिको मार्ग झन्-झन् उज्यालो हुँदै जान्छ।

हामी एउटै हृदय र मनको भएर समन्वयमा सेवा गर्छौँ,

र आफ्नो सम्पूर्ण सत्व राज्यको सुसमाचारलाई अर्पण गर्छौँ।

अगाडिको बाटो कठिन र उबडखाबड भए पनि,

परमेश्‍वरका वचनहरू पढ्दा हामी आस्था पाउँछौँ।

खतराहरू वा सङ्कष्टहरू चाहे जति ठुला भए पनि,

हामीले परमेश्‍वरका आज्ञा पूरा गर्नेछौँ र अन्त्यसम्मै बफादार रहनेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्