Nepali Christian Movie | स्वर्ग के राज्य का भोज | A Catholic Priest's Testimony

1 सेप्टेम्बर 2023

चेन मिङ्दे क्याथोलिक पादरी हुन्। उनले क्याथोलिक चर्च दिनदिनै उजाड र अन्धकार बन्दै गएको, अनि बिशपहरू र अन्य पादरीहरूले थ्री-सेल्फ चर्चमा आबद्ध भएर सरकारसँग सम्झौता गरेको देख्छन्। यसले गर्दा उनी साह्रै दुःखी र निराश हुन्छन्। उनले पवित्र आत्माको काम भएको मण्डली चारैतिर खोज्ने क्रममा, अप्रत्याशित रूपले सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचारबारे सुन्छन्। सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचन पढेपछि, उनले यो परमेश्‍वरको आवाज हो, र सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर थाहा पाउँछन् र खुसीसाथ उहाँलाई स्विकार्छन्। तर चेङ मिङ्देको अपेक्षाविपरीत, बिशप र अन्य पादरीहरूले यो कुरा थाहा पाएपछि, उनको निन्दा गर्न र उनलाई सर्वशक्तिमान् परमेश्‍वरलाई स्विकार्न नदिन सक्दो प्रयास गर्छन्। तिनीहरूले उनलाई साँचो मार्गदेखि भगाउन बलजफ्ती प्रयास गर्दै उनले रेखदेख गर्ने मण्डलीमा मानिसहरू पठाएर तोडफोडसमेत गराउँछन्। चेन मिङ्देले बिशप र पादरीहरूको सत्यतालाई घृणा गर्ने, परमेश्‍वरविरोधी शैतानी रूप देख्छन्, र पादरीको पद त्याग्छन्, क्याथोलिक चर्च छोड्छन्, र सक्रिय भई परमेश्‍वरको राज्य सुसमाचार सुनाउँदै त्यसको गवाही दिन थाल्छन्। उनले धेरै मानिसहरूलाई सर्वशक्तिमान् परमेश्‍वरतर्फ फर्कन अगुवाइ गर्छन् र उनी आफैदेखि एकदमै दङ्ग हुन थाल्छन्, र ब्रदर-सिस्टरहरूको प्रशंसा पाउन आफूले कति धेरै काम गरेको छु र कति धेरै कष्ट सहेको छु भन्‍दै प्रायः आफ्नो प्रदर्शन गर्छन्। उनको अहङ्कारी स्वभाव झन्झनै बढ्दै जान्छ—उनी अभिमानी बन्दै अरूमाथि भाषण छाँट्छन्, आफै कानुन हुँ झैँ जसो गर्छन्, र कुनै पनि सुझाव सुन्दैनन्। परिणामस्वरूप, एउटा भेलामा उनी पक्राउ पर्छन्। कम्युनिस्ट पार्टीले क्रूर यातना दिएपछि र दिमाग सफाइ गर्न खोजेपछि, उनी आत्मचिन्तन गर्न थाल्छन्। उनले परमेश्‍वरका वचनहरूको प्रकाशमार्फत आफू अत्यन्तै अहङ्कारी र समझहीन रहेछु, आफूले अरूको हृदयमा स्थान खोजिरहेको रहेछु, र आफू ख्रीष्टविरोधी मार्गमा रहेछु भनेर बुझ्छन्। परमेश्‍वरको न्याय, सजाय र अनुशासन नपाएको भए, उनी निश्‍चय नै परमेश्‍वरको विरोध गरेर नाश हुनेथे भन्‍ने महसुस गर्छन्। चेन मिङ्देले परमेश्‍वरका वचनहरूको न्याय र धोइपखालीमार्फत केही सत्यता सिक्छन्, र आफ्नो भ्रष्ट स्वभावको केही शुद्धीकरण र रूपान्तरण हासिल गर्छन्। अनि, उनलाई आफूले धेरै कुरा प्राप्त गरेको र आफू स्वर्गको राज्यको भोजमा साँच्‍चै नै सहभागी भइरहेको महसुस हुन्छ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्