इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ३२: परमेश्‍वरमा विश्‍वास गरेको कारण सिसिपिद्वारा सात दिनसम्म यातना दिइएपछि मृत्युको मुखमा छोडिएको

26 अक्टोबर 2026

याङ छन कुनै समय एउटा घर मण्डलीका प्रचारक थिए। ५२ वर्षको उमेरमा, उनले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरे। त्यसबेलादेखि, उनले गम्भीरतापूर्वक सत्यता पछ्याए र सुसमाचार प्रचार गर्न विभिन्न ठाउँमा गए। सन् २००४ नोभेम्बर १४ मा, याङ छन र अन्य केही इसाईलाई सुसमाचारको कामबारे छलफल गरिरहेको बेला प्रहरीहरूले पक्राउ गरे। प्रहरीहरूले उनलाई मण्डलीको जानकारी र मण्डलीको भेटी राखिएको ठाउँ खुलाउन बाध्य पार्ने प्रयासमा उनलाई यातना दिए। तिनीहरूले करिब नौ घण्टासम्म एउटा फलामको पाता र २० किलोभन्दा बढीका फलामका साङ्लाहरूले उनका खुट्टाहरू थिचे, बियरका बोतलहरूले उनका गोलीगाँठाहरू र खुट्टाका माथिल्ला भागहरूमा पटक-पटक प्रहार गरे, र उनको टाउकोमा जोडले लात हाने। त्यसपछि, प्रहरीहरूले उनलाई मुक्का र लात हाने, अनि बन्दीहरूलाई पालैपालो उनलाई कुट्न आदेश दिए, जसले गर्दा उनी धेरै पटक बेहोस भए र मृत्युको मुखमा पुगे। एक महिनाभन्दा बढी हिरासतमा राखिएपछि, याङ छनको हिरासत केन्द्रमै मृत्यु भयो भने त्यसको जिम्मेवारी आफूले लिनुपर्ला भन्ने डरले, प्रहरीहरूसँग उनलाई रिहा गर्नुको विकल्प रहेन। उनी त्यहाँबाट निस्कनुअघि, प्रहरीहरूले उनलाई फेरि सुसमाचार प्रचार नगर्न चेतावनी दिए। नान्याङस्थित आफ्नो गृहनगर फर्केपछि, याङ छनलाई आफू फर्केको कुरा स्थानीय प्रहरीहरूले थाहा पाएर फेरि पक्राउ गर्लान् भन्ने डर लाग्यो, त्यसैले उनका चोटहरू अलिकति निको हुनेबित्तिकै उनी भाग्न बाध्य भए। त्यसपछिका २० वर्षभन्दा बढी समयदेखि उनी निरन्तर एक ठाउँबाट अर्को ठाउँमा सर्दै लुक्दै बसिरहेका छन्। यस समयमा, सिसिपिले उनको घरबार दर्ता पनि खारेज गरिदियो। त्यो क्रूर यातनाले उनमा गम्भीर र दीर्घकालीन असरहरू छोड्यो: उनलाई बारम्बार टाउको दुख्ने र रिङ्गटा लाग्ने हुन्छ; कम्मरको नसा च्यापिने गम्भीर समस्याले उनलाई निरन्तर पीडा दिइरहन्छ; उनका खुट्टा प्रायः चिसा हुन्छन्; र उनको दाहिने खुट्टाको गोलीगाँठोको हड्डी नराम्ररी विकृत भएको छ। उनका लागि हिँड्नु अत्यन्तै कष्टकर हुन्छ, र केही पाइला चालेपछि नै उनले आराम गर्नुपर्छ। अहिले, याङ छन करिब ८० वर्षका भइसके, तर सिसिपि प्रहरीहरू उनलाई अझै पनि छोड्दैनन्। तिनीहरू बेलाबेला उनको घरमा खानतलासी गर्न जान्छन्, र मानिसहरूलाई उनको निगरानी गर्न पनि लगाएका छन्, अनि तिनीहरू उनलाई नपक्रेसम्म नरोकिने भन्छन्।

00:23 मुख्य अंशहरू

06:33 याङ छनलाई पक्राउ गरियो र सात दिनसम्म यातना दिएर सोधपुछ गरियो

21:40 याङ छनले हिरासत केन्द्रमा थप दुर्व्यवहार भोग्छन्

55:13 अन्तिम टिप्पणीहरू & उत्पीडकहरूबारे जानकारी

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्