भाग ३१: सिसिपिले यातना दिएर गरेको सोधपुछबाट एक महिला इसाईको झन्डै मृत्यु
24 अक्टोबर 2026
इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ३१: सिसिपिले यातना दिएर गरेको सोधपुछबाट एक महिला इसाईको झन्डै मृत्यु
आजको भागमा, हामी लिन हुईको कथा प्रस्तुत गर्दैछौँ, उनी सिचुआन प्रान्तको मियानयाङ सहरकी इसाई हुन्, जसलाई सिसिपि प्रहरीले पक्राउ गरेको थियो, र यातना दिएर गरिएको सोधपुछका कारण उनी झन्डै मरेकी थिइन्। अगस्ट २६, २००८ मा, लिन हुई ट्याक्सीमा गइरहेको बेला प्रहरीहरूले उनलाई पक्राउ गरे र त्यसपछि सोधपुछ गर्ने गोप्य स्थानमा लगे। प्रहरीहरूले उनलाई मण्डलीको जानकारीबारे बारम्बार सोधपुछ गरे र जमेको पानीको बोतलले उनको टाउकोमा हिर्काए। … अगस्ट २८ को मध्याह्नमा, प्रहरीहरूले लिन हुईलाई सोधपुछका लागि अपराध अनुसन्धान ब्रिगेडमा लगे। त्यहाँ, उनीहरूले मण्डलीको भेटी कहाँ छ भनेर खुलाउन उनलाई निरन्तर दबाब दिए, र यातना दिएर सोधपुछ गरे। लिन हुईका हातहरू पछाडि फर्काएर हतकडी लगाइएको थियो, र तीन जना प्रहरीले उनलाई मुड्की र लात्तीले हिर्काइरहेका थिए। उनीहरूमध्ये प्रहरी तालिम केन्द्रमा चार वर्षसम्म मार्सल आर्ट सिकेको एक जनाले, उनको काँधको देब्रे भागमा लगातार ३० भन्दा बढी मुड्की प्रहार गर्यो। राष्ट्रिय सुरक्षा ब्रिगेडको क्याप्टेनले पनि उनको टाउको र अनुहारमा जोडजोडले थप्पड हानिरह्यो र उनको टाउकोमा बेस्सरी मुड्कीले हिर्काइरह्यो। यो सबै भइरहँदा, लिन हुईलाई बारम्बार ढालिन्थ्यो, अनि हरेक पटक क्याप्टेनले उनको खुट्टामा बेस्सरी लात्तीले हान्दै उनलाई फेरी उठ्न बाध्य पार्थ्यो। पछि, क्याप्टेनले उनको देब्रे स्तनमै जोडले मुड्की हान्यो। उनी फेरि भुइँमा ढलिन्, र पीडाले उनको पूरै शरीर कामिरहेको थियो … यो यातनापछि, लिन हुईको अनुहार सुन्निएको र नीलडामले भरिएको थियो, उनको देब्रे स्तन गाढा बैजनी रङको भएको थियो, र उनका खुट्टाहरूमा धेरै ठाउँमा नीलडामहरू थिए। उनको बङ्गाराको जोर्नीमा गम्भीर चोट लागेको थियो, उनको देब्रे हँसुलीको हड्डी भाँचिएको थियो, र काँधको देब्रे भाग फुस्किएको थियो। उनको देब्रेपट्टि अगाडिका करङ चार ठाउँमा मसिनो गरी चर्किएका थिए र कम्तीमा दुईवटा ढाडका हड्डी सरेका थिए। लिन हुई कुनै बेला गम्भीर अवस्थामा थिइन्, तर पछि चमत्कारिक रूपमा बाँचिन्। जनवरी ९, २००९ मा, लिन हुईलाई डेढ वर्षको श्रममार्फत पुनर्शिक्षाको सजाय सुनाइयो। आफ्नो सजायको अवधि पूरा गरेर रिहा भएपछि पनि, लिन हुईले यातनाका दीर्घकालीन असरहरूबाट दुःख पाइरहिन्, जसको उपचार गर्न गाह्रो भयो।
00:23 मुख्य अंशहरू
05:22 लिन हुईलाई गिरफ्तार गरिन्छ, यातना दिएर केरकार गरिन्छ, र अपमान गरिन्छ
16:58 सोधपुछको क्रममा लिन हुईलाई क्रूर यातना दिइन्छ
37:20 लिन हुई गम्भीर अवस्थामा
54:13 अन्तिम टिप्पणीहरू & उत्पीडकहरूबारे जानकारी
अन्य प्रकारका भिडियोहरू