इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ३०: इसाई दम्पतीमाथि सिसिपिको क्रूर सतावट
24 अक्टोबर 2026
यस अङ्कमा, हामी हेइलोङजियाङ प्रान्तको दाछिङ सहरका एक इसाई दम्पती—लु शी र वन यिङको कथा—अनि उनीहरूले सिसिपिबाट भोगेको निरन्तरको सतावटको अनुभव प्रस्तुत गर्नेछौँ। सन् २००२ मा, वन यिङलाई एउटा भेलाबाट पक्राउ गरिएको थियो। उनलाई मण्डलीको जानकारी खुलाउन बाध्य पार्ने प्रयासमा, प्रहरीहरूले उनलाई क्रूर यातना दिए। तिनीहरूले प्रहरीको लाठीले उनको कम्मर, नितम्ब र दाहिने खुट्टाको माथिल्लो भागमा जोडले बजारे, अनि कपाल लुछ्दै उनको टाउको भित्तामा ठोक्काइदिए। जनसुरक्षा ब्युरोका एक जना उपनिर्देशकले वन यिङलाई धेरै पटक बेस्सरी कुट्यो, र उनीमाथि यौन दुर्व्यवहार समेत गर्यो, उनका स्तनहरू समात्यो र आफ्नो गुप्ताङ्ग उनको नितम्बमा दल्यो। त्यति मात्र होइन, प्रहरीहरूले वन यिङलाई फलामको खोरमा झुन्ड्याए, उनका दुवै कान्छी औँला र कानमा तामाको तार बेरे, अनि लामो समयसम्म बारम्बार बिजुलीको झट्का दिए। वन यिङलाई यातना दिएर मृत्युको मुखमा पुर्याइयो। त्यसपछि, प्रहरीहरूले उनलाई रिहा गर्नुअघि एक महिनासम्म प्रशासनिक हिरासत केन्द्रमा थुनेर राखे। यातनाले गर्दा वन यिङलाई लम्बर डिस्क हर्निएसन र अन्य स्वास्थ्य समस्याहरू भए। टाउकोमा दिइएको बिजुलीको झट्काको पनि दीर्घकालीन असर पर्यो; उनलाई बारम्बार दिमाग शून्य भएको महसुस हुन्छ, र उनको स्मरणशक्ति निकै घटेको छ। बिजुलीको झट्काले गर्दा उनी प्रायजसो आफ्ना औँलाहरू सिधा गर्न सक्दिनन्। रिहा भएपछि, प्रहरीको हैरानी खप्न नसकेर वन यिङ भाग्न बाध्य भइन्। उनले सुसमाचार प्रचार गर्ने काम जारी राखिन्, तर फेरि प्रहरीको निशाना र खेदोमा परिन्। उनका श्रीमान् लु शीलाई पनि परमेश्वरमाथिको विश्वासका कारण एउटा दुर्जन व्यक्तिले उजुरी गरिदिएको थियो र प्रहरीले लामो समयदेखि उनको पिछा गरिरहेको थियो। गिरफ्तारीबाट बच्न, ती दम्पती निरन्तर बसाइँ सर्दै, ठाउँ-ठाउँमा लुक्दै हिँडे। सन् २०२३ को अगस्ट २१ मा, प्रहरीहरू जबरजस्ती वन यिङ र लु शीको निवासमा घुसे र उनीहरू दुवैलाई पक्राउ गरे। सन् २०२४ को सेप्टेम्बरमा, लु शी र वन यिङ दुवैलाई १५ महिनाको जेल सजाय सुनाइयो, अनि जनही ६,००० युआन जरिवाना तिराइयो। … कृपया यो भाग हेर्नुहोस्।
00:22 मुख्य अंशहरू
05:15 वन यिङको पहिलो गिरफ्तारी र यातनापूर्ण सोधपुछ
30:35 लु शी र वन यिङको भाग्दै जिउनुको अनुभव
35:18 लु शी र वन यिङलाई एकैसाथ पक्राउ गरियो र जेल सजाय सुनाइयो
47:41 अन्तिम टिप्पणीहरू & उत्पीडकहरूबारे जानकारी
अन्य प्रकारका भिडियोहरू