इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २९: सिसिपिले तीन जना महिला इसाईहरूलाई सोधपुछका क्रममा यातना दियो र मनपरी अपमान गऱ्यो

6 अक्टोबर 2026

इसाईहरूलाई परमेश्‍वरमाथिको उनीहरूको आस्था त्याग्न र मण्डलीको जानकारी सुम्पिन बाध्य पार्न, सिसिपि प्रहरीहरू उनीहरूलाई यातना दिन सबै प्रकारका रक्तपातपूर्ण, क्रूर, घृणित र दुष्ट तरिकाहरू प्रयोग गर्छन्, र उनीहरूलाई यौन दुर्व्यवहारसमेत गर्छन्। सन् २०२४ फेब्रुअरी २५ मा, जियाङ्सु प्रान्त, स्युझोउकी इसाई ली लीलाई काम गरिरहेको बेला चार जना सादा पोसाकका प्रहरीहरूले अचानक पक्राउ गरे र जबरजस्ती प्रहरी चौकी लगे। त्यसपछि ली लीलाई सोधपुछका लागि एउटा गोप्य स्थानमा लगियो, जहाँ प्रहरीहरूले उनलाई बारम्बार कुटपिट गरे र अपमानित गर्न लुगा फुकाल्न बाध्य पारे अनि उनको इच्छाविपरीत उनको नितम्बको तस्बिर खिचे। त्यही वर्षको सेप्टेम्बर २८ मा, स्युझोउकी अर्की इसाई, शेन लुलाई एउटा भेलाको दौरान पक्राउ गरियो। प्रहरीहरूले १७ वर्षकी मात्र रहेकी शेन लुलाई सोधपुछको दौरान यातना मात्र दिएनन्, बरु उनलाई रक्सी पिउन र लुगा फुकाल्न पनि बाध्य पारे, उनको भित्री वस्त्र मात्र लगाएको तस्बिर र रक्सीले मातेर नियन्त्रण गुमाएको भिडियोहरू खिचे अनि उनलाई अपमानित गर्न ती कुराहरू प्रहरीको वीच्याट समूहमा पोस्ट गरे। सन् २०२३ जुलाई ११ मा, शान्दोङ प्रान्त, देझोउकी लिउ युटिङलाई प्रहरीहरूले उनको घरबाटै पक्राउ गरे। सोधपुछको क्रममा, लिउ युटिङलाई प्रहरीहरूले कुटपिट गरे, जबरजस्ती टाँग फाट्न लगाए, लामो समयसम्म सोधपुछ गर्ने फलामे कुर्सीमा हतकडी लगाएर राखे र विद्युतीय लाठीले उनको स्तनको मुन्टो र गुप्ताङ्गमा पटक-पटक विद्युतीय झट्का दिए। लिउ युटिङले निरन्तर रूपमा “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न अस्वीकार गरेकीले, उनलाई अन्ततः एक वर्ष तीन महिनाको जेल सजाय भयो र आफ्नो सजाय काट्दै गर्दा, उनलाई सार्वजनिक पदबाट बर्खास्त गरियो र उनका शिक्षण प्रमाणपत्रहरू खोसिए। आफ्नो सजाय पूरा गरेपछि जनवरी ४, २०२५ मा रिहा भएदेखि, उनी निरन्तर प्रहरीको निगरानी र उत्पीडनमा परिरहेकी छिन्।

00:22 मुख्य अंशहरू

04:02 ली ली काम गरिरहेको बेला अचानक प्रहरीद्वारा गिरफ्तार भइन् अनि यातना र यौन अपमानको सिकार भइन्

28:41 केवल १७ वर्षकी शेन लुलाई परमेश्‍वरलाई धोका दिन बाध्य पार्न, प्रहरीहरूले उनलाई यातना दिए र अपमानित गर्न उनको तस्बिर खिचे

40:17 पक्राउ परेपछि, शिक्षिका लिउ युटिङलाई सोधपुछका दौरान यातना दिइयो र प्रहरीद्वारा यौन दुर्व्यवहार गरियो

53:17 अन्तिम टिप्पणीहरू & उत्पीडकहरूबारे जानकारी

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्