इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २७: क्रूर यातना सहेपछि, रिहाइपश्चात् पनि एक इसाईको सिसिपिद्वारा निरन्तर खेदो
22 सेप्टेम्बर 2026
सिसिपिले धार्मिक विश्वासलाई उन्मत्त रूपमा दमन गर्छ, अनि यसले इसाईहरूलाई गर्ने गिरफ्तारी र सतावट अमानवीय र गैरकानुनी छन्। यो सर्वमान्य तथ्य हो। चीनमा, अत्यधिक धेरै इसाई सिसिपिद्वारा पक्राउ गरिएका र सताइएका छन्। यस अङ्कमा मुख्यतया यस्तै एउटा घटनाको रिपोर्ट गरिनेछ। सन् २०१८ को जुन २९ मा, प्रहरीहरू झाङ सुको घरमा जबरजस्ती घुसे, र उनलाई अनि अन्य दुई जना इसाईलाई जबरजस्ती पक्राउ गरे। परमेश्वरमाथिको आफ्नो आस्थामा अडिग रहेका कारण, सन् २०२० मा झाङ सुलाई साढे तीन वर्षको जेल सजाय सुनाइयो। हिरासत केन्द्र र जेलमा, गार्डहरूले उनलाई मण्डलीको जानकारी खुलाउन र परमेश्वरलाई विश्वासघात गर्न बाध्य पार्ने प्रयासमा बन्दीहरूलाई सबै प्रकारका नीच तरिकाहरू प्रयोग गरेर उनलाई यातना दिन आदेश दिए। एक जना जेल गार्डले उनको अनुहारमै सिधै पेपर स्प्रे छर्किदियो र आफ्ना औँलाहरू उनको अण्डकोषमा गाड्ने अमानवीय यातना दियो, उनको गुप्ताङ्गलाई बलपूर्वक चिमोट्दै र तान्दै, उनलाई असह्य, पीडादायी कष्ट दियो … साढे तीन वर्षको यो यातनाले झाङ सुको मन र शरीरमा गम्भीर असर पर्यो,जसले गर्दा उनलाई धेरै किसिमका स्वास्थ्य समस्याहरू देखा परे। उनलाई बारम्बार दिमाग शून्य हुने र पेट दुख्ने समस्या हुन्छ, अनि उनको स्मरणशक्ति पनि निकै कमजोर भएको छ। सन् २०२१ को डिसेम्बरमा, जेलबाट रिहा भएपछि, झाङ सुलाई मस्तिष्कस्राव, पिसाब लागिरहने गम्भीर समस्या, र हर्निया जस्ता दीर्घकालीन जटिलताहरूले सताउन थाले। उनले आफ्नो सजाय पूरा गरेर रिहा भइसकेका भए पनि, प्रहरीहरूले उनलाई निरन्तर निगरानी गर्ने, दुःख दिने, र पिछा गर्ने गरिरहे। उनी आफ्नो घर छोडेर भाग्न बाध्य भए, र आजसम्म पनि उनी यताउता लुक्दै र एक ठाउँबाट अर्को ठाउँमा सर्दै भागिरहेका छन्। अब, सन् २०१८ देखि हालसम्म झाङ सुले भोगेका सतावटहरूबारे उनकै वृत्तान्त सुनौँ।
00:22 मुख्य अंशहरू
03:50 झाङ सु प्रहरीद्वारा पक्राउ गरिन्छन्, हिरासत केन्द्रमा सबै प्रकारका यातना भोग्छन्
24:40 झाङ सुलाई खुला सुनुवाइमा साढे ३ वर्षको जेल सजाय सुनाइन्छ
27:08 झाङ सुले जेलमा निरन्तर सतावट भोग्छन्
34:19 सजाय पूरा गरेपछि पनि सिसिपिद्वारा झाङ सुलाई निरन्तर दुःख दिइन्छ र खेदो गरिन्छ
43:03 अन्तिम टिप्पणीहरू
46:25 उत्पीडकहरूबारे जानकारी
अन्य प्रकारका भिडियोहरू