इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २६: सिसिपिदेखि भाग्दै एक इसाईको २६ वर्षे फरार जीवन
12 सेप्टेम्बर 2026
सु मिङ कुनै समय एउटा घर मण्डलीका प्रचारक थिए। सन् १९९८ को शरद ऋतुमा, उनले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरे र सुसमाचार प्रचार गर्न थाले। सन् १९९९ को डिसेम्बर २३ मा, सुसमाचार प्रचार गरेको भन्दै सु मिङविरुद्ध उजुरी गरियो र सिसिपि प्रहरीले उनलाई पक्राउ गर्यो। मण्डलीको जानकारी दिन र आफ्नो आस्था त्याग्न बाध्य पार्ने प्रयासमा, प्रहरीले उनलाई नराम्ररी कुटपिट गर्यो र यातना दियो, र कैदीहरूलाई उनीमाथि ४० दिनसम्म दुर्व्यवहार गर्न र उनलाई सताउन आदेश दियो। उनको देब्रे पिँडुलामा गम्भीर चोट लाग्यो। त्यसपछि, सु मिङलाई स्थानीय बजारको मञ्चमा लगेर उभ्याइयो, जहाँ उनको निन्दा गरियो, उनलाई प्रदर्शनीमा राखियो, र अपमानित गरियो, अनि उनलाई तीन वर्षको श्रम शिविरको सजाय सुनाइएको घोषणा गरियो। सन् २००० को मेमा, सु मिङ श्रम शिविरबाट भागे, र त्यहीँबाट उनको फरार जीवन सुरु भयो, जुन अहिलेसम्म २६ वर्षदेखि चलिरहेको छ। सन् २०२५ को जुनमा, उनले जोखिम मोलेर घर फर्कने निर्णय गरे। त्यसको केही समयपछि नै, प्रहरीहरू घरको खानतलासी गर्न र उनी कहाँ छन् भनी सोधपुछ गर्न आइपुगे, जसले गर्दा उनी त्यही रात फेरि भाग्न बाध्य भए। आज पनि, सु मिङ घर फर्कने आँट गर्दैनन्। यस भागमा सु मिङले भोगेको सतावट र २६ वर्षको फरार जीवनले उनलाई र उनको परिवारलाई पारेको प्रभावबारे बताइएको छ।
00:24 मुख्य अंशहरू
05:13 प्रहरीहरू सु मिङको घरभित्र घुस्छन् र उनलाई पक्राउ गर्छन्
10:22 हिरासत केन्द्रमा यातना दिएर सु मिङलाई सोधपुछ गरिन्छ, कैदीहरूद्वारा कुटपिट गरिन्छ, र उनलाई एउटा सङ्घर्ष सत्रमा सामेल हुन समेत बाध्य पारिन्छ
22:54 सु मिङ श्रम शिविरबाट भाग्छन्, प्रहरीको पिछाबाट बच्न फरार हुन्छन्
50:56 सञ्चालिकाका अन्तिम टिप्पणीहरू
54:11 उत्पीडकहरूबारे जानकारी
अन्य प्रकारका भिडियोहरू