इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २५: सिसिपिद्वारा चार वृद्ध इसाईमाथि क्रूर सतावट
3 सेप्टेम्बर 2026
यस भागमा, हामी सिसिपिद्वारा चार जना वृद्ध इसाईमाथि गरिएको सतावटबारे रिपोर्ट गर्नेछौँ: ली साउशिन र निङ पिङ झेजियाङ प्रान्तको हाङ्जाओका इसाईहरू हुन्। त्यतिबेला क्रमशः ७७ र ६९ वर्ष पुगेका यी दम्पतीलाई सन् २०१८ नोभेम्बर २३ मा मण्डलीको पैसाको रेखदेख गरेको कारण प्रहरीले पक्राउ गरेको थियो। पछि, ली साउशिनलाई एक वर्षको जेल सजाय सुनाइयो, र निङ पिङलाई एक वर्ष दुई महिनाको सजाय सुनाइयो। हिरासतको समयमा, प्रहरीले बन्दीहरूलाई ली साउशिनमाथि लामो समयसम्म कुटपिट र दुर्व्यवहार गर्न आदेश दियो। यसले उहाँको प्रोस्टेटाइटिस क्रमिक रूपमा झन् बिग्रँदै गयो, र त्यसपछि उहाँमा मुटुमा रगतको प्रवाह कम हुने, मुटुको धड्कन बढ्ने र अनिद्राजस्ता लक्षणहरू देखा पर्न थाले। पछि उहाँलाई एम्फाइसेमा पनि भयो। रिहा हुँदा, उहाँ अत्यन्तै कमजोर हुनुहुन्थ्यो। तर प्रहरीहरू उहाँहरूलाई दुःख दिन र तर्साउन बारम्बार उहाँहरूको घरमा आइरहन्थे। रोगको लामो सास्ती र मानसिक तनावले गर्दा ली साउशिनको अवस्था अझ बिग्रँदै गयो। फोक्सोको सङ्क्रमणले गर्दा निरन्तर आइरहेको उच्च ज्वरोलाई चिकित्सकीय उपचारले पनि कम गर्न नसकेपछि, सन् २०२४ सेप्टेम्बर २५ मा उहाँको दुःखद निधन भयो। आजको दिनसम्म पनि, प्रहरी निङ पिङको तस्बिर खिच्न र उहाँलाई दुःख दिन बारम्बार उहाँको घरमा आइरहन्छ। उहाँले कत्ति पनि शान्ति पाउनुभएको छैन। शान्दोङ प्रान्तको हेजेका इसाई झेङ सुनलाई, मण्डलीका पुस्तकहरू ओसारपसार गरेको कारण सिसिपिले २२ वर्षसम्म खोजीसूचीमा राखेको थियो र खेदो गरेको थियो। सन् २०२४ मा, ७१ वर्षको उमेरमा, झेङ सुनलाई प्रहरीले पक्राउ गर्यो र उनलाई तीन वर्षको जेल सजाय सुनाइयो। सन् २०१९ मा, भेलाहरूका लागि ब्रदर-सिस्टरहरूको अतिथि सत्कार गरेको कारण झेजियाङ प्रान्तको पिङ्हुकी इसाई वाङ यिङलाई पक्राउ गरियो र छ महिनाको जेल सजाय सुनाइयो। त्यतिबेला उहाँलाई गम्भीर उच्च रक्तचाप भएको हुनाले उहाँको सजाय अस्थायी रूपमा स्थगन गरिएको थियो। सन् २०२४ मा, वाङ यिङ ७३ वर्ष पुगिसक्नुभएको भए पनि र सेरेब्रल इन्फार्क्सन अनि कोरोनरी मुटुरोगजस्ता गम्भीर रोगहरूबाट पीडित हुँदाहुँदै पनि, प्रहरीले उहाँलाई स्वास्थ्य परीक्षण गर्ने बहानामा झुक्याएर आफूसँगै लग्यो, र छ महिनाका लागि जेलमा हालिदियो। वाङ यिङ रिहा हुँदा, उहाँलाई यातना दिएर प्रलापको अवस्थामा पुर्याइएको थियो। उहाँ हिँड्न सक्नुहुन्नथ्यो र मुस्किलले मात्र जीवित हुनुहुन्थ्यो। कृपया यो भाग हेर्नुहोस्।
00:10 मुख्य अंशहरू
05:31 ली साउशिन र निङ पिङलाई सिसिपिद्वारा निरन्तर सताइन्छ; ली साउशिनलाई सताएर मारिन्छ
30:31 झेङ सुनलाई सिसिपिले २२ वर्षसम्म खोजीसूचीमा राख्छ र खेदो गर्छ, र वृद्धावस्थामा समेत पक्राउ गर्छ
38:04 धेरै गम्भीर रोगबाट पीडित वाङ यिङलाई प्रहरीले छक्याएर जेलमा हाल्छ; रिहा हुँदा मुस्किलले मात्र उनको सास बाँकी रहेको हुन्छ
53:42 अन्तिम टिप्पणीहरू
55:17 अपराधीहरूबारे जानकारी
अन्य प्रकारका भिडियोहरू