इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २२: १७ वर्षीय इसाईलाई कबुलनामा लिन चार दिनसम्म यातना दिइयो

8 अगस्ट 2026

इसाईहरूलाई गिरफ्तार गर्ने र सताउने काममा दुष्ट सीसीपी अत्यन्तै क्रूर छ। इसाईहरूलाई परमेश्‍वरप्रतिको विश्‍वास त्याग्न र मण्डलीको जानकारी चुहाउन बाध्य पार्नका लागि, सीसीपीले यातनाका विभिन्न तरिका प्रयोग गरेर तिनीहरूलाई क्रूरतापूर्वक सताउँछ। तिनीहरू पूर्ण रूपमा कानुनविहीन छन्। तिनीहरू इसाईहरूलाई कहिल्यै मानवका रूपमा व्यवहार गर्दैनन्, तिनीहरूलाई जथाभावी क्रूरतापूर्वक सताउँछन्, अनि कुटी-कुटी मार्छन् तर त्यसका लागि दण्ड भोग्दैनन्। चाहे असी-नब्बे वर्षका वृद्ध इसाईहरू होऊन् वा नाबालक किशोर इसाईहरू, तिनीहरू गिरफ्तारीमा कसैलाई पनि छोड्दैनन्। तिनीहरूका क्रूर कार्यहरू साँच्चै जघन्य छन्। हालै, हामीले बेइजिङको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका एक इसाई, ली हाओसँग अन्तर्वार्ता लियौं। उनले हामीलाई एउटा भेलाको दौरान आफू पक्राउ परेको अनि १७ वर्षको उमेरमा सीसीपी प्रहरीद्वारा क्रूरतापूर्वक सताइएको कुराबारे बताए। मण्डलीको जानकारी चुहाउन बाध्य पार्न, प्रहरीले कबुलनामा लिन उनलाई लगातार चार दिनसम्म यातना दियो। यसमा निर्मम कुटपिट, उम्लेको पानीले पोल्ने, आगोले उनका निप्पल र हत्केलाहरू जलाउने, अनि उनका औँलाहरू कुच्याउने कामहरू समावेश थिए। तिनीहरूले हतकडीको दाँतेदार किनारले उनको पोलिएको ढाडमा क्रूर रूपमा कोरे। तिनीहरूले उनका औँला र पाखुराहरूमा बिजुलीको तार बाँधे, उनलाई धेरै पटक करेन्ट लगाए, अनि जबरजस्ती उनको पाइन्ट खोलेर उनको गुप्ताङ्गमा करेन्ट लगाउने प्रयास गरे, तर ली हाओले उम्कनका लागि ज्यान फालेर सङ्घर्ष गरे। ली हाओ नीलडाम र चोटपटकले भरिएपछि र मर्नै आँटेको अवस्थामा पुगेपछि मात्र, प्रहरीले उनको परिवारलाई उनलाई पुर्पक्षका लागि धरौटीमा छुटाउन अनुमति दियो। उनी घर फर्केपछि पनि, प्रहरीले उनलाई घरमै आएर दुःख दिइरह्यो। तिनीहरूले उनको आउजाउमा प्रतिबन्ध मात्र लगाएनन्, उनले परमेश्‍वरमा विश्‍वास गरिरहेमा उनलाई फेरि पक्राउ गरिनेछ र कडा सजाय दिइनेछ भनी धम्की पनि दिए। यस भागमा, ली हाओको वृत्तान्तमार्फत, एक युवा इसाईले सीसीपीको नास्तिक अत्याचारअन्तर्गत कस्तो दुर्व्यवहार र सास्ती भोगे भन्नेबारे जानौँ।

00:20 मुख्य अंशहरू

04:20 ली हाओ भेलाको दौरान पक्राउ परे

09:26 ली हाओलाई कबुल गर्न लगाउन यातना दिइयो—नराम्ररी कुटपिट गरियो, उम्लिरहेको पानीले डामियो, उनका निप्पल र हत्केलाहरू पोलियो, औँलाहरू कुल्चियो, र विद्युतीय झट्का दिइयो

42:43 हिरासत गृहमा ली हाओ गम्भीर रूपमा बिरामी परे र उनलाई पुर्पक्षका लागि धरौटीमा रिहा गरियो

48:03 अन्तिम टिप्पणीहरू

53:44 अपराधीहरूबारे जानकारी

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्