इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २१: जेलको सास्तीयातना: कैदीहरूको “शत्रु” का रूपमा खडा गरियो
29 जुलाई 2026
इसाईहरूको उन्मत्त दमन र क्रूर सतावटमा सिसिपि पूर्ण रूपमा अमानवीय बन्छ, र यसले जस्तोसुकै हद पनि पार गर्छ। यसले सबैभन्दा घृणित, निर्लज्ज, र नीच कार्यहरू गर्न सक्छ। यो तथ्य सबैका लागि छर्लङ्ग छ। हालै, हामीले झेङ्झोउ, हेनानकी एक जना इसाई, वाङ सियाओयुसँग अन्तर्वार्ता लियौँ, जो आफ्नो जेल सजाय काटेर रिहा भएकी छिन्। उनले जेलभित्र आफूले भोगेका कुराहरू वर्णन गरिन्। उनले “तीन बयानको पत्र” (ग्यारेन्टी, पश्चात्ताप र त्यागको पत्र) मा हस्ताक्षर गर्न अस्वीकार गरिन्, अनि प्रहरीले उनलाई परमेश्वरको ईशनिन्दा गर्न बाध्य पार्न खोज्दा, उनले हार मान्नुको सट्टा हरेक प्रकारका यातना सहन रोजिन्। यसैकारण, जेलका गार्डहरूले उनलाई जेलका सबै जनाको शत्रुका रूपमा खडा गरे। सामूहिक सजायमार्फत, गार्डहरूले अन्य कैदीहरूको मनमा उनीप्रतिको घृणा भड्काए। उनीहरूले जानीजानी द्वन्द्वहरू सिर्जना गरे, अनि कैदीहरूलाई लामो समयसम्म हरेक प्रकारका नीच तरिकाहरू प्रयोग गरेर उनलाई यातना दिन उक्साए। कैदीहरूले उनको मुखमा भुइँ पुछ्ने टालो कोचे, जुत्ताको तलुवाले उनको अनुहारमा हिर्काए, फोहोर पानी र पिसाब बलजफ्ती उनको मुखभित्र खन्याइदिए, उनको स्तनका मुन्टा चिमोटिदिए, शौचालय सफा गर्ने ब्रसले उनको गुप्ताङ्ग क्रूरतापूर्वक रगडिदिए, अनि प्रयोग गरिएको, रगत लतपतिएको स्यानिटरी प्याड उनको मुखमा कोचेर, उनलाई त्यो निल्न बाध्य पार्ने प्रयास गरे। वाङ सियाओयुलाई अवर्णनीय कष्ट हुनेगरी सास्ती दिइयो—उनी यति धेरै पीडामा थिइन् कि उनलाई मर्न पाए हुन्थ्यो जस्तो लाग्यो। पाँच वर्षको जेल सजाय काटेपछि वाङ सियाओयु अन्ततः रिहा भइन्, तर प्रहरीले अझै पनि उनलाई छोडेन। उनीहरूले फोन कल र टेक्स्ट मेसेज गरेर उनलाई निरन्तर दुःख दिइरहे। उनी आफ्नी आमाको हेरचाह गर्न अस्पताल जाँदासमेत, उनीहरूले वार्डसम्मै उनको पिछा गरे र उनलाई “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न बाध्य पार्ने प्रयास गरे। उनीहरूले उनलाई धम्की पनि दिए, यदि उनले त्यसमा हस्ताक्षर गरिनन् भने, उनलाई फेरि पक्राउ गरिनेछ र अझ कडा सजाय दिइनेछ भनेर भने … आज, वाङ सियाओयुको विवरणमार्फत, उनले सिसिपि, दियाबलसको जेलमा भोगेका अमानवीय दुर्व्यवहार र यातनाबारे सुनौँ।
00:20 मुख्य अंशहरू
04:51 जेलमा, वाङ सियाओयु कठोर श्रम, बलजफ्ती मगजधुलाइ र यातना सहन्छिन्
16:40 वाङ सियाओयु “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न अस्वीकार गर्छिन्, गार्डहरूद्वारा अन्य कैदीहरूको शत्रुका रूपमा खडा गरिन्छिन्, र उनीहरूको हातबाट यातना र कुटाइ भोग्छिन्
33:11 वाङ सियाओयु रिहा हुन्छिन्, तर उनीमा शारीरिक असरहरू पछिसम्म रहिरहन्छन्
36:44 अन्तिम टिप्पणीहरू
45:25 अपराधीहरूबारे जानकारी
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू