इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग १९: एक जना इसाईलाई पिटेर अन्धो बनाइयो—पूरै परिवार १२ वर्षदेखि भागिरहेको

12 जुलाई 2026

मुख्यभूमि चीनमा सत्ता हातमा लिएदेखि, दुष्ट सिसिपिले धार्मिक विश्वासलाई उन्मत्त रूपमा दमन गर्दै आएको छ। सिसिपिले सत्यता र परमेश्‍वरप्रति चरम घृणा राख्छ। यसले इसाईहरूलाई जथाभावी पक्राउ गर्ने र सताउने मात्र होइन, बरु तिनीहरूलाई पूर्ण रूपमा नामेट पार्न खोज्छ। पक्राउ परेर थुनामा राखिएपछि, धेरै इसाईले सिसिपि प्रहरीको हातबाट क्रूर सतावट र अमानवीय यातना भोग्छन्। कतिपयलाई निर्घात कुटपिट गरी अपाङ्ग बनाइन्छ, जसले गर्दा उनीहरू आफ्नो हेरचाह आफैँ गर्न नसक्ने हुन्छन्; कतिपयलाई मृत्युको मुखमै पुग्ने गरी यातना दिइन्छ, र मरणासन्न भएपछि मात्र रिहा गरिन्छ; अनि अरू धेरैलाई सताएर मारिन्छ। इसाईहरू कुटाइबाट अपाङ्ग बनेपछि, वा प्रमाणको अभावमा वा आफ्नो सजाय काटेर रिहा भएपछि पनि, उनीहरूले अझै पनि प्रहरीको निगरानी र निरन्तरको हैरानीको सामना गर्छन्। यदि प्रहरीले उनीहरूविरुद्ध कुनै प्रमाण फेला पार्‍यो भने, उनीहरूले दोस्रो वा तेस्रो चरण समेतको पक्राउ र थप सतावट सामना गर्नुपर्छ। सिसिपिको हातबाट हुने पक्राउ र सतावटको निरन्तरको खतराबाट बच्न, धेरै इसाई आफ्नो परिवार छोड्न, आफ्नो जन्मथलोबाट भाग्न र लुकेर जिउन, वा आफ्नो पूरै परिवारसहित भाग्न समेत बाध्य हुन्छन्। जियाङ्सु प्रान्तको याङ्झाउका एक जना इसाई, स्युए युको परिवार पनि, सिसिपिको खोजतलास र सतावटमा परेका अनगिन्ती इसाई परिवारमध्ये एक हो। सन् २०१२ डिसेम्बर १९ को बिहान ८ बजेलगत्तै, स्युए यु र उनको बुबालाई भेलामा जाँदै गर्दा प्रहरीले पक्राउ गर्‍यो। सोधपुछका क्रममा, बाबुछोरा दुवैलाई प्रहरीले निर्घात कुटपिट गर्‍यो। यसको बावजुद, उनीहरूले मण्डलीबारे कुनै पनि जानकारी दिन दृढतापूर्वक अस्वीकार गरे, र त्यसपछि उनीहरूलाई आपराधिक हिरासत केन्द्रमा थुनियो। थुनामा रहँदा, प्रहरीले कैदीहरूलाई स्युए युलाई कुटपिट गर्न आदेश दियो, जसले गर्दा उनको देब्रे आँखा दृष्टिविहीन भयो। अर्को थुनुवा कक्षमा, स्युए युको बुबाले पनि प्रहरी र जेलको नाइकेको हातबाट क्रूर सास्ती भोगे, र पीडादायी यातनाको सिकार भए। स्युए युको दृष्टिविहीन भएको देब्रे आँखाको अवस्था झन् बिग्रँदै गयो, र उनलाई लगातार उच्च ज्वरो आइरह्यो। उनी असाध्यै पीडामा थिए, र जिम्मेवार ठहरिने डरले प्रहरीसँग ती बाबुछोरालाई रिहा गर्नुबाहेक अर्को विकल्प थिएन। तर, प्रहरीले उनीहरूलाई रिहा गरेपछि पनि यत्तिकै छोडेन। प्रहरीले उनीहरूको परिवारलाई निरन्तर निगरानी गर्‍यो र हैरान पार्‍यो, र उनीहरूलाई फेरि पक्राउ गर्ने प्रयास गर्‍यो। फेरी गिरफ्तारीमा पर्न र सताइनबाट बच्न, त्यो परिवार आफ्नो घर छोडेर भाग्न बाध्य भयो। सन् २०१४ को सुरुवातमा भागेदेखि, प्रहरीले पूरै १२ वर्षसम्म उनीहरूको खोजतलास गर्दै आएको छ। सन् २०१२ डिसेम्बर १९ मा पक्राउ परेपछि, स्युए यु र उनको बुबाले वास्तवमा कस्तो अमानवीय यातना भोगे त? अनि यी १२ वर्षमा प्रहरीले त्यस परिवारको कसरी खोजतलास गर्‍यो त? बितेका १२ वर्षमा, यस परिवारले कति धेरै गुप्त पीडा सहेको छ त?

00:22 मुख्य अंशहरू

02:22 स्युए यु र उनका बुबा भेलामा जाँदै गर्दा बाटैमा पक्राउ पर्छन् र सोधपुछका क्रममा क्रूरतापूर्वक कुटपिटको सिकार हुन्छन्

10:57 जेलको नाइकेले निहुँ खोजेर झगडा गर्छ, र स्युए युको आँखामा गम्भीर चोट पुर्‍याउँछ

16:12 डाक्टरले स्युए युको देब्रे आँखाको दृष्टि गुमेको पुष्टि गर्छ, तर गार्डले पूर्ण रूपमा बेवास्ता गर्छ

21:22 मृत्युको मुखमै पुग्ने गरी यातना दिएपछि मात्र स्युए युलाई रिहा गरिन्छ

22:22 पक्राउ परेपछि स्युए युको बुबालाई क्रूरतापूर्वक कुटपिट गरिन्छ र आपराधिक हिरासत केन्द्रमा पठाइन्छ

25:34 स्युए युको बुबालाई हरेक दिन काम गर्दा जबरजस्ती हतकडी र नेल लगाउन बाध्य पारिन्छ

31:24 आफ्नो छोराको दृष्टि गुमेको देखेर स्युए युकी आमा मर्माहत हुन्छिन्

35:25 प्रहरीको निरन्तरको निगरानी र हैरानीको सामना गर्नुपरेको कारण, स्युए युको पूरै परिवार भाग्न बाध्य हुन्छ

44:03 अन्तिम टिप्पणीहरू

46:15 अपराधीहरूबारे जानकारी

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्