इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग १७: स्वदेश फर्किएका इसाईहरूलाई सिसिपिले गिरफ्तारी र सतावटको सिकार बनाउँछ: जीवनहरू जोखिममा

5 जुलाई 2026

सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई जरैदेखि उखेल्ने र इसाईहरूलाई पूर्ण रूपमा नामेट पार्ने आफ्नो प्रयासमा, सिसिपि निरन्तर सामूहिक गिरफ्तारी र सतावटका अभियानहरू चलाइरहन्छ। यसले इसाईहरूलाई पक्राउ गर्न सघाउन समाजका किनारामा रहेका अल्छी र बेरोजगारहरूलाई पनि भर्ती गर्छ, जसमा स्थानीय गुण्डा र बदमासहरू पनि समावेश हुन्छन्, अनि उनीहरूको दीर्घकालीन निगरानी र पिछा गर्न सामुदायिक कामदारहरू प्रयोग गर्छ। यसका साथै, सिसिपिले जनसाधारणलाई इसाईहरूबारे रिपोर्ट गर्न र पक्राउ गर्न सघाउन परिचालन गर्नका लागि ठूलो आर्थिक इनाम प्रस्ताव पनि गर्छ। उनीहरूले देशभरिका मानिसहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूलाई रिपोर्ट गरिने, दमन गरिने र सताइने “जनयुद्ध” सुरु गर्न उक्साएका र भ्रममा पारेका छन्। सिसिपिको उन्मत्त गिरफ्तारी, र साथै सार्वजनिक निगरानी र रिपोर्टिङबाट बच्न, इसाईहरू लुक्नका लागि एक ठाउँबाट अर्को ठाउँमा सर्न बाध्य छन् र उनीहरू दुई-तीन जनाको सानो समूहमा मात्र गोप्य भेलाहरू गर्न सक्छन्। परमेश्‍वरलाई पछ्याउन र आफ्नो कर्तव्य निर्वाह गर्न, धेरै इसाई आफ्ना प्रियजनहरूसँग बिदा हुन र आफ्ना गृहनगर छोड्न बाध्य भएका छन्। कोही अरू क्षेत्रहरूमा भागेर जान्छन्, जबकि कोही धेरै उतारचढाव भोगेपछि विदेश भाग्छन्। उनीहरू सबै नक्कली पहिचान बनाएर विस्थापित र घुमन्ते जीवन जिउँछन्। तर, यी इसाईहरूका लागि विदेश भाग्नु सधैँ सजिलो हुँदैन। कोही बाँच्नका लागि काम पाउन नसकेर चीन फर्कन्छन्, अन्य चाहिँ आफ्नो शरणार्थी आवेदनमा अवरोध आइपरेकाले फर्कन्छन्, अनि अझ अरू चाहिँ काम गर्नै नसक्ने गरी बिरामी भएकाले फर्कन्छन्। चीन फर्किएपछि उनीहरूले केको सामना गर्नुपर्ला? उनीहरूलाई के कुर्दै छ? यस भागमा, हामी विदेश भागेका तर पछि फर्केका दुई जना इसाईको अन्तर्वार्ता लिनेछौँ। उनीहरूका विवरणहरूमार्फत, फर्किएपछि इसाईहरूले भोग्ने क्रूर सतावटका केही सत्यतथ्य जानौँ।

00:21 मुख्य अंशहरू

03:28 चीन फर्कनेबित्तिकै ली रानलाई पक्राउ गरिन्छ र सोधपुछ गरिन्छ

10:35 गम्भीर उच्च रक्तचापका कारण हिरासतबाट जोगिएकी ली रान घर फर्किएको केही समयपछि नै भाग्छिन्

12:06 घरमा ली रानलाई पक्राउ गर्न नसकेपछि, प्रहरीले उनका श्रीमान्‌लाई लग्छ

16:20 विमानबाट ओर्लिनेबित्तिकै याङ् जिङ्‌लाई प्रहरीले केरकार र सोधपुछका लागि लग्छ

20:20 होटल क्वारेन्टाइनको दौरान, याङ् जिङ्‌लाई विदेशमा रहँदाको समयबारे प्रहरीले फोनमा निरन्तर दुःख दिन्छ

22:57 क्वारेन्टाइन सकिन्छ; आफ्नो गृहनगर फर्कनुअघि याङ् जिङ्‌लाई प्रहरीले फेरि सोधपुछ गर्छ र धम्की दिन्छ

27:20 सोधपुछबाट केही निस्कँदैन; याङ् जिङ् विमानमार्फत हेइलोङजियाङ फर्किन्छिन् र घर जाने बाटोमा सिसिपिका सुराकीहरूले उनको निगरानी गर्छन्

27:51 घर फर्केको तीन दिनपछि पक्राउ परेकी याङ् जिङ् गम्भीर बिमारीका कारण जमानतमा रिहा हुन्छिन्

35:19 स्वास्थ्यलाभ गरिरहँदा याङ् जिङ्‌लाई घरमै प्रहरीले पटक-पटक दुःख दिन्छ

39:11 गाउँको एक जना अधिकारीले याङ् जिङ्‌लाई परमेश्‍वरमा विश्‍वास गर्न छोड्ने ग्यारेन्टीको बयान लेख्न बाध्य पार्ने प्रयास गर्छ; उनी अस्वीकार गर्छिन्

43:44 अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्