इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग १२: पक्राउ गरेको ९ दिनपछि मण्डली अगुवालाई यातना दिएर मारियो

5 जुलाई 2026

सन् २०२० मा, मुख्यभूमि चीनभरि कोभिड-१९ को महामारी द्रुत रूपमा फैलिरहँदा अनि मानिसहरू अत्यास र बेचैनीको बीचमा सङ्घर्ष गरिरहँदा समेत, सिसिपिले उनीहरू बाँचून् वा मरून् भन्ने कुरालाई पूर्ण रूपमा बेवास्ता गर्‍यो। यसको विपरीत, यसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमाथिको दमन र सतावटलाई तीव्र बनायो, अनि तीन-वर्षे “समग्र युद्ध” अभियान (सेप्टेम्बर २०२० देखि डिसेम्बर २०२३) सुरु गर्‍यो। यसपछि, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका धेरै इसाईलाई पक्राउ गरियो अनि क्रूर यातना दिइयो। कतिपयलाई त सताएर मारियो। अपूर्ण तथ्याङ्कअनुसार, सन् २०२१ मा कम्तीमा नौ जना इसाईलाई सताएर मारियो। सिचुआन प्रान्तको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाई, दु मिङवेई (छद्म नाम) तीमध्ये एक थिए। दु मिङवेई सधैँ स्वस्थ, हँसमुख र आशावादी रहँदै आएका थिए, तैपनि पक्राउ गरेको केवल नौ दिनपछि नै प्रहरीले उनलाई यातना दिएर मार्‍यो। तर प्रहरीले भने “उनले फोन चार्ज गर्ने केबल प्रयोग गरेर आफूलाई झुन्ड्याए” भन्ने दाबी गर्‍यो। के यो पत्याउन सकिने कुरा हो? कसैले पनि यो पत्याउँदैन। आफ्नो जीवनको अन्तिम नौ दिनमा दु मिङवेईले ठ्याक्कै के भोगे त? भर्खरै, हाम्रा रिपोर्टरले उनीसँगै पक्राउ परेका एक इसाई, साथै उनको परिवारको अन्तर्वार्ता लिएका छन्। उनीहरूका विवरणहरूमार्फत, हामी सिसिपिले लुकाएको सत्य उजागर गर्नेछौँ।

00:16 मुख्य अंशहरू

02:42 ब्रदर-सिस्टरहरूसँग भेला भइरहेको बेला दु मिङवेई पक्राउ परे

07:07 होटेलमा लगिएको केही दिनपछि दु मिङवेईको मृत्यु भयो, र प्रहरीले उनको परिवारलाई खबर गर्‍यो

21:29 दुको परिवार अन्त्येष्टि गृहमा गयो, जहाँ दु मिङवेईको शव देखेपछि उनीहरू शोकमग्न भए

24:19 शव जलाउनुअघि, दु मिङवेईका भिनाजु, झाङ जिएले उनको घाँटीको दाग देखे र उनले आत्महत्या गरेका होइनन् भन्ने निष्कर्ष निकाले

26:39 प्रहरीले अस्तुको ढुवानी र अन्त्येष्टिको सुरुदेखि अन्त्यसम्म कडा निगरानी गर्‍यो

28:44 दु मिङवेई बितेर गएपछि पनि, प्रहरीले उनको परिवारलाई धम्क्याउन, निगरानी गर्न र सताउन छोडेन

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्