इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ११: आफ्नो आस्थामा दृढ रहेको कारण एउटी इसाईलाई पाँच वर्ष कैद गरियो

5 जुलाई 2026

सेप्टेम्बर २०२० मा, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई पूर्ण रूपमा उन्मूलन गर्न सिसिपि अधिकारीहरूले तीन-वर्षे “समग्र युद्ध” सुरु गरे। इसाईहरूको सतावट सबैभन्दा गम्भीर रहेको क्षेत्रहरूमध्ये एक, शान्दोङ प्रान्तको जिबो सहरमा, नोभेम्बर २०२० मा सिसिपि प्रहरीले गरेको एउटा सुनियोजित सामूहिक गिरफ्तारीमार्फत कम्तीमा १२० जना इसाईहरूलाई एकै दिनमा हिरासतमा लिइयो। उनीहरूलाई यातना दिँदै सोधपुछ गरियो, जबरजस्ती वैचारिक रूपान्तरणको सिकार बनाइयो, आफ्नो आस्था त्याग्नका लागि “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न दबाब दिइयो, र क्रूरतापूर्वक यातना दिइयो वा जेल सजायसमेत सुनाइयो। हालै, हामीले सजाय भुक्तान गरी भर्खरै रिहा भएकी एक जना इसाई, लिउ छिङको अन्तर्वार्ता लियौँ। आफ्नो आस्थामा दृढ रहेको कारण उनलाई सिसिपिले पाँच वर्षको जेल सजाय सुनाएको थियो। पक्राउ पर्दा उनी मात्र २४ वर्षकी थिइन् र उनले निर्मम सतावट र अमानवीय दुर्व्यवहार भोगिन्। यस कार्यक्रममा, उनको सम्झना र वृत्तान्तबाट, हामी उनले आफ्नो आस्थामा दृढ रहेकै कारण भोग्नुपरेको अत्यन्तै पीडादायी अनुभवबारे जान्नेछौँ।

00:21 मुख्य अंशहरू

02:42 परमेश्‍वरमा विश्वास गरेको कारण लिउ छिङ पक्राउ

04:49 प्रहरीद्वारा लिउ छिङमाथि कुटपिट र सोधपुछ, हिरासत गृहमा जबरजस्ती मगजधुलाइको सिकार

07:51 एक महिनाभन्दा बढी समयको मगजधुलाइका लागि लिउ छिङ र १२० भन्दा बढी इसाईलाई एउटा होटेलमा बन्दी बनाइयो

13:05 आफ्नो आस्थाका कारण ५ वर्षको जेल सजाय सुनाइएकी लिउ छिङद्वारा दीर्घकालीन यातना र मगजधुलाइको सामना

16:58 यातनाको पहिलो चरण: सैनिक पाराले टुक्रुक्क बस्न बाध्य पारियो, कुटपिट गरियो, र भोकै राखियो

25:51 यातनाको दोस्रो चरण: सामूहिक कुटपिट गरियो, चिसो पानी खन्याइयो, परिवारलाई सराप्ने कुराहरू लेख्न बाध्य पारियो र सानो स्टुलमा बस्ने सजाय दिइयो

34:18 यातनाको तेस्रो चरण: टन्टलापुर घाममा सैनिक पाराले उभिन र हात हल्लाउने अभ्यास गर्न बाध्य पारियो

39:58 मगजधुलाइ र यातना असफल; लिउ छिङलाई कडा श्रम गर्न बाध्य पारियो, जसका कारण धेरै दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न भए

42:15 अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्