इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग १०: गम्भीर बिरामी इसाईसँगको विशेष अन्तर्वार्ता: आइसियुमा सतावट

5 जुलाई 2026

सन् २०२५ सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली विरुद्ध सिसिपिको “तीन-वर्षे कठिन लडाइँ” को दोस्रो वर्ष हो।हेनान प्रान्त सिसिपिले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई सबैभन्दा कठोर रूपमा सताउने प्रान्तहरूमध्ये एक हो।मण्डलीलाई पूर्ण रूपमा उन्मूलन गर्ने आफ्नो अभियानमा, यस प्रान्तले इसाईहरूलाई पक्राउ गर्न निरन्तर “शून्यमा झार्ने” उन्मूलन अभियानहरू चलाएको छ। अपूर्ण तथ्याङ्कअनुसार,सन् २०२५ मा हेनान प्रान्तमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका कम्तीमा १,९२८ जना इसाई पक्राउ परे।जुलाई महिनामा मात्रै, कम्तीमा ३१९ जना पक्राउ परे र सताइए।पक्राउ परेपछि, धेरैजसोलाई जबरजस्ती मगजधुलाइ गर्न स्थानीय “हेरचाह केन्द्र” मा थुनियो। हालसालै, हामीले रिहा गरिएकाहरूमध्येकी एक इसाई, लि ली (छद्म नाम) सँग अन्तर्वार्ता लियौँ। उनी गम्भीर मुटुरोगी हुन्। प्रहरीहरू उनको घरमा जबरजस्ती पसे, उनको कपडा खोलेर खानतलासी लिए र उन्मत्त भएर घरलाई लथालिङ्ग पारे। यसले गर्दा ली लीलाई घटनास्थलमै हृदयघात भयो र उनलाई हतारिँदै आइसियुमा लगियो, तर प्रहरीहरूले उनलाई वार्डमै सोधपुछ गर्न थाले, र मण्डलीबारे जानकारी दिन दबाब दिए। अस्पतालबाट डिस्चार्ज हुनुअघि नै, उनलाई जबरजस्ती हिरासतमा लिइयो र मगजधुलाइको सिकार बनाइयो, जसले गर्दा उनले अत्यधिक शारीरिक र मानसिक सास्ती भोग्नुपर्‍यो। उनका गैरविश्‍वासी छोरालाई समेत उनको मुद्दामा फसाइयो र प्रहरीद्वारा पक्राउ गरियो। कार्यक्रमको यो एपिसोडले परमेश्‍वरमाथिको आस्थाका कारण ली लीले भोग्नुपरेको सिसिपि सतावटको वास्तविक अनुभवबारे रिपोर्ट गर्नेछ।

00:23 मुख्य अंशहरू

03:05 आस्थाका कारण पक्राउ परेकी लि लीको कपडा खोलेर खानतलासी गरिन्छ र प्रहरीहरूले उनको घरलाई लथालिङ्ग बनाउँछन्, जसले गर्दा उनलाई हृदयघात हुन्छ र हत्तपत्त आइसियुमा लगिन्छ

08:25 आइसियुमा उपचार गराइरहँदा, लि लीले उनको आस्थाबारे प्रहरीहरूको निरन्तरको सतावट र सोधपुछ भोग्छिन्

10:42 २० जनाभन्दा बढी प्रहरी अस्पतालभित्र जबर्जस्ती पस्छन्, र लि लीका छोरालाई “प्रहरीमाथि हातपात गरेको” आरोपमा पक्राउ गर्ने प्रयास गर्छन्

12:17 प्रहरीहरूले लि लीलाई मण्डलीबारे जानकारी चुहाउन बाध्य पार्ने प्रयासमा उनका छोराछोरीको भविष्य बर्बाद पार्ने धम्की दिन्छन्

17:22 गम्भीर बिरामी छँदा नै, लि लीलाई प्रहरीहरूले जबरजस्ती पक्राउ गरी थुनामा राख्छन् र जबरजस्ती मगजधुलाइको सिकार बनाउँछन्, जसले गर्दा उनले अत्यधिक शारीरिक र मानसिक सास्ती भोग्छिन्

33:55 गम्भीर बिमारीका कारण अस्थायी रूपमा रिहा भएपछि लि ली घर फर्कन्छिन्, तर उनले प्रहरीको निरन्तरको हैरानी र सोधपुछको सामना गर्नुपर्छ, जसले गर्दा उनको सम्पूर्ण परिवारले शान्ति पाउँदैन

37:40 अन्तिम टिप्पणीहरू: कभरेज जारी रहनेछ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्