Nepali Christian Testimony Video 2022 | पुनः रोगको सामना
18 मे 2022
मुख्य पात्र एक विश्वासी बनेपछि अथक मेहनतले सुसमाचार फैलाइन् अनि प्रसाद र भिक्षा दिइन्। गिरफ्तार भएर यातना दिइएपछि उनले परमेश्वरलाई दोष वा धोका दिइनन्। आफूले धेरै असल कामहरू गरेको, परमेश्वरप्रति वफादार र आज्ञाकारी रहेको उनलाई लाग्यो। तर फेरि एक दिन, उनको मुटुको रोग र उच्च रक्तचाप फेरि बल्झियो, उनको ढाडको नसा च्यापिने समस्या झनै गम्भीर हुदैगयो र उनलई मधुमेह पनि देखियो। उनी पूर्णरूपमा ओछ्यानमा परिन् र आफ्नो हेरचाह गर्न सकिनन्। कहिलेकाहीँ उनी श्वास पनि फेर्न गाह्रो हुने गरी बिरामी हुन्थिन्। उनी निराशा र पीडामा डुबिन्, र परमेश्वरलाई दोष लगाइन् र उहाँलाई गलत बुझिन्। … प्रार्थना र खोजी गरेर, परमेश्वरको वचनको खुलासा र न्याय पाएर उनले आफ्नो विश्वास र भ्रष्ट स्वभावमा अशुद्ध मनसाय रहेको बुझिन्। उनले असल काम गर्नु र आफ्नो कर्तव्य पूरा गर्नुको अर्थ के हो भन्ने पनि बुझिन्। त्यस पछि, उनी परमेश्वरको योजनाबद्ध कार्य र प्रबन्धहरूको लागि समर्पित भइन्, र रोग र मृत्युको त्रासले उनलाई सीमित गर्न सकेन। उनले आफ्नो क्षमताले सकेसम्म राम्रोसँग आफ्नो कर्तव्य पूरा गरिन्; समझदार र स्वतन्त्र भएको महसुस गरिन्। परमेश्वरका कुन वचनले उनलाई उनको दु:ख र पीडाबाट बाहिर निस्कन मार्ग निर्देशन गरे? उनले के अमूल्य पाठ सिकिन्? थाहा पाउनको लागि पुनः रोगको सामना हेर्नुहोस्!
अन्य प्रकारका भिडियोहरू