परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९६

5 डिसेम्बर 2021

येशूको सत्यता देह हुन आएपछि, मानिसले यस्तो विश्‍वास गऱ्योः स्वर्गमा, पिता मात्र हुनुहुन्न, तर पुत्र, र आत्मा पनि हुनुहुन्छ। स्वर्गमा यस प्रकारका परमेश्‍वर हुनुहुन्छ भन्ने मानिसमा भएको यो धारणा परम्परागत होः एक त्रिएकत्व परमेश्‍वर जो पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ। सबै मानवजातिमा यी धारणाहरू छन्ः परमेश्‍वर एक परमेश्‍वर हुनुहुन्छ, तर तीन भागले रचना गरिन्छ, त्यो परम्परागत धारणामा गम्भीर रूपमा गढेर बस्नेहरू सबैले पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ भन्ने ठान्छन्। केवल ती तीन भागले एक सम्पूर्ण परमेश्‍वर बन्दछ। पवित्र पिता बिना परमेश्‍वर पूर्ण हुनुहुन्न। त्यस्तै गरी, न त पुत्र, न पवित्र आत्मा बिना परमेश्‍वर पूर्ण बन्नुहुन्छ। तिनीहरूका धारणाहरूमा, तिनीहरू विश्‍वास गर्दछन् कि न त पितालाई मात्र न पुत्रलाई मात्र परमेश्‍वर मान्न सकिन्छ। केवल पिता, पुत्र र पवित्र आत्मा मिलेर नै स्वयम् परमेश्‍वर मान्न सकिन्छ। अब, सबै धार्मिक विश्‍वासीहरू र तिमीहरूका बीचका प्रत्येक अनुयायीहरूमा यस्तो आस्था छ। तापनि, त्यो आस्था सही हो कि होइन भनी कसैले पनि बताउन सक्दैन, किनकि तिमीहरू परमेश्‍वर स्वयमको बारेका विषयहरूमा सधैं अन्योलताको बादलमा छौ। यद्यपि यी धारणाहरू हुन्, तिमीहरू ती सही हुन् वा गलत हुन् सो जान्दैनौं, किनकि तिमीहरू धार्मिक धारणाहरूद्वारा गम्भीर रूपमा प्रभावित भएका छौ। तिमीहरूले धर्मका यी परम्परागत धारणाहरूलाई गहिरो रूपमा स्वीकार गरेका छौ, र यो विष तिमीहरूभित्र धेरै गहिराइमा पसेको छ। त्यसकारण, यस विषयमा पनि तिमीहरू यस हानिकारक प्रभावको अगि झुकेका छौ, किनकि त्रिएकत्व परमेश्‍वर अस्तित्वमा छैन। अर्थात्, पिता, पुत्र र पवित्र आत्माको त्रिएकत्व अस्तित्वमा छैन। यी सबै मानिसको परम्परागत धारणाहरू हुन्, र मानिसको झुटा आस्थाहरू हुन्। धेरै शताब्दीहरूदेखि मानिसले यस त्रिएकत्वमा विश्‍वास गरेको, मानिसको मनमा धारणाहरू संकलित गरिएको, मानिसद्वारा निर्माण गरिएको, र मानिसले पहिले कहिल्यै नदेखेको कुरा हो। यति धेरै वर्षहरूमा त्यहाँ बाइबलका धेरै व्याख्याकारहरू भएका छन्, जसले त्रिएकत्वको “साँचो अर्थ” वर्णन गरेका छन्, तर त्रिएक परमेश्‍वरका तीन अलग तत्वका व्यक्तित्वहरूको रूपमा यसरी वर्णन गरेको कुरा अनिश्चित र अस्पष्ट छ, र सबै मानिसहरू परमेश्‍वरको यस्तो “बनावट” द्वारा अलमल्लमा परेका छन्। कुनै पनि महान् व्यक्तिले कहिल्यै यसको विस्तृत विवरण प्रस्तुत गर्न सकेको छैन; प्रायः स्पष्टीकरणहरू तर्कको रूपमा र कागजमा संकलन गरिएको छ, तर एकै जना व्यक्तिले पनि यसको अर्थ पूर्ण रूपमा बुझेको छैन। किनकि मानिसको हृदयमा भएको यस महान् त्रिएकत्व कुनै अस्तित्वमा छैन। किनकि अहिलेसम्म कसैले पनि परमेश्‍वरको वास्तविक अनुहार देखेको छैन, र न त कोही परमेश्‍वर बस्नुहुने स्थानमा कुन-कुन कुराहरू छन्, “परमेश्‍वरको घर” मा कति लाख वा करोड् पुस्ताहरू छन् भनी निश्चित गर्न वा परमेश्‍वरको अन्तर्निहित संरचना कति वटा भागले बनेको छ भनी जाँच्न कोही परमेश्‍वरको वासस्थानमा जान सक्ने भाग्यमानी हुन सकेको छ। मुख्य रूपमा जाँच्नु पर्ने कुरा यो होः पिता र पुत्रको साथसाथै पवित्र आत्माको युग; प्रत्येक व्यक्तित्वको आ-आफ्नो प्रकटीकरण; उहाँहरू कसरी विभाजित हुनुभयो, र उहाँहरू कसरी एक हुनुभयो। खेदको कुरा, यति धेरै वर्षहरूमा, कुनै एकै जना मानिसले पनि यी विषयहरूको सत्यता निश्चित गर्न सकेको छैन। ती सबै केवल अनुमान मात्र हुन्, किनकि कुनै पनि मानिस उक्लेर स्वर्ग घुम्न गएको छैन र त्रिएकत्वको विषयमा चासो राख्ने सबै उत्कट र भक्त धार्मिक विश्‍वासीहरूलाई सत्यताको विषयमा जानकारी दिन सम्पूर्ण मानवजातिका लागि “अनुसन्धानको रिपोर्ट” लिएर आएको छैन। निश्चय, त्यस्ता धारणाहरू बनाएकोमा मानिसलाई दोष दिन सकिंदैन, किनकि मानवजातिलाई सृष्टि गर्दा यहोवा पिताले किन पुत्र येशूलाई साथमा लिनुभएन? यदि सुरुमा, सबै यहोवाको नाउँद्वारा भएको हुन्थ्यो भने त्यो अझ राम्रो हुनेथियो। यदि दोष दिनैपर्छ भने यहोवा पिताको क्षणिक गल्तीलाई दिनुपर्छ, जसले सृष्टिको समयमा पुत्र र पवित्र आत्मालाई उहाँको सामु बोलाउनुभएन, बरु उहाँले आफ्नो काम एक्लै गर्नुभयो। यदि उहाँहरू सबैले एकैसाथ काम गर्नुहुन्थ्यो भने, के उहाँहरू एक हुनुहुने थिएन र? यदि सुरुदेखि अन्त्यसम्म यहोवाको नाउँ मात्र हुन्थ्यो भने, र अनुग्रहको युगबाट येशूको नाउँ हुँदैनथ्यो भने, वा यदि उहाँलाई अझै पनि यहोवा भनिन्थ्यो भने, के परमेश्‍वर मानवजातिले गर्ने यो विभाजनको पीडाबाट जोगिनु हुनेथिएन? निसन्देह, यी सबैका लागि यहोवालाई दोष दिन मिल्दैन; यदि दोष दिनै पर्छ भने, त्यो पवित्र आत्मालाई दिनुपर्छ, जसले मानिसलाई अन्योल र भ्रममा पार्नुहुँदै हजारौं वर्षसम्म यहोवा, येशू र पवित्र आत्माको नाउँमा आफ्नो काम गरिरहनुभयो, जसको कारण मानिसले परमेश्‍वर को हुनुहुन्छ भनी ठिकसँगले जान्न सकेन। यदि पवित्र आत्मा आफैले कुनै रूप वा स्वरूप बिना, र त्यसबाहेक येशूजस्तो कुनै नाउँ बिना नै काम गर्नुहुन्थ्यो, र मानिसले उहाँलाई छुन वा देख्न सक्दैन थियो, गर्जनको आवाज मात्र सुन्न सक्थ्यो भने, के त्यस प्रकारको काम मानवजातिका निम्ति धेरै फाइदाजनक हुने थिएन र? त्यसो भए अब के गर्न सकिन्छ? मानिसका धारणाहरू थुप्रिएर पहाड्जस्तै उच्च र समुद्र जतिकै विशाल भएको छ, यस हदसम्म कि वर्तमान समयका परमेश्‍वरले उनीहरूलाई धेरै सहन गर्न सक्नेछैनन् र पूर्ण रूपमा अन्योलमा परेको छ। विगतमा जब यहोवा, येशू मात्र हुनुहुन्थ्यो र उहाँहरूको बीचमा पवित्र आत्मा हुनुहुन्थ्यो, त्यसबेला मानिस अघिबाटै उहाँको कसरी सामना गर्ने भनी अन्योलमा परेको थियो, र अब सर्वशक्तिमान् परमेश्‍वर थपिनुभएको छ, जो परमेश्‍वरको एउटा भाग हुनुहुन्छ भनिएको छ। उहाँ को हुनुहुन्छ भन्ने कसलाई थाहा छ, र यति धेरै वर्षसम्म उहाँ त्रिएकत्वको कुन व्यक्तिमा मिसिनुभएको छ वा लुक्नुभएको छ? मानिसले यो कसरी सहन गर्न सक्छ? मानिसलाई त्रिएक परमेश्‍वरको मात्र व्याख्या गर्न जीवनभरको समय लाग्छ, तर अब “चार व्यक्तित्वहरूमा एक परमेश्‍वर” हुनुहुन्छ। यो कसरी वर्णन गर्न सकिन्छ? के तँ व्याख्या गर्न सक्छस्? दाजुभाइ र दिदी-बहिनीहरू हो! तिमीहरूले आजको दिनसम्म कसरी त्यस्तो परमेश्‍वरमा विश्‍वास गरेका छौ? म तिमीहरूलाई बधाई दिन्छु। त्रिएक परमेश्‍वर सहन गर्न पहिले नै पर्याप्त थियो; तिमीहरू चार व्यक्तित्वहरूमा एक परमेश्‍वरमाथि कसरी यस्तो अटल विश्‍वास गरिरहन सक्छौ? तिमीहरूलाई बाहिर निस्कन आग्रह गरिएको छ, तापनि तिमीहरू अस्वीकार गर्छौ। कस्तो बुझ्नै नसकिने कुरा! तिमीहरू साँच्चै केही हौ! एक व्यक्तिले केही वास्ता नराखी चार परमेश्‍वरमा विश्‍वास गर्न सक्छ र त्यसबाट केही पनि पाउँदैन; के तिमीहरू यो एउटा चमत्कार हो भनी सोच्दैनौ? तिमीहरूलाई हेर्दा, कसैले पनि तिमीहरू त्यस्तो ठूलो चमत्कार गर्न सक्षम छौ भनेर सोच्दैन थियो! म तिमीहरूलाई बताउँछु, वास्तवमा, त्रिएक परमेश्‍वर यो ब्रह्माण्डमा कहीं पनि अस्तित्वमा छैनन्। परमेश्‍वरको कुनै पिता र पुत्र छैन, र पिता र पुत्रले एकसाथ मिलेर पवित्र आत्मालाई एक साधनको रूपमा प्रयोग गर्ने अवधारणाको त कुरै छाडौँ। यी सबै यस संसारको ठूलो भ्रम हो र यसको कुनै अस्तित्व छैन! यद्यपि यस्तो भ्रमको पनि सुरुआत् छ र यो पूर्ण रूपमा आधारहीन छैन, किनकि तिमीहरूका दिमाग यति सरल छैन, र तिमीहरूका विचारहरू तर्कबिनाको छैनन्। बरु, ती एकदम उचित र स्पष्ट छन्, यतिसम्म कि त्यसलाई कुनै शैतानले पनि जित्न सक्दैन। खेदको कुरा, यी विचारहरू सबै भ्रम हुन् र तिनको कुनै अस्तित्व छैन। तिमीहरूले बिलकुल वास्तविक सत्यता देखेका छैनौ; तिमीहरू केवल अनुमान र कल्पनाहरू गर्दछौ, छलपूर्वक अरूको भरोसा प्राप्त गर्न र बुद्धि र विवेक नभएका अति मूर्ख मानिसहरूलाई अधीनमा राख्नका निम्ति तिमीहरूले बनावटी कथा बनाउँछौं, यसैले उनीहरू तिमीहरूका महान् र प्रसिद्ध “विशेष शिक्षाहरू” मा विश्‍वास गर्छन्। के यो सत्य हो? के यो मानिसले ग्रहण गर्नुपर्ने जीवनको बाटो हो? यो सबै बकवास हो! एक शब्द पनि उपयुक्त छैन! यति धेरै वर्षको अवधिमा, तिमीहरूले परमेश्‍वरलाई यसरी विभाजित गरेका छौ, हरेक पुस्तासँगै झन्-झन् साना टुक्रामा विभाजन गरेका छौ, यहाँसम्‍म कि परमेश्‍वर खुलेआम रूपमा तीन भागमा विभाजित हुनुभएको छ। अनि मानिसका निम्ति अहिले परमेश्‍वरलाई एक मानेर फेरि जोडिनु असम्भव छ, किनकि तिमीहरूले उहाँलाई धेरै राम्ररी विभाजित गरेका छौ! यदि ढिलो हुनुभन्दा अघि मैले शीघ्र कार्य गरिनँ भने, यो भन्न गाह्रो छ कि तिमीहरूले कति बेरसम्म निर्लज्ज भई त्यसमा लागिरहन्छौ। यसरी परमेश्‍वरलाई विभाजन गरिरहँदा, उहाँ कसरी अझै पनि तिमीहरूका परमेश्‍वर हुन सक्नुहुन्छ? के तिमीहरू अझै परमेश्‍वरलाई चिन्न सक्छौ? के तिमीहरू अझै तिमीहरूका मूल भेटाउँछौ? यदि म अलिकति ढिलो आइपुगेको भए, सम्भवतः तिमीहरूले “पिता र पुत्र” यहोवा र येशूलाई इस्राएलमा फिर्ता पठाउने थियौ र तिमीहरू आफै परमेश्‍वरको एक भाग हौ भनी दाबी गर्ने थियौ। भाग्यवश, अहिले नै आखिरी दिनहरू हो। अन्तमा, मैले लामो समयदेखि पर्खेको यो दिन आएको छ, र मैले आफ्नै हातले कामको यो चरण पूरा गरेपछि मात्र तिमीहरूले परमेश्‍वर स्वयमलाई विभाजन गर्ने कार्य रोकिएको छ। यदि यस्तो हुँदैनथ्यो भने, तिमीहरू धेरै बढेर जानेथियौ, तिमीहरूको आराधनाका टेबलहरूमा सबै शैतानहरूलाई राख्ने थियौ। यो तिमीहरूको कलाकृति हो! यो तिमीहरूले परमेश्‍वरलाई विभाजित गर्ने माध्यम हो! के तिमीहरू अझै पनि त्यसो गरिरहन्छौं? म तिमीहरूलाई सोध्छुः परमेश्‍वरहरू कति जना छन्? कुन परमेश्‍वरले तिमीहरूलाई मुक्ति दिनुहुनेछ? पहिलो, दोस्रो वा तिमीहरूले सधैं प्रार्थना गर्ने तेस्रो परमेश्‍वरले? कसमाथि तिमीहरू सँधै विश्‍वास गर्छौ? के पिताले? वा पुत्रले? वा पवित्र आत्माले? मलाई भन् तँ कसमाथि विश्‍वास गर्छस्? तेरो हरेक शब्दद्वारा तैंले परमेश्‍वरमा विश्‍वास गर्छु भने पनि तिमीहरू वास्तवमा आफ्नै दिमागमा विश्‍वास गर्छौं। तिमीहरूको हृदयमा परमेश्‍वर पटक्कै छैन! अनि अझै तिमीहरूका मनमा यस्ता त्रिएकत्वहरू धेरै छन्! के तिमीहरू सहमत हुँदैनौं?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्