परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८८

15 नोभेम्बर 2020

त्यसबेला, येशूको कामका केही भाग पुरानो करार, साथै मोशाको व्यवस्था र व्यवस्थाको युगको अवधिमा दिइएको यहोवाको वचनअनुसार थियो। येशूले उहाँको भागको काम गर्न यी सबै कुराहरू प्रयोग गर्नुहुन्थ्यो। उहाँले मानिसहरूलाई प्रचार गर्नुभयो र सभाघरहरूमा तिनीहरूलाई शिक्षा दिनुभयो अनि उहाँसित शत्रुतामा रहेका फरिसीहरूलाई हप्काउन उहाँले पुरानो करारका अगमवक्ताहरूका भविष्यवाणीहरू प्रयोग गर्नुभयो अनि तिनीहरूका अनाज्ञाकारिता प्रकट गर्न र तिनीहरूलाई दोषी ठहऱ्याउन उहाँले पवित्रशास्त्रका वचनहरू प्रयोग गर्नुभयो। किनकि येशूले जे गर्नुभएको थियो त्यसलाई तिनीहरू तुच्छ ठान्थे; विशेष गरी, येशूका धेरै वटा कामहरू पवित्रशास्त्रको व्यवस्थाअनुसार गरिएको थिएन अनि यसबाहेक, उहाँले जे सिकाउनुभयो ती तिनीहरूका आफ्नै वचनभन्दा उच्च थिए अनि पवित्रशास्त्रमा अगमवक्ताहरूले गरेका भविष्यवाणीका वचनहरूभन्दा उच्च थिए। येशूको काम मानिसको छुटकारा र उहाँको क्रूसीकरणको निम्ति मात्र थियो, यसैले उहाँले कुनै मानिसलाई जित्नका निम्ति धेरै कुराहरू भन्नु आवश्यक थिएन। उहाँले मानिसलाई सिकाउनुभएका धेरै कुरा पवित्रशास्त्रका वचनहरूबाट लिइएका थिए अनि उहाँका कामहरू पवित्रशास्त्रका वचनहरूभन्दा उत्तम नभए पनि उहाँले क्रूसीकरणको कामलाई पूरा गर्न सक्नुभयो। उहाँको काम वचनको थिएन, न त मानवजातिलाई जित्नु नै थियो, तर मानव जातिलाई छुटकारा दिनका निम्ति गरिएको काम थियो। उहाँले मानवजातिका निम्ति पापबलिको रूपमा मात्र काम गर्नुभयो अनि मानव जातिका निम्ति वचनको स्रोतको रूपमा काम गर्नुभएन। उहाँले अन्यजातिहरूको काम गर्नुभएन, जुन मानिसहरूलाई जित्ने काम थियो, तर क्रूसमा टाँगिने काम गर्नुभयो, यो काम तिनीहरूको माझमा गरियो जसले परमेश्‍वर हुनुहुन्छ भन्ने विश्‍वास गरे। उहाँको काम पवित्रशास्त्रको आधारमा गरिएको भए पनि, अनि फरिसीहरूलाई दोषी ठहऱ्याउन उहाँले प्राचीन अगमवक्ताहरूले भविष्यवाणी गरेका वचनहरू प्रयोग गर्नुभए पनि, क्रूसीकरणको काम पूरा गर्न यो नै पर्याप्त थियो। यदि आजको काम पवित्रशास्त्रमा प्राचीन अगमवक्ताहरूले गरेका भविष्यवाणीहरूको आधारमा गरिन्थ्यो भने, तिमीहरूलाई जित्न असम्भव हुने थियो, किनकि पुरानो करारमा तिमी चिनियाँ मानिसहरूका अनाज्ञाकारिता र पापको बारेमा उल्लेख छैन अनि तिमीहरूका पापको कुनै इतिहास छैन। यसैले, यदि बाइबलमा यो काम अझै रहिरहन्थ्यो भने, तिमीहरूले कहिल्यै पनि समर्पण गर्ने थिएनौ। बाइबलले इस्राएलीहरूको सीमित इतिहास मात्र उल्लेख गर्दछ, जसले तिमीहरू खराब कि असल छौ भनी प्रमाणित गर्न वा तिमीहरूको न्याय गर्न सक्दैन। कल्पना गर, यदि मैले इस्राएलीहरूको इतिहासअनुसार तिमीहरूको न्याय गर्नु पऱ्यो भने, के तिमीहरू आज जस्तै मेरो पछि लाग्नेछौ? तिमीहरू कति कठोर छौ भन्ने कुरा के तिमीहरू जान्दछौ? यदि यो चरणमा कुनै वचन बोलिएन भने, विजयको काम पूरा गर्न असम्भव हुनेछ। म क्रूसमा टाँगिन आएको होइन, त्यसैले मैले ती वचनहरू बोल्नैपर्छ, जुन बाइबलको भन्दा अलग छन्, ताकि तिमीहरूलाई जित्न सकियोस्। येशूले गर्नुभएको काम एउटा चरण हो, जुन पुरानो करारभन्दा उच्च छ; त्यो नयाँ युग सुरु गर्न र त्यस युगलाई डोऱ्याउनका निम्ति प्रयोग गरिएको थियो। उहाँले किन यसो भन्नुभयो, “म व्यवस्थालाई रद्द गर्न आएको होइन, तर व्यवस्था पूरा गर्न आएको हुँ?” तापनि उहाँको काम पुरानो करारका इस्राएलीहरूले अभ्यास गरेका व्यवस्थाहरू र पालन गरेका आज्ञाहरूभन्दा धेरै फरक थियो, किनकि उहाँ व्यवस्था पालन गर्न आउनुभएको थिएन, तर त्यो पूरा गर्न आउनुभएको थियो। त्यो पूरा गर्ने प्रक्रियामा धेरै वटा व्यावहारिक कुराहरू सामेल थिए: उहाँको काम अझै बढी व्यावहारिक र वास्तविक थियो अनि यसबाहेक, त्यो अझै बढी जीवित थियो, अनि यो नियमहरूको अन्धो पालना थिएन। के इस्राएलीहरूले शबाथ पालन गरेनन् र? जब येशू आउनुभयो, उहाँले शबाथ पालन गर्नुभएन, किनकि उहाँले मानिसको पुत्र शबाथका प्रभु हुन् भनी भन्नुभयो अनि जब शबाथका प्रभु आउनुभयो, उहाँले आफ्नो चाहनाअनुसार गर्नुभयो। उहाँ पुरानो करारका व्यवस्थाहरू पूरा गर्न र त्यो व्यवस्था बदल्न आउनुभएको थियो। आज जे गरिन्छ ती सबै वर्तमानमा आधारित छन्, तापनि यो परमेश्‍वरले व्यवस्थाको युगमा गर्नुभएको कामको जगमा आधारित छ अनि यसले यो क्षेत्रलाई नाघ्दैन। उदाहरणका निम्ति, तिमीहरूको जिब्रोलाई वशमा राख्नू, व्यभिचार नगर्नू—के यी पुरानो करारका व्यवस्थाहरू होइनन् र? आज, तिमीहरूले गर्नुपर्ने कार्यचाहिँ दस आज्ञामा मात्र सीमित छैन, तर अघिबाट आएकोभन्दा उच्च व्यवस्थाका आज्ञाहरू र नियमहरू त्यसमा सामेल छन्। तापनि यसको अर्थ पहिलेबाट आएको कुरा रद्द गरियो भन्ने होइन, किनकि परमेश्‍वरको कामको हरेक चरण पहिलेबाट आएको चरणको जगमा पूरा गरिन्छ। जहाँसम्‍म त्यो बेला यहोवाले इस्राएलमा गर्नुभएको कामको कुरा छ, जस्तै मानिसहरूले बलि चढाउने, बाबु र आमालाई आदर गर्ने, मूर्तिपूजा नगर्ने, अरूलाई आक्रमण नगर्ने वा नसराप्ने, व्यभिचार नगर्ने, धूम्रपान वा मद्यपान नगर्ने, सिनु नखाने वा रगत नपिउने—के यसले आज पनि तिमीहरूले गर्ने अभ्यासको जग बनाउँदैन र? विगतको जगमाथि नै आजसम्म काम पूरा गरिँदैआएको छ। विगतका व्यवस्थाहरू उल्लेख नगरिए पनि र तँबाट नयाँ मागहरू गरिएको भए पनि, यी व्यवस्थाहरूलाई रद्द गर्नुको सट्टा उच्च पारिएका छन्। तिनलाई रद्द गरिएका छन् भन्नुको अर्थ पहिलेका युगहरू पुराना भए भन्ने हुन्छ, जबकी केही यस्ता आज्ञाहरू छन् जसलाई तैँले सारा अनन्तताभरि सम्मान गर्नुपर्छ। विगतका आज्ञाहरू पहिलेबाटै प्रयोगमा ल्याइएका छन्, जुन अघिबाटै मानिसको अस्तित्व बनेको छ अनि केही आज्ञाहरूमाथि विशेष जोड दिइरहनु आवश्यक छैन, जस्तै “धूम्रपान नगर्नू” र “मद्यपान नगर्नू,” आदि। तिमीहरूको आजका खाँचोहरू, तिमीहरूको कदअनुसार अनि आजको कामअनुसार यही जगमाथि नयाँ आज्ञाहरू प्रस्तुत गरिएका छन्। नयाँ युगका निम्ति आज्ञाहरू जारी गर्नुको अर्थ पुरानो युगका आज्ञाहरू खारिज गर्नु होइन, तर त्यही जगमाथि तिनलाई अझ उच्च स्तरमा उठाउनु र मानिसका कार्यहरूलाई अझै पूर्ण र वास्तविकतासँग अझ बढी मिल्दोजुल्दो बनाउनु हो। यदि तिमीहरूले आज इस्राएलीहरूले जस्तो आज्ञाहरू पालन गर्नु र पुरानो करारका व्यवस्था पालन गर्नु मात्र आवश्यक हुन्थ्यो भने, र यदि तिमीहरूले यहोवाले दिनुभएका व्यवस्थाहरू कण्ठ गर्नुपर्थ्यो भने, तिमीहरू परिवर्तन हुने कुनै सम्भावना हुने थिएन। यदि तिमीहरू ती थोरै आज्ञाहरू पालन गर्नुमा र असङ्ख्या व्यवस्थाहरू कण्ठ गर्नुमा सीमित हुन्थ्यौ भने तिमीहरूको पुरानो स्वभाव भित्र गढेर बस्ने थियो र त्यसलाई जरैदेखि उखेल्ने कुनै उपाय हुने थिएन। फलस्वरूप, तिमीहरू अझ भ्रष्ट बन्नेथियौ अनि तिमीहरूमध्ये कोही पनि आज्ञाकारी बन्नेथिएनौ। भन्नुको अर्थ, केही साधारण आज्ञाहरू वा अनगन्ती व्यवस्थाहरूले तिमीहरूलाई यहोवाको काम बुझ्न सहायता गर्न सक्दैनन्। तिमीहरू इस्राएलीहरू जस्ता छैनौ: व्यवस्था पालन गरेर अनि आज्ञाहरू कण्ठ गरेर तिनीहरूले यहोवाका कामहरू देख्न र उहाँलाई मात्र तिनीहरूका भक्ति दिन सके। तर तिमीहरू यो प्राप्त गर्न सक्दैनौ अनि पुरानो करारको युगका थोरै आज्ञाहरू तिमीहरूका हृदय अर्पण गर्न लाउनु वा तिमीहरूको रक्षा गर्न मात्र असक्षम छैन, तर त्यसले तिमीहरूलाई लापरवाही बनाउँछ र तिमीहरूलाई पातालमा पुऱ्याउँछ। किनकि मेरो कामचाहिँ विजय गर्ने काम हो र त्यो तिमीहरूको अनाज्ञाकारिता र पुरानो स्वभावप्रति लक्षित छ। यहोवा र येशूका दयालु वचनहरू आजको न्यायका कठोर वचनहरूसम्म पुग्न चुक्छ। त्यस्ता कठोर वचनहरूविना तिमी “विशेषज्ञहरू” लाई जित्न असम्भव हुनेथियो, जो हजारौं वर्षदेखि अनाज्ञाकारी भएका छौ। पुरानो करारको व्यवस्थाले धेरै अघि नै तिमीहरूमाथिको आफ्नो शक्ति गुमाइसकेको छ अनि आजको न्याय पुरानो व्यवस्थाको भन्दा धेरै भयानक छ। तिमीहरूलाई धेरै उपयुक्त हुनेचाहिँ न्याय नै हो, व्यवस्थाका नगण्य प्रतिबन्धहरू होइनन्, किनकि तिमीहरू आदिकालका मानवजाति होइनौ, तर हजारौं वर्षदेखि भ्रष्ट हुँदैआएका मानवजाति हौ। मानिसले आज जे प्राप्त गर्नुपर्छ त्यो आजको मानिसको वास्तविक अवस्थासँग मिल्दोजुल्दो, अहिलेको मानिसको क्षमता र वास्तविक कदअनुसारको छ अनि यसका निम्ति तैँले नियमहरू पालन गर्नुपर्दैन। यो तेरा पुरानो स्वभावमा परिवर्तन हासिल गर्न सकियोस् भनेर, अनि तेरा विचारहरूलाई पर पन्साउन सकियोस् भनेर हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (१)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्