परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८६

3 जनवरी 2021

फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसको अतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्र गरे, तैपनि जीवन सत्यताको पछि लागेनन्। त्यसैले, तिनीहरूले आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो सो जान्दैनन्। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरका आशिष्‌ कसरी प्राप्‍त गर्न सक्थे भनी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा गर्न सकेनन्, किनभने तिनीहरूले येशूले बोल्नुभएको सत्यता जानेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा नरहेका हुनाले, तिनीहरूले मसीहको सारलाई सम्भावित कुनै पनि साधनहरूले विरोध गरिरहँदा मसीहको नाउँमा मात्रै व्यर्थमा टाँसिरहने गल्ती गरे। वस्तुतः यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौं। के यो आस्था उपहासपूर्ण र हाँस्यस्पद छैनन्? म तिमीहरूलाई अझै अरू प्रश्‍नहरू सोध्छु: तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तिमीहरूले पनि प्राचीन फरिसीहरूले गरेका गल्ती गर्न अत्यन्तै सजिलो छैन र? के तैँले सत्यताको मार्ग ठम्याउन सक्छस्? तैँले येशूको विरोध गर्नेछैन भनी के तैँले साँच्चै कबुल गर्न सक्छस्? के तैँले पवित्र आत्माको कार्य अनुशरण गर्न सक्छस्? तैँले ख्रीष्टको विरोध गर्नेछस् कि गर्नेछैनस् भन्‍ने तँलाई थाहा छैन भने, म त भन्छु, तँ पहिले नै मृत्युको खतरामा जिइरहेको छस्। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसका अतिरिक्त, तिनीहरूले येशूको आगमनलाई शैतानको छलको रूपमा देख्न सक्छन् र धेरै मानिसहरूले येशू देहमा फर्कनुभएको कुराको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्‍वर-निन्दा, मण्डलीहरूका लागि पवित्र आत्माको वचनको बरबादी र येशूले व्यक्त गर्नुभएका सबै कुराको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरूले आफ्ना त्रुटिलाई महसुस गर्न हठपूर्वक इन्कार गर्छौ भने, येशू सेतो बादलमा मानिसहरूकहाँ आउनुहुँदा तिमीहरूले उहाँको काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यसो भन्छुः सत्यता ग्रहण नगर्ने, तैपनि सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्द प्रतीक्षा गर्ने मानिसहरूले पवित्र आत्माका विरुद्ध निश्‍चय नै निन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिसहरू हुन्छन्। तिमीहरूले येशूको अनुग्रहको मात्र चाहना गर्छौ, स्वर्गको उल्लासपूर्ण राज्यको आनन्द लिन मात्र चाहन्छौं; तैपनि येशूले बोल्नुभएका वचनहरू तैँले कहिल्यै पालन गरेको छैनस्, र येशू देहमा आउनुहुँदा बताउनुभएको सत्यता कहिल्यै ग्रहण गरेको छैनस्। सेतो बादलमा येशूको आगमनको तथ्यको सट्टामा तिमीहरूले के समाती राख्नेछौ? तिमीहरूले पटकपटक पाप गर्ने अनि बार-बार स्वीकार गर्ने, के सच्चाइ यही हो? सेतो बादलमा आउनुहुने येशूलाई तिमीहरूले के बलिदान चढाउनेछौ? के यो तिमीहरूले आफैलाई उच्च पार्ने कार्यको वर्ष हो? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा गराउन तिमीहरूले के समाती राख्नेछौ? कुनै सत्यता पालन नगर्ने के तिमीहरूको त्यही अहङ्कारी प्रकृति नै हो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

आखिरी दिनहरूको ख्रीष्टलाई अस्वीकार गर्नु पवित्र आत्माको निन्दा गर्नु हो

पद १

के तँ साँचो मार्ग ठम्याउन सक्छस्? र ख्रीष्टको विरोध गर्दिन भन्न सक्छस्? के तँ पवित्र आत्माको काम पछ्याउन सक्छस्? मसीहलाई नचिन्नेले येशूको विरोध गर्न सक्छन्। येशूलाई नबुझ्नेले उहाँलाई अस्वीकार, गाली गर्न र उहाँको पुनरागमनलाई शैतानको छल देख्न सक्छन्। येशूको देहमा पुनरागमनलाई निन्दा गर्नेछन्।

पूर्व कोरस १

के यसले भयभीत पार्दैन? तैँले पवित्र आत्माको निन्दा, उहाँका वचनको बरबादी, येशूका वचनको तिरस्कार सामना गर्नेछस्।

कोरस १

यति अन्योलमा छस् भने, तैँले येशूबाट के पाउँछस्? तैँले आफ्ना त्रुटि देख्दैनस् भने, के पुनरागमनमा उहाँको काम बुझ्छस्?

पद २

सत्यता ग्रहण नगर्ने तर बादलमा येशूलाई कुर्नेहरू आत्माको निन्दा अवश्य गर्नेछन्। नष्ट हुनेहरू यी नै हुन्। तँ येशूको अनुग्रह चाहन्छस्, मात्र स्वर्गको आनन्द खोज्छस्, तर उहाँका वचनको पालन गरिनस् न पुनरागमनमा उहाँको सत्यता ग्रहण गरिस्।

पूर्व कोरस २

के छ तँसँग चढाउनलाई जब येशू सेतो बादलमा आउनुहुन्छ? के पटक-पटक पाप गरेर कबुल गरेको इमानदारीता?

कोरस २

उहाँलाई के बलिदान चढाउँछस्? के आफूलाई उच्च राख्ने कार्य? कसरी उहाँले तँलाई विश्‍वास गर्ने बनाउँछस्, यति अहङ्कारी, सबै सत्यताको विरोध गर्ने भई?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्