परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८१

25 डिसेम्बर 2020

परमेश्‍वर र मानिसको बारेमा उही शब्दहरू प्रयोग गरी बताउन सकिँदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने हुन्छन्। यदि परमेश्‍वरले व्यक्तिगत रूपले आफ्नो कार्य नगर्नुभएको भए र मानिसको संसारमा उहाँका वचनहरू नबोल्‍नुभएको भए, मानिसले कहिल्यै पनि परमेश्‍वरको इच्छा बुझ्न सक्‍नेथिएन। त्यसैले, आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पण गर्नेहरूले पनि उहाँको अनुमोदन प्राप्त गर्न सक्‍नेथिएनन्। यदि परमेश्‍वरले कामको योजना बनाउनुभएन भने, मानिसले त्यो काम जति नै राम्रो गरे पनि त्यो सब व्यर्थको हुनेछ, किनकि परमेश्‍वरका विचारहरू सधैँ मानिसका विचारहरूभन्दा उच्च हुन्छन्, र परमेश्‍वरको बुद्धि मानिसको समझभन्दा धेरै हुन्छ। यसैले म भन्छु कि जसले परमेश्‍वर र उहाँको कार्यलाई “पूर्ण रूपमा बुझेको” दाबी गर्छन्, तिनीहरू धेरै अयोग्य छन्; तिनीहरू सबै आफैमा अति विश्‍वस्त र अनभिज्ञ छन्। मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्नु हुँदैन; अझ भन्ने हो भने, मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्न सक्दैन। परमेश्‍वरको नजरमा, मानिस कमिलाजस्तै महत्त्वहीन छ; त्यसैले मानिसले कसरी परमेश्‍वरको कार्यलाई बुझ्न सक्छ र? जसले गर्वसाथ “परमेश्‍वरले यसरी वा त्यसरी कार्य गर्नुहुन्न” वा “परमेश्‍वर यस्तो वा त्यस्तो हुनुहुन्छ” भन्छन्—के उनीहरू अहङ्कारसाथ बोलिरहेका हुँदैनन् र? हामी सबैले जान्नुपर्छ कि देहबाट आएको मानिस शैतानद्वारा भ्रष्ट पारिएको छ। मानवजातिको स्वभाव नै परमेश्‍वरको विरोध गर्ने हुन्छ। मानवजाति परमेश्‍वरको बराबरी हुनै सक्दैन, परमेश्‍वरको कार्यमा मानवजातिले सल्लाह दिने कुरा त परै जाओस्। जहाँसम्‍म परमेश्‍वरले मानिसलाई कसरी डोऱ्याउनुहुन्छ भन्ने सवाल छ, यो परमेश्‍वर आफैले गर्नुहुने कार्य हो। मानिसले यो वा त्यो विचार व्यक्त नगरी अधीनमा बस्नु नै उचित हुन्छ, किनकि मानिस धुलो मात्र हो। परमेश्‍वरको खोजी गर्नु नै हाम्रो अभिप्राय भएकोले, हामीले हाम्रा धारणाहरूलाई परमेश्‍वरको ध्यान जाओस् भनी उहाँको कार्यमा थप्‍नु हुँदैन, हामीले जानीजानी परमेश्‍वरको कार्यको विरोध गर्न आफ्नो भ्रष्ट स्वभावको अधिकतम प्रयोग गर्ने कुरा त परै जाओस्। के त्यसले हामीलाई ख्रीष्ट-विरोधीहरू बनाउँदैन र? त्यस्ता मानिसहरूले कसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? हामी परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छौं, र हामी उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहन्छौं, त्यसैले हामीले सत्यताको बाटो खोज्नुपर्दछ, र परमेश्‍वर अनुरूप हुने उपायको खोजी गर्नुपर्छ। हामी उहाँप्रतिको हठपूर्ण विरोधमा खडा हुनु हुँदैन। त्यस्तो कार्यबाट के भलाइ हुन सक्छ र?

आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई अनौठो लाग्न सक्छ, तर म तँलाई तेरो स्वाभाविकता प्रकट नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्‍वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त छन् तिनीहरूले मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यताको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ” भन्छु, तब म परमेश्‍वर देहमा फर्कनुहुने बारेमा कुरा गरिरहेको हुन्छु। सायद, तैँले यी वचनहरूलाई वास्ता गर्दैनस् होला; सायद, तँ ती वचनहरूलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। जेसुकै भए पनि, परमेश्‍वरको देखापराइको साँचो तृष्णा गर्नेहरू सबैले हतारमा निष्कर्ष निकाल्‍नुभन्दा यस तथ्यलाई सामना गर्न सक्छन् र ध्यानपूर्वक जाँच गर्छन् भन्‍ने मेरो आशा छ; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

कसैले परमेश्‍वरको काम बुझ्न सक्तैन

पद १

परमेश्‍वर र मानिसलाई समान रूपले हेर्न मिल्दैन। उहाँका सार र काम बुझ्न नसकिने छन्, अबोध्य छन्। यदि उहाँ आफैले आफ्नो काम गर्नुहुन्न भने, मानिस सामु आफ्नो वचन बोल्नुहुन्न भने, उहाँको इच्छा कहिल्यै बुझ्न सकिन्न। उहाँमा सारा जीवन अर्पण गर्नेहरूले पनि उहाँको स्वीकृति पाउन सक्तैनन्।

कोरस

मानिसले उहाँको कामलाई सिमित गर्नु हुँदैन। उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ, कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र? मानिसले उहाँको कामलाई सिमित गर्नै सक्तैन। उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ, कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?

पद २

परमेश्‍वरको काम बिना, मानिसको असल कार्य पनि बेकार हुन्छ, कारण उहाँको विचार मानिसको भन्दा सदा उच्च हुन्छ। उहाँको बुद्धि अबोध्य छ, त्यसैले उहाँ भन्नुहुन्छ कि, जसले उहाँ र उहाँको कामलाई बुझे भन्ने ठान्छन् तिनीहरू हुन् बेकार, केवल अहङ्कारी र अज्ञानी। शैतानद्वारा मानिस भ्रष्टित छ, मानिसको प्रकृति उहाँ विरोधी छ। ऊ परमेश्‍वरको समान छैन, उहाँको काममा सल्लाह दिन सक्तैन।

कोरस

मानिसले उहाँको कामलाई सिमित गर्नु हुँदैन। उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ, कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र? मानिसले उहाँको कामलाई सिमित गर्नै सक्तैन। उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ, कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?

पद ३

मानिसलाई मार्गदर्शन कसरी दिने, त्यो उहाँको निजी काम हो। कुनै पूर्व धारणाहरू नराखी, मानिस समर्पित हुनुपर्छ, किनकी ऊ फगत धुलो हो। हामी आफै उहाँको खोजी गर्ने भएकोले उहाँलाई विचार गर्न, आफ्नो धारणा उहाँको काममा कहिल्यै लाद्नुहुन्न, न आफ्नो भ्रष्ट स्वभावले उहाँको काममा वाधा पुर्याउनु हुन्छ। नत्र हामी ख्रीष्ट विरोधी हुँदैनौ र? के त्यो उहाँप्रतिको विश्‍वास हो र?

कोरस

मानिसले उहाँको कामलाई सिमित गर्नु हुँदैन। उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ, कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र? मानिसले उहाँको कामलाई सिमित गर्नै सक्तैन। उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ, कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?

ब्रिज

किनकी हामी उहाँमाथि विश्‍वास गर्छौँ, उहाँलाई हेर्न, सन्तुष्ट पार्न चाहन्छौँ। हामीले सत्यको मार्ग खोज्नुपर्छ, उहाँसँग मिल्ने खालको मार्ग, अनि हठी भई उहाँको विरोध गर्नु हुँदैन। यसबाट के भलाइ हुन सक्ला र?

कोरस

मानिसले उहाँको कामलाई सिमित गर्नु हुँदैन। उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ, कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र? मानिसले उहाँको कामलाई सिमित गर्नै सक्तैन। उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ, कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रस्तावना” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्