परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७३

5 मार्च 2023

परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, तर उहाँ मानव संसारमा आउनुहुँदा मानिसहरूले उहाँको प्रतिरोध गर्न र उहाँलाई तिनीहरूको क्षेत्रबाट धपाउन खोजे, मानौं कि उहाँ संसारमा यताउता भौँतारिरहेको कुनै टुहुरो व्यक्ति वा आफ्नो देश नभएको सांसारिक व्यक्ति हुनुहुन्छ। परमेश्‍वरप्रति कसैले पनि आत्मीयता अनुभूति गर्दैन, उहाँलाई कसैले पनि साँचो रूपमा प्रेम गर्दैन, र उहाँको आगमनलाई कसैले पनि कहिल्यै स्वागत गरेको छैन। यसको सट्टा, परमेश्‍वरको आगमनलाई देख्दा, खुसीले भरिएका मुहारहरूलाई एकै क्षणमा बादलको छाँयाले ढाकिदिन्छ, मानौं कि अकस्मात् आँधीहुरी आउन लागेको छ वा परमेश्‍वरले तिनीहरूका परिवारका खुसीहरू खोसी लैजान सक्‍नुहुन्छ, र मानौं कि परमेश्‍वरले मानिसहरूलाई कहिल्यै पनि आशिष् दिनुभएकै छैन, बरु उहाँले सधैँ तिनीहरूमा केवल दुर्भाग्य ल्याउनुभएको छ। त्यसैले, मानिसहरूको मनमा परमेश्‍वर सौभाग्य हुनुहुन्न, बरु तिनीहरूलाई सधैँ श्राप दिने व्यक्ति हुनुहुन्छ। यस कारणले गर्दा, मानिसहरूले उहाँप्रति ध्यान दिँदैनन् वा उहाँलाई स्वागत गर्दैनन्; तिनीहरू उहाँप्रति सधैँ रूखो रहन्छन्, र अवस्था सधैँ यस्तै रहँदै आएको छ। मानिसहरूले आफ्नो हृदयमा यस्ता कुराहरू राख्ने भएकोले, परमेश्‍वर भन्‍नुहुन्छ, मानवजाति अमर्यादित र अनैतिक छन्, र जुन भावनाहरूद्वारा मानिसहरू ओतप्रोत हुनुपर्ने हो तिनीहरूमा ती भावनाहरू पनि छैनन्। मानिसहरूले परमेश्‍वरका भावनाहरूप्रति अलिकति पनि आदर देखाउँदैनन्, बरु परमेश्‍वरलाई सामना गर्नको लागि तथाकथित “धर्मीपन” को प्रयोग गर्छन्। तिनीहरू वर्षौंदेखि यस्तै रहँदै आएका छन्, र यही कारणले गर्दा, परमेश्‍वरले तिनीहरूको स्वभाव बदलिएको छैन भनी भन्नुभएको छ। यसले तिनीहरूमा प्वाँखमा जति पनि गहनता छैन भन्ने देखाउँछ। मानव व्यर्थका तुच्छहरू हुन् भनेर भन्‍न सकिन्छ किनकि तिनीहरूले आफैलाई मूल्यवान् ठान्दैनन्। यदि तिनीहरूले आफैलाई समेत प्रेम गर्दैनन्, बरु आफैलाई कुल्चन्छन् भने, तब के यसले तिनीहरूको व्यर्थतालाई देखाउँदैन र? मानवजाति आफैमाथि खेल खेल्ने र अपवित्र पारिनको निम्ति स्वेच्छाले आफूलाई अरूकहाँ सुम्पने अनैतिक स्त्री झैँ छ। यति हुँदाहुँदै पनि, मानिसहरूले तिनीहरू कति नीच छन् भनेर अझै पहिचान गर्न सक्दैनन्। तिनीहरूले आफैँलाई अरूको नियन्त्रणमा राखेर अरूको निम्ति काम गर्न वा अरूसँग कुरा गर्नुमा आनन्द प्राप्त गर्छन्; के मानवजातिको फोहोरीपन ठीक यही नै होइन र? मैले मानवजाति माझमा जीवन अनुभव गरेको छैन र साँचो रूपले मानव जीवनको अनुभव गरेको छैन तैपनि, मैले मानवको हरेक चाल, हरेक कार्य, हरेक शब्द र हरेक कामको स्पष्ट बुझाइ हासिल गरेको छु। मानवलाई सबैभन्दा गहिरो सर्ममा पार्दै, तिनीहरूले आफ्नै गुप्तका गलत कामहरू प्रकट गर्न साहस गर्न वा तिनीहरूको अभिलाषामा लाग्‍न नसक्ने अवस्थासम्‍म हुने गरी तिनीहरूलाई खुलासा गर्न पनि म सक्षम छु। आफ्नै खोलहरूमा फर्कने सङ्खे कीराहरू जस्तै, तिनीहरूले अब उप्रान्त आफ्नो कुरूप अवस्थालाई प्रकट गर्ने साहस गर्दैनन्। मानवले आफैलाई नचिन्‍ने हुनाले, आफ्ना आकर्षणहरूलाई अरूको अगाडि प्रदर्शन गर्ने, आफ्नो कुरूप मुहारहरू प्रदर्शन गर्ने तिनीहरूको इच्छुकता नै तिनीहरूको सबैभन्दा ठूलो कमजोरी हो; परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने कुरा यही हो। किनभने मानिसहरू बीचका सम्बन्धहरू असामान्य छन् र मानिसहरूको बीचमा सामान्य पारस्परिक सम्बन्धहरूको अभाव छ, तिनीहरू र परमेश्‍वरको बीच सामान्य सम्बन्धहरू हुने कुरा त परै जाओस्। परमेश्‍वरले धेरै कुरा बताउनुभएको छ र उहाँले यसो गर्नुहुँदा उहाँको मुख्य उद्देश्य मानिसहरूको हृदयमा एउटा ठाउँ ओगटेर बस्नु हो ताकि तिनीहरूले त्यहाँ बास गरेका अन्य सबै आदर्शहरूलाई निकालेर फाल्न सकून्। त्यसपछि, परमेश्‍वरले सारा मानवजातिमाथि शक्ति देखाउन सक्नुहुन्छ र पृथ्वीमा उहाँको अस्तित्वको उद्देश्य हासिल गर्न सक्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १४

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्