परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५४

30 अप्रिल 2021

मूल रूपमा, मैले तिमीहरूलाई अझ अरू सत्यताहरू दिने इच्छा गरेको थिएँ, तर म यसो गर्नबाट पछि हटेँ, किनकि सत्यताप्रति तिमीहरूको विचार ठन्डा र उदासीन छ; म मेरो परिश्रम खेर जाओस् भन्ने चाहँदिनँ, नत म मानिसहरूले मेरो वचनलाई धारण गरेर पनि सबै कुरामा मेरो प्रतिरोध गरेको, मेरो बदनाम गरेको र निन्दा गरेको नै देख्न चाहन्छु। तिमीहरूको प्रवृत्ति र तिमीहरूको मानवताको कारण म तिमीहरूलाई मेरो वचनको थोरै, र अति महत्त्वपूर्ण कुरा दिन्छु, जसले मानव जातिको बीचमा मेरो परीक्षण कार्यको रूपमा काम गर्दछ। अहिले मात्र मलाई साँच्चै यो निश्चय भएको छ, कि मैले गरेका निर्णयहरू र बनाएका योजनाहरू तिमीहरूका खाँचोहरू सुहाउँदा छन्, यसबाहेक, मानवजातिप्रति मेरो विचार सही छ। तिमीहरूले धेरै वर्षदेखि मेरो सामु गरेका व्यवहारले मलाई पहिले कहिल्यै नसुनेको उत्तर दिएको छ अनि यो उत्तरको प्रश्नचाँहि यस्तो छ “सत्यता र साँचो परमेश्‍वरको सामने मानिसको प्रवृत्ति कस्तो छ?” मैले मानिसको निम्ति समर्पित गरेको कोसिसहरूले मानिसप्रति भएको मेरो प्रेमको सार प्रमाणित गर्छ, अनि मानिसले मेरो सामु गरेको हरेक कार्यले तिनीहरूले सत्यलाई घृणा गर्छन् र तिनीहरू मेरो विरोधमा छन् भनी प्रमाणित गर्दछ। हरसमय म मलाई पछ्याउनेहरूको सरोकार राख्छु, तापनि तुरुन्तै मेरो पछि लाग्नेहरू मेरो वचन ग्रहण गर्न सक्षम छैनन्, तिनीहरू मेरा सल्लाहहरू स्वीकार गर्न पनि सक्षम छैनन्। यही कुराले मलाई सबैभन्दा धेरै दुःखी बनाउँछ। कसैले पनि मलाई कहिल्यै बुझ्न सकेका छैनन्, अनि त्यसबाहेक, मेरो मन निष्कपट र मेरा वचनहरू भद्र भए तापनि कोही पनि मलाई ग्रहण गर्न कहिल्यै सक्षम भएको छैन। प्रत्येक व्यक्तिले मैले तिनीहरूलाई दिएको काम तिनीहरूको आफ्नै विचारअनुसार गर्ने कोसिस गर्छ, तिनीहरू मेरा अभिप्रायहरू खोज्दैनन्, मैले तिनीहरूबाट के चाहन्छु भनी सोध्ने कुरा त परै जाओस्। तिनीहरूले निष्ठा पूर्वक मेरो सेवा गरेको दाबी गरे पनि मेरो विरुद्ध विद्रोह गर्छन्। धेरैले आफूले स्वीकार गर्न नसक्‍ने वा अभ्यास गर्न नसक्ने सत्यताहरूलाई सत्यता नै होइनन् भन्ने विश्‍वास गर्छन्। त्यस्ता मानिसहरूमा, मेरा सत्यताहरू इन्कार गरिएको र फ्याँकिएको थोक बन्दछ। यसको साथसाथै मानिसहरूले मलाई वचनमा मात्र भएको परमेश्‍वरको रूपमा चिन्छन्, तापनि मलाई परदेशीको रूपमा विश्‍वास गर्छन् जो सत्य, बाटो वा जीवन होइन। यो सत्यता कसैले पनि जान्दैन: मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले मान्यता दिने वा नदिने र स्वीकार गर्ने वा नगर्ने कुराद्वारा निर्धारण गरिँदैन, तर वचनहरूका सार स्वयम्‌ले नै निर्धारण गर्छन्। यस पृथ्वीमा भएका एक जनाले पनि मेरो वचनहरू ग्रहण गर्न नसके तापनि कुनै पनि मानिसलाई गर्ने ती वचनहरूको सहायता अपार छन्। त्यसकारण, मेरो वचनको विरुद्धमा विद्रोह गर्ने, खण्डन गर्ने, अत्यन्तै तिरस्कार गर्नेहरूको सामना गर्दा मेरो विचार यति मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो साक्षी बनून् र मेरो वचन सत्य, बाटो र जीवन हो भनी देखाऊन्। मैले भनेका कुराहरू सही छन्, त्यही कुराले मानिस सुसज्जित हुनुपर्छ, यसको अलाबा जसलाई मानिसले स्वीकार गर्नुपर्छ भनी तिनीहरूले नै देखाऊन्। मलाई पछ्याउने सबैलाई यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास नगर्ने मानिसहरू, मेरो वचनमा उद्देश्य नभेट्टाउनेहरू, अनि मेरा वचनहरूका कारण मुक्ति ग्रहण नगर्नेहरू तिनीहरू हुन् जसलाई मेरा वचनहरूद्वारा दोषी ठहराइएका छन्, अनि यसको अलाबा, मेरो मुक्ति गुमाएका छन्, अनि मेरो लहुरो तिनीहरूबाट कहिल्यै हट्नेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य

कोरस

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य। परमेश्‍वर जीवनको प्रदायक, मार्गदर्शक।

पद १

उहाँको वचनको मूल्य र अर्थ तिनको सारमा निर्धारित हुन्छ, मानवको मान्यता वा स्वीकृतीमा हुन्न। उहाँको वचन कसैले ग्रहण नगरे पनि ती वचनले दिने योगदान भने अपार हुन्छ।

कोरस

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य। परमेश्‍वर जीवनको प्रदायक, मार्गदर्शक।

पद २

यदि कसैले उहाँको वचनको विद्रोह खण्डन वा अनादर गरे भने उहाँको जवाफ ती सबैलाई यहि हुन्छ कि, समय र तथ्यहरू नै उहाँका साक्षी बनून्, उहाँको वचन सत्य, मार्ग र जीवन भनी देखाउन्; उहाँका वचन सबै सत्य छन् भनी देखाउन् जसलाई पालना गर्नुपर्छ भनी मानवले जानुन्।

कोरस

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य। परमेश्‍वर जीवनको प्रदायक, मार्गदर्शक।

पद ३

परमेश्‍वरलाई जसले पनि मान्ने गर्छन् उहाँले तिनलाई यो तथ्य दिनुहुनेछ: उहाँको वचन स्वीकार गर्न नसक्नेहरू, उहाँको वचनको अभ्यास गर्न नसक्नेहरू, उहाँको वचनमा उद्देश्य खोज्न नसक्नेहरू, उहाँको वचनबाट मुक्ति पाउन नसक्नेहरू, ती हुन् जो उहाँको वचनद्वारा दोषी पाइएका छन्। जसले उहाँबाटको मुक्ति गुमाएका छन्। जो उहाँको दण्डबाट कहिल्यै अलग हुनेछैनन्।

कोरस

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य। परमेश्‍वर जीवनको प्रदायक, मार्गदर्शक। परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य। परमेश्‍वर जीवनको प्रदायक, मार्गदर्शक।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्