परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५२

4 डिसेम्बर 2021

मैले भने झैं, मेरो अनुसरण गर्ने धेरै छन् तर मलाई साँच्चिकै निस्वार्थ प्रेम गर्ने थोरै छन्। सायद कोहीले सोध्न सक्छन्, “मैले हजुरलाई प्रेम गरिनँ भने त्यति धेरै मूल्य मैले चुकाउनु पर्छ र? मैले हजुरलाई प्रेम गरिनँ भने यो बिन्दुसम्म मैले मान्नुपर्छ र?” अवश्य नै, तँसँग असङ्ख्य कारणहरू छन् र निश्चय नै, तेरो प्रेम धेरै महान् छ, तर मेरो लागि तेरो प्रेमको के अर्थ? “प्रेम” भनिए अनुसार यस्तो भावना हो जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्तहरू हुँदैन, कुनै अवरोधहरू हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन। यदि तँ प्रेम गर्छस् भने तैँले छलकपट गर्दैनस्, गुनासो गर्दैनस्, धोका दिँदैनस्, विद्रोह गर्दैनस्, धुत्न वा कुनै कुरा प्राप्त गर्ने अथवा निश्चित मात्रामा केही पाउने प्रयास गर्दैनस्। यदि तैँले प्रेम गरिस् भने तैँले खुशीसाथ आफूलाई समर्पण गर्नेछस्, खुसी र दुःखकष्ट सहनेछस्, तँ मेरो अनुकूल हुनेछस्, मेरा लागि आफूसँग भएका सम्पूर्ण कुराहरू त्याग्नेछस्, तैँले आफ्‍नो परिवार, आफ्‍नो भविष्य, आफ्‍नो यौवन र आफ्‍नो विवाह त्याग्नेछस्। हैन भने, तेरो प्रेम कत्ति पनि प्रेम हुनेछैन, तर त्यो त केवल छलकपट र धोका हुनेछ! तेरो प्रेम कस्तो प्रेम हो? के यो साँचो प्रेम हो? अथवा झूटो? तैँले कति कुरा त्यागिस्? तैँले कति कुरा दिइस्? मैले तँबाट कति प्रेम प्राप्त गरेँ? के तँलाई थाहा छ? तिमीहरूको हृदय पाप, विश्‍वासघात र छलकपटले भरिएको छ, र त्यसकारण तिमीहरूको प्रेम कति अपवित्र छ? तिमीहरू सोच्छौ मेरो लागि प्रशस्त कुराहरू तिमीहरूले त्यागिसकेका छौ; तिमीहरू ठान्छौ मेरो लागि तिमीहरूको प्रेम चाहिनेभन्दा बढी भइसक्यो। तर किन तिमीहरूका भनाइहरू र गराइहरू सधैँ विद्रोही र कपटपूर्ण हुन्छन्? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मेरो वचन स्वीकार गर्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि त्यसपछि मलाई एकातिर पन्छाइ दिन्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मप्रति सन्देहशील छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मेरो अस्तित्व स्वीकार गर्न सक्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मलाई सुहाउँदो व्यवहार मसँग गर्दैनौ र हरेक पटक मेरो लागि समस्या सिर्जना गर्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि हरेक कुरामा मलाई मूर्ख बनाउने र धोका दिने प्रयास गर्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो सेवा गर्छौ तर मसँग डर मान्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? हरतरहले र सबै कुरामा तिमीहरू मेरो विरोध गर्छौ। के यो सबैलाई प्रेम मान्न सकिन्छ? यो सत्य हो कि तिमीहरू पूर्ण रूपमा समर्पित छौ तर मैले तिमीहरूबाट चाहेको कुरा तिमीहरूले कहिल्यै पनि अभ्यास गरेनौ। के यसलाई प्रेम भन्न सकिन्छ? सुविचारित लेखाजोखाले देखाउँछ कि तिमीहरूभित्र मेरो लागि प्रेमको अलिकति पनि सङ्केत छैन। यति धेरै वर्षका काम र मैले दिएका यति धेरै वचनहरूपछि तिमीहरूले वास्तवमा कति प्राप्त गर्यौ? के यो पछाडि फर्किएर ध्यानपूर्वक हेर्न लायक छैन? म तिमीहरूलाई सचेत गराउँछु: जसलाई मैले बोलाउँछु उनीहरू कहिल्यै पनि भ्रष्ट नभएका व्यक्ति होइनन्: बरु, जसलाई मैले छानेँ उनीहरू मलाई साँच्चिकै प्रेम गर्छन्। त्यसैले, आफ्ना भनाइ र गराइहरूमा तिमीहरू सचेत हुनैपर्छ, साथै आफ्ना मनसाय र विचारहरूलाई तिमीहरूले जाँच्नुपर्छ ताकि तिनीहरूले सीमा उल्लङ्घन नगरून्। आखिरी दिनहरूका समयमा, तिमीहरूको प्रेम मेरो अगाडि समर्पित गर्न आफूले सक्दो प्रयास गर, अन्यथा मेरो क्रोध तिमीहरूबाट टाढा जाने छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

दागबिनाको शुद्ध प्रेम

पद १

प्रेम एउटा दागबिनाको, शुद्ध भावना हो। प्रेम, महसुस र हेरचाह गर्न आफ्नो हृदय प्रयोग गर। प्रेमले सर्त, अवरोध वा दूरी तय गर्दैन। प्रेम, महसुस र हेरचाह गर्न आफ्नो हृदय प्रयोग गर।

कोरस

यदि प्रेम गर्छौ भने धोका दिने, गनगन गर्ने, पिठ्युँ फर्काऊने, बदलामा केही पाउन खोज्नेछैनौ। यदि प्रेम गर्छौ भने बलिदान गर्नेछौ, कठिनाइ स्वीकार्नेछौ र परमेश्‍वरसँग मिल्नेछौ।

पद २

प्रेममा कुनै शङ्का, धूर्तता, छल हुँदैन। प्रेम, महसुस र हेरचाह गर्न आफ्नो हृदय प्रयोग गर। प्रेममा कुनै लेनदेन वा केही अशुद्ध कुरा हुँदैन। प्रेम, महसुस र हेरचाह गर्न आफ्नो हृदय प्रयोग गर।

कोरस

यदि प्रेम गर्छौ भने धोका दिने, गनगन गर्ने, पिठ्युँ फर्काऊने, बदलामा केही पाउन खोज्नेछैनौ। यदि प्रेम गर्छौ भने बलिदान गर्नेछौ, कठिनाइ स्वीकार्नेछौ र परमेश्‍वरसँग मिल्नेछौ।

ब्रिज

उहाँको निम्ति आफ्नो परिवार, यौवन, भविष्य र विवाह त्याग्नेछौ; उहाँको निम्ति सबै त्याग्नेछौ। नत्र तिम्रो प्रेम, प्रेम नै होईन, बरू छल, उहाँप्रति धोका हो।

कोरस

यदि प्रेम गर्छौ भने धोका दिने, गनगन गर्ने, पिठ्युँ फर्काऊने, बदलामा केही पाउन खोज्नेछैनौ। यदि प्रेम गर्छौ भने बलिदान गर्नेछौ, कठिनाइ स्वीकार्नेछौ र परमेश्‍वरसँग मिल्नेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ” बाट परिमार्जित

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्