परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५०

9 मार्च 2022

मानवजातिलाई म जित्‍नेछु किनकि मानिसहरूको सृष्टि मैले नै गरेँ र, यसका अतिरिक्त, तिनीहरूले मेरो सृष्टिको प्रचुरताको आनन्द लिएका छन्। तर मानिसहरूले मलाई इन्कार पनि गरेका छन्; म तिनीहरूका हृदयमा अनुपस्थित छु, अनि तिनीहरूले मलाई तिनीहरूको अस्तित्वको निम्ति बोझको रूपमा हेर्छन्, यतिसम्म कि तिनीहरूले मलाई देखेर पनि अझै इन्कार नै गर्छन् र मलाई हराउने हरसम्भव तरिकाहरूको बारेमा सोचेर तिनीहरूका दिमागलाई यातना दिन्छन्। तिनीहरूलाई मैले गम्भीर तवरले व्यवहार गरेको वा तिनीहरूसँग कठोर मागहरू गरेको मानिसहरू चाहँदैनन्, न त तिनीहरूको अधार्मिकताको न्याय गर्ने वा त्यसको सजाय दिने अनुमति नै मलाई दिन्छन्। यसमा संलग्‍न हुनु त दूरको कुरा, बरु तिनीहरूलाई यो झमेलामय लाग्छ। र यसैले मानवजातिलाई लिनु र तिनीहरूलाई पराजित गर्नु मेरो काम हो, जो ममा खान्छ, पिउँछ र रमाउँछ तर मलाई चिन्दैन। म मानवजातिलाई निःशस्त्र पार्नेछु, र त्यसपछि मेरा स्वर्गदूतहरू, मेरो महिमालाई लिएर मेरो वासस्थानमा फर्कनेछु। किनकि मानिसहरूका कार्यहरूले धेरै पहिलेदेखि नै मेरो हृदय तोडेको छ र मेरा कामलाई टुक्राटुक्रा पारेका छन्। मानिसहरूलाई तिनीहरूको जीवन निरन्तर रूपमा जिउन, निरन्तर “शान्ति र सन्तुष्टिका साथ जिउन र काम गर्न”, निरन्तर “तिनीहरूका आफ्नै खेतबारीहरूमा खेतीपाती गर्न” दिएर म खुसीसाथ फर्केर जानुअघि मेरो महिमा पुनः कब्जा गर्ने मेरो इरादा छ, र म तिनीहरूको जीवनमा कहिले पनि हस्तक्षेप गर्नेछैन। तर अहिले दुष्टको हातबाट मेरो महिमा पूर्ण रूपमा पुनः कब्जा गर्ने, पृथ्वीको सृष्टि गर्दा मैले मानिसभित्र हालिदिएको महिमाको पूर्णता फिर्ता लिने मेरो इरादा छ। मानव जातिलाई म कहिले पनि यो फेरि दिनेछैन। किनकि मानिसहरूले मेरो महिमाको संरक्षण गर्न चुकेका मात्र छैनन्, तर तिनीहरूले यसलाई शैतानको प्रतिरूपसँग साटेका पनि छन्। मानिसहरू मेरो आगमनलाई मूल्यवान् ठान्दैनन् न त मेरो महिमाको दिनलाई नै महत्त्व दिन्छन्। मेरो महिमा मलाई फिर्ता दिनु त कहाँ हो कहाँ, तिनीहरू मेरो सजाय प्राप्त गर्ने कुरामा प्रसन्‍न समेत हुँदैनन्, न त तिनीहरू दुष्टको विष फ्याँक्‍न नै इच्छुक छन्। मानवजातिले मलाई त्यही पुरानो तरिकाले नै निरन्तर रूपमा धोका दिन्छ, मानिसहरूले अहिले पनि उही पुरानो तरिकाले नै उज्यालो मुस्कानहरू र खुसी अनुहारहरू धारण गर्छन्। तिनीहरूबाट मेरो महिमा हटेपछि तिनीहरूमाथि आइपर्ने अन्धकारको गहिराइको बारेमा तिनीहरू अनभिज्ञ छन्। विशेष गरी, जब सम्पूर्ण मानवजातिमाथि मेरो दिन आउँछ, यो तिनीहरूको निम्ति नोआको समयको भन्दा कठिन हुन्छ, किनकि इस्राएलबाट मेरो महिमा हट्दा इस्राएल कति अँध्यारो भएको थियो भन्‍ने तिनीहरूलाई थाहा छैन, किनकि निस्पट्ट अन्धकारमय रात कटाउन कति कठिन थियो भन्‍ने कुरा मानिसले बिहान हुँदा भुलिहाल्छ। जब सूर्य फेरि लुक्‍न जान्छ अनि मानिसमाथि अन्धकार आइपर्छ, उसले फेरि अन्धकारमा विलाप गर्छ र आफ्ना दाह्रा किट्नेछ। इस्राएलबाट मेरो महिमा हट्दा ती कष्टका दिनहरू सहन इस्राएलीहरूलाई कति कठिन भएको थियो भन्‍ने के तिमीहरूले बिर्सेका छौ? तिमीहरूले मेरो महिमा देख्‍ने समय अहिले नै हो, र तिमीहरू मेरो महिमामा सहभागी हुने समय पनि अहिले नै हो। जब मेरो महिमाले यो फोहोरी भूमि छोड्छ तब अन्धकारको बीचमा मानिसले विलाप गर्नेछ। मैले काम गर्ने महिमाको दिन अहिले नै हो, मैले मानवजातिलाई दुःखबाट मुक्त गर्ने दिन यही हो, किनकि पीडा र सङ्कटका समयहरू म तिनीहरूसँग बाँड्नेछैनँ। म मानवजातिलाई पूर्ण रूपमा जित्‍न र मानवजातिको दुष्टलाई पूर्ण रूपमा पराजित गर्न मात्र चाहन्छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो

तिमीहरूले परमेश्‍वरको महिमाको दिनलाई कदर गर्नुपर्छ

पद १

मानिस परमेश्‍वरको आगमनलाई, उहाँको महिमाको दिनलाई कदर गर्दैनन्। उहाँको सजाय पाउन खुसी छैनन् र उहाँको महिमा फिर्ता दिन इच्छुक छैनन्। तिनीहरू दुष्टको विष त्याग्न इच्छुक छैनन्।

पद २

सदा झैँ, मानिस प्रसन्न अनुहार राख्दै उहाँलाई धोका दिन खोज्छन्, उहाँको महिमा हटेपछि तिनमा अन्धकार आइपर्नेछ भनी अनभिज्ञ छन्।

पूर्व कोरस

अनभिज्ञ छन् कि उहाँको दिन मानिसमाथि आइपर्दा, नोआको दिनका मानिसभन्दा खराब स्थिति भोग्नेछन्।

कोरस

उहाँको महिमा हट्दा इस्राएल कति अँध्यारो भएको थियो भनी मानिस जान्दैन। रात कति अँध्यारो, कटाउन गाह्रो थियो भनी, मानिसले बिहानीपख बिर्सिन्छ। जब सूर्य फेरि लुक्छ र अन्धकार छाउँछ, मानिस फेरि अन्धकारमा विलाप गर्नेछ, दाह्रा किट्नेछ।

पद ३

के बिर्सियौ कि इस्राएलबाट उहाँको महिमा हट्दा, इस्राएलीलाई ती कष्टका दिन सहन कति कठिन थियो? तिमीहरूले परमेश्‍वरको महिमा देख्ने र महिमाको दिनमा सहभागी हुने समय पनि अहिले नै हो।

ब्रिज

उहाँको महिमाले फोहोर भूमि छोड्दा, मानिसले अन्धकार माझ विलाप गर्नेछ। उहाँले काम गर्नुहुने महिमाको दिन र मानिसलाई कष्टबाट मुक्त गर्नुहुने दिन अहिले नै हो, कारण पीडा र सङ्कष्टका समय तिनीहरूसँग जिउनुहुनेछैन। उहाँ मानिसलाई पूर्णतः विजय गर्न र मानिसमध्येका दुष्टहरूलाई पराजित गर्न मात्र चाहनुहुन्छ।

कोरस

उहाँको महिमा हट्दा इस्राएल कति अँध्यारो भएको थियो भनी मानिस जान्दैन। रात कति अँध्यारो, कटाउन गाह्रो थियो भनी, मानिसले बिहानीपख बिर्सिन्छ। जब सूर्य फेरि लुक्छ र अन्धकार छाउँछ, मानिस फेरि अन्धकारमा विलाप गर्नेछ, दाह्रा किट्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्