परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४३

17 मे 2023

मैले पृथ्वीमा धेरै काम गरेको छु र म धेरै वर्षसम्म मानवजातिको बीचमा हिँडेको छु, तथापि मानिसहरूसँग मेरो स्वरूप र स्वभावको ज्ञान बिरलै मात्र छ र केही मानिसहरूले मात्र मैले गर्ने कामको राम्ररी वर्णन गर्न सक्छन्। मानिसहरूमा धेरै कुराको कमी छ, तिनीहरूमा मैले गर्ने कामको बुझाइको कमी छ, तिनीहरूलाई मैले अर्को परिस्थितिमा राख्‍ने छु र त्यसपछि तिनीहरूप्रति ध्यान दिन्‍न भनेर तिनीहरू गहिरो रूपमा डराएझैँ सधैँ तिनीहरूका हृदयहरू सावधान रहन्छन्। यसैले, मप्रति मानिसहरूका मनोवृत्तिहरू सधैँ मनतातो हुनुका साथै सतर्कताको मात्रा बढी नै छ। यो यस कारणले भएको हो कि मैले गर्ने काम नबुझिकनै मानिसहरू वर्तमानमा आएका छन् र विशेषगरी मैले तिनीहरूसँग बोलेका वचनहरूबाट तिनीहरू चकित परेका छन्। तिनीहरूले आफैँलाई तिनमा भएका अपरिवर्तनशील विश्‍वासप्रति प्रतिबद्ध बनाउनुपर्छ कि निर्णय नै नगरेर तिनीहरूलाई बिर्सनुपर्छ भन्‍ने नजानेर तिनीहरू मेरा वचनहरूलाई आफ्ना हातहरूमा बोक्छन्। तिनीहरूलाई व्यवहारिक प्रयोगमा ल्याउनुपर्छ कि पर्खेर हेर्नुपर्छ, सबै कुरालाई पन्छाएर साहसका साथ पछ्याउनुपर्छ कि पहिले जस्तै निरन्तर संसारसँग मित्रता कायम गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहा छैन। मानिसहरूका आन्तरिक संसारहरू एकदमै जटिल छन् र तिनीहरू एकदमै धूर्त छन्। मानिसहरूले स्पष्ट र पूर्ण रूपमा मेरा वचनहरू देख्‍न नसकेका हुनाले तिनीहरूमध्ये धेरैलाई ती कुराहरू व्यवहारमा उतार्न कठिन छ र तिनीहरूका हृदयहरू मेरा अगाडि राख्‍न कठिन छ। म तिमीहरूका कठिनाइहरू गहिरोसँग बुझ्छु। शरीरमा जिउँदा धेरै कमजोरीहरू अपरिहार्य हुन्छन् र धेरै वस्तुगत कारकहरूले तिमीहरूको निम्ति कठिनाइको सृजना गर्छन्। तिमीहरू आफ्ना परिवारलाई खुवाउँछौ, आफ्ना दिनहरू कठिन काम गरेर बिताउँछौ अनि महिना र वर्षहरू कठिनाइमा बित्छन्। शरीरमा जिउँदा धेरै कठिनाइहरू छन्—म यसलाई इन्कार गर्दिनँ र निश्‍चित रूपमा तिमीहरूबाट मैले अपेक्षा गरेका सर्तहरू तिमीहरूका कठिनाइबमोजिम छन्। मैले गर्ने कामका शर्तहरू तिमीहरूका वास्तविक कदबमोजिम छन्। सायद विगतमा, तिमीहरूमाथि मानिसहरूका शर्तहरूमा अधिकताका तत्वहरू मिसिएका थिए तर मैले भन्‍ने र गर्ने कुराहरूमा मैले तिमीहरूलाई अत्यधिक सर्तहरू राखेको छैनँ भन्‍ने तिमीहरूले जान्‍नुपर्छ। सबै शर्तहरू मानिसहरूका प्रकृति, शरीर र तिनीहरूका आवश्यकतामा आधारित छन्। तिमीहरूले जान्‍नुपर्छ र म एकदमै स्पष्टताका साथ तिमीहरूलाई भन्‍न सक्छु कि मानिसहरूसँग भएका निश्‍चित उचित सोचका तरिकाहरूको म विरोध गर्दिनँ र म मानवजातिको अन्तर्निहित प्रकृतिको विरोध गर्दिनँ। यो यही कारणले मात्र हो कि मैले तिनीहरूको निम्ति राखेका मापदण्डहरू वास्तवमा के हुन् भन्‍ने मानिसहरूले बुझ्दैनन्, न त तिनीहरूले मेरा वचनहरूका मूल अर्थ नै बुझ्छन्, मानिसहरूले मेरा वचनहरूलाई अहिलेसम्म हुनाले शङ्‌का गर्दै आएका छन् र आधाभन्दा कम मानिसहरूले मेरा वचनहरूमाथि विश्‍वास गर्छन्। बाँकीचाहिँ विश्‍वास नगर्नेहरू हुन् र अझ धेरैचाहिँ मैले “कथाहरू भनेको” सुन्‍न चाहनेहरू हुन्। यसका अतिरिक्त, तमासामा आनन्द मनाउने धेरै छन्। म तिमीहरूलाई सचेत गराउँछु: मेरा वचनहरूमध्ये धेरै ममाथि विश्‍वास गर्नेहरूको अगाडि पहिले नै खुलस्त गरिएका छन् र राज्यको सुन्दर दृष्यमा आनन्द मनाउने तर त्यसको प्रवेशद्वारबाहिर थुनिएकाहरूलाई मद्वारा हटाइएका छन्। के तिमीहरू मद्वारा घृणा गरिएका र अस्वीकृत सामाहरू मात्र होइनौ र? म गएको हेर्न र त्यसपछि मेरो फर्काइलाई आनन्दका साथ स्वागत गर्न तिमीहरूले कसरी सक्थ्यौ? म तिमीहरूलाई भन्छु, निनवेका मानिसहरूले यहोवाका क्रोधित वचन सुनेपछि तिनीहरूले तत्कालै भाङ्ग्रा र खरानी लगाएर पश्चात्ताप गरे। किनकि तिनीहरूले उहाँका वचनहरूमाथि विश्‍वास गरेको कारण तिनीहरू डर र भयले भरिए अनि त्यसैले भाङ्ग्रा र खरानी लगाएर पश्चात्ताप गरे। आजका मानिसहरूको बारेमा भन्दा तिमीहरूले मेरा वचनहरूमाथि विश्‍वास राखे तापनि र त्योभन्दा बढी यहोवा तिमीहरूको माझमा आज फेरि एक पटक आउनुभएको छ भन्‍ने विश्‍वास गरे तापनि, तिमीहरूको मनोवृत्ति अनादरयुक्त छ, जस्तो कि तिमीहरूले हजारौँ वर्ष अगाडि यहूदियामा जन्मनुभएका येशूलाई अवलोकन गरिरहेका छौ र अहिले तिमीहरूका माझमा आउनुभएको छ। तिमीहरूका हृदयमा अस्तित्वमा रहेका कपटलाई म गहिरो तवरले बुझ्छु; तिमीहरूमध्ये धेरैले जिज्ञासाको कारण मलाई पछ्याउँछौ र खालीपनको कारण मलाई खोज्‍न आएका छौ। जब तिमीहरूका तेस्रो इच्छा चकनाचूर हुन्छ—शान्तिमय र सुखी जीवनको लागि तिमीहरूको इच्छा—तब तिमीहरूको जिज्ञासा पनि गायब हुन्छ। तिमीहरू हरेकका हृदयमा अस्तित्वमा रहेको कपट तिमीहरूका वचन र कामहरूद्वारा भन्डाफोर हुन्छन्। खुलस्त भन्‍नुपर्दा, तिमीहरू मेरो बारेमा जिज्ञासु मात्र छौ तर मसँग डराएका छैनौ; तिमीहरू आफ्ना जिब्रोलाई वशमा राख्दैनौ र तिमीहरूका व्यवहारमा तिमीहरूले अझै कम संयमता अपनाउछौ। तब तिमीहरूसँग साँच्चै कस्तो प्रकारको विश्‍वास छ? के यो सच्‍चा छ? तिमीहरू मेरा वचनहरूलाई आफ्ना चिन्ताहरू हटाउन र तिमीहरूका दिक्दारी कम गर्नको निम्ति मात्र प्रयोग गर्छौ, तिमीहरूका जीवनमा बाँकी रहेका खालीपन भर्नलाई। तिमीहरूमध्ये कसले मेरा वचनहरूलाई व्यवहारमा उतारेको छ? कोसँग सच्‍चा विश्‍वास छ? परमेश्‍वर मानिसहरूको हृदयको गहिराइ देख्‍ने परमेश्‍वर हुनुहुन्छ भनेर तिमीहरू चिच्याइरहन्छौ, तर तिमीहरूले चिच्याउने तिमीहरूको हृदयमा भएको परमेश्‍वर मसँग कतिको मेल खान्छ? तिमीहरू यसरी चिच्याइरहेका छौ भने किन तिमीहरू त्यस्तो व्यवहार गर्छौ? के तिमीहरूले मलाई तिर्न चाहने प्रेम यही हुनसक्छ? तिमीहरूका ओठमा अलिकति पनि समर्पणता छैन, तर तिमीहरूका बलिदानहरू र तिमीहरूका असल कामहरू कहाँ छन्? तिमीहरूका वचनहरू मेरा कानसम्म आई नपुगेका भए, म तिमीहरूलाई किन यति धेरै घृणा गर्नेथिएँ र? यदि तिमीहरूले साँच्चै ममा विश्‍वास गरेका भए, कसरी तिमीहरू यस्तो हैरानीको अवस्थामा पुग्‍नेथियौ र? पातालमा कष्ट भोग्दै गरेको जस्तै तिमीहरूको अनुहारमा निराशा झल्किन्छ। तिमीहरूमा सजीवताको एक टुक्रा पनि छैन र तिमीहरू तिमीहरूका आन्तरिक आवाजको बारेमा कमजोर तवरले कुरा गर्छौ; तिमीहरू गुनासो र श्रापहरूले समेत भरिएका छौ। मैले गर्ने कामप्रति तिमीहरूले धेरै पहिले नै विश्‍वास गुमायौ र तिमीहरूको मूल विश्‍वास समेत हराएको छ, यसैले तिमीहरूले कसरी अन्तिमसम्म पछ्याउन सक्छौ र? यसो भएको हुनाले, तिमीहरूले कसरी मुक्ति पाउन सक्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धको निम्ति वचनहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्